⚽ फुटबल

युनाईटेड घरेलु मैदानमा पराजित

एजेन्सी-आर्सनलले म्यानचेष्टर युनाईटेडकै घरेलु मैदान ओल्ड ट्राफोर्डमा १४ वर्षपछि जित निकालेको छ । ईंग्लिस प्रिमियर लिगकोअवे खेलमा आसर्नलले युनाईटेडमाथि १-० गोलले पराजित गर्न झण्डै १४ वर्ष कुर्नुपरेको थियो । इतिहास कोर्ने क्रममा आर्सनलका पिएरे इमरिक औबुमेयांगले पेनाल्टी मार्फत गोल गर्दा फ्रान्सेली स्टार युनाईटेडमा मिडफिल्डर पाउल पोग्बा भने खेलमा खलनायक बनिदिए । उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफ गोल रहित टुग्याउँदा गोल गर्ने महत्वपूर्ण अवसर दुवैले गुमाउन पुगे । दोस्रो हाफ शुरु भएपछि पोग्बाले पेनाल्टी बक्सभित्र फउल गरेपछि खलनायकको रुपमा देखिए ।… पुरा पढौ

युभेन्टसको सानदार जित

एजेन्सी-कोरोनामुक्त भएपछि बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका क्रिष्टियानो रोनाल्डोले दई गोल गरेपछि युभेन्ट्सले स्पेजियामाथि ४-१ गोलको सानदार जित दर्ता गरेको छ । अल्भारो मोराटाको गोलबाट अग्रता लिएको युभेन्ट्सले ३२ औं मिनेटमा बराबरी गोल खाएपछि दोस्रो हाफ प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको थियो । रोनाल्डोको झण्डै तीनसातापछि मैदानमा कमब्याक भएपछि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने क्रममा बैकल्पिक रुपमा मैदान छिरेको तीन मिनेटमै गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । १४ औं मिनेटमा मोराटाले गोल गर्दा युभेन्ट्सले भने ३२ औं मिनेटमा बराबरी गोलसँगै पहिलो हाफ… पुरा पढौ

साउथह्यामटनको प्रतिस्पर्धात्मक जित

एजेन्सी-साउथह्यामटनले ईंग्लिस प्रिमियर लिग अन्तर्गत आईतबार साँझ एस्टन भिल्लामाथि प्रतिस्पर्धात्मक जित रच्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । टोटनह्यामसँगको खेलमा दोस्रो हाफमा कमब्याक गर्दै बराबरी गरेर अंक बाँडेको साउथह्यामटनले एस्टन भिल्लामाथि आईतबार ४-३ गोलको फराकिलो जित निकाल्दै अंंक तालिकामा फड्को मार्यो । पहिलो हाफमै एकपछि अर्को गोल थप्दै पहिलो हाफमै ३-० गोलको अग्रता लिएको थियो । २० औं मिनेटमा जेनिक भेष्टरगार्डले गोल गर्दै दिलाएको अग्रतामा जेम्स वार्ड प्रोसेले थप दुई गोल गर्दै फराकिलो अन्तर राखे । प्रोसेले व्यक्तिगत पहिलो गोल… पुरा पढौ

म्यानचेष्टर युनाईटेड र आर्सनल भिड्दै

एजेन्सी-आज राती म्यानचेष्टर युनाईटेड युनाईटेडले ईग्लिस प्रिमियर लिगमा आर्सनलसँग भिड्दै छ । दुवैको सिजन खासै प्रभावशाली देखिएको छैन् । युनाईटेड लिगको १५ औं स्थानमा छ । आर्सनल भने १२ औं स्थानमा । दुई बीच केवल २ अंकको मात्रै फरक छ । आर्सनल ९ अंक लिएर बसेको छ भने युनाईटेड ७ अंकमा छ । प्रिमियर लिगमा बलियो क्लबको रुपमा अनुमानित गरिएपनि खेल भने उस्तै बलियो भने देख्न पाईएको छैन् । आर्सनल भन्दा युनाईटेडले एक खेल कम खेलेको अवस्था छ । पछिल्लो… पुरा पढौ

बार्सिलोना अल्भाससँग बराबरी

एजेन्सी-दश खेलाडीमा सीमित अल्भाससँग बार्सिलोनाले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बार्सिलोनालाई जोगाउन भने एन्टोनोई ग्रिजमनले पुनरागमन गोल गरेका थिए । स्पेनिस ला लिगा अन्तर्गत आईतबार विहान भएको खेलको पहिलो हाफमै बार्सिलोना पछि परेको थियो । गोल फर्काउँदै खेलमा फर्किने निकै कोशिस गरेको बार्सिलोनाको लागि ग्रिजमनले बराबरी गोल गर्दै बार्सिलोनाको इज्जत जोगाए । ३१ औं मिनेटमा अल्भासका लागि लुईस रिओजाले गोल गर्दै बार्सिलोना विरुद्ध अग्रता बढाए । तर दोस्रो हाफमा दश खेलाडीमा सीमित हुन पुगेपछि बार्सिलोनाल आक्रमणको… पुरा पढौ

लिभरपुल शीर्षस्थानमा उक्लियो, चेल्सीको सहज जित

एजेन्सी-लिभरपुलले ईंग्लिस प्रिमियर लिग अन्तर्गत गएराती वेष्टह्याम युनाईटेडलाई २-१ ले पराजित गर्दा चेल्सीले बर्नलीमाथि ३-० को इज्जतिलो नजिता निकालेको छ । वेष्टह्यममाथि पाएको जितसँगै १६ अंकसहित लिभरपुल लिगको शीर्षस्थानमा उक्लिएको छ । खेलमा वेष्टह्यामले अग्रता पहिलो लियो । फावियो फोर्नाल्सको गोलबाट अग्रता लिएको वेष्टह्याम पहिलो हाफको अन्तिम समयमा बराबरी गोल खाँदै पहिलो हाफ बराबरीमा टुग्याएको थियो । पहिलो हाफ हुनु भन्दा केही अघि मात्रै पाएको पेनाल्टीबाट लिभरपुलले खेलमा फर्किने अवसर पायो । ४२ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टी गोल गर्दै… पुरा पढौ

रियल मड्रिडको जितमा बेन्जेमाको दुई गोल

एजेन्सी-रियल मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुएस्कामाथि सहज जित निकाल्ने क्रममा ४-१ गोलले पराजित गरेको छ । पहिलो हाफ हुनु अघि दुई गोल गरेको रियलले दोस्रो हाफमा दुई गोल गर्दा अर्को गोल सामना गर्न पुग्यो । रियलको लागि लामो समयपछि टोलीमा फर्किएका इडेन हाजार्डले पहिलो गोल गरे । ४० औं मिनेटमा डिबक्स लाईन नजिकैबाट हानेको लेफ्ट फुटेट सट कर्भ हुदैं फष्टबार च्याप्दै जाली चुम्न पुगेपछि रियलले स्पष्ट अग्रता लिएको थियो । हाजार्डलाई फेडरिको भल्भेर्डेले सट पास दिएका थिए ।… पुरा पढौ

सिटीको जितमा वाकेरको निर्णायक गोल

एजेन्सी-कायली वाकरको निर्णायक गोलमा ईंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले सेफिल्ड युनाईडलाई शनिबार राती १- ० गोलले पराजित गरेको छ । सिटीका भरपर्दा मिडफिल्ड केभिन डी ब्रुनेको पासमा वाकरले निर्णायक गोल गरेका हुन् । उनले खेलको २८ औं मिनेटमा दायाँ खुट्टाले हानेको बल पोष्टभित्र छिरेपछि सिटीले अग्रता लिएको थियो । ३९ औं मिनेटमा सेफिल्डका रियान बे्रष्टरले हानेको हेडिङ खेर गएको थियो । उनलाई सान्डर बर्गेले मिलाईदिएको पासलाई सदुपयोग गर्न सकेनन् । ४९ औं मिनेटमा सिटीले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।… पुरा पढौ

१९ दिनपछि क्रिष्टियानो रोनाल्डो कोरोना मुक्त

एजेन्सी-युईएफए च्याम्पियन्स लिगको निकै प्रतिक्षारत खेल युभेन्ट्स र बार्सिलोनाको खेल सकिएको छ । युभेन्ट्स आफनै मैदानमा बार्सिलोनासँग २-० गोलले पराजित भएको थियो । खेल सकिएको दुईदिनपछिमात्रै क्रिष्टियानो रोनाल्डोको कोरोना परीक्षण रिपोर्ट नगेटिभ आएको छ । बार्सिलोनासँगको खेलको २४ घण्टा अघि मात्रै टेष्ट नेगेटिभ आएको अवस्थानमा रोनाल्डोलाई खेल्ने दिने सहमति भएको थियो । उनी पूर्ण फिट भएपनि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि मेस्सी विरुद्ध खेल्न पाएनन् । खेल्न नपाएको झोंकमा रोनाल्डोले इन्ट्राग्राममा आक्रोष समेत पोखेका थिए । आक्रोश पोखेको तेस्रो… पुरा पढौ

लिसेष्टर र आर्सनलको जित

एजेन्सी-युईएफ युरोपा लिगा अन्तर्गत गएरातीको प्रतिस्पर्धामा लिसेष्टर सिटीले एईक एथेन्सलाई २-१ गोलले पराजित गर्दा आर्सनलले पनि डुनडाल्कलाई ३-० गोलले पराजित गरेको छ । लिसेष्टरका लागि पहिलो गोल जिम्मी भार्डीले पेनाल्टी मार्फत गरे । उनले १८ औं मिनेटमा पाएको पेनाल्टीसगँै दिलाएको अग्रता पहिलो हाफ टुंगिनु अघि दोब्बर हुन पुग्यो । ३९ औं मिनेटमा हम्जा चौधरेले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । एथेन्सले पनि ४८ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्किने तर्फ संकेत गर्यो । तर थप गोल गर्न नसक्दा हारबाट… पुरा पढौ