⚽ फुटबल

इन्तानबुलमाथि पिएसजीको जित

एजेन्सी-नेयमारलाई २६ मिनेटमै गुमाएको पेरिस सेन्ट जर्मेन(पिएसजी)ले च्याम्पियन्स लिगमा इन्तानबुल बासाकशेहिरलाई २-० गोलले पराजित गरेको छ । किलियन एमबाप्पेको दुई महत्वपूर्ण पासमा मोइसे किनले दुवै गोल गर्दै जित निकाल्दै नेयमारको पीडालाई कम गर्यो । २६ औैं मिनेटमा नेयमार ग्रोईनको समस्याले मैदान छाड्न बाध्य भए । पहिलो हाफ गोलरहित टुंगिदाँ दोस्रो हाफमा मात्रै पिएसजीले गोलको अवसर सृजना गर्दै सदुपयोग गर्यो । किनले ६४ र ७९ औं मिनेटमा गरेको गोलसँगै दोस्रो चरणको यात्रालाई सहज बनाउने प्रयास गर्यो । पुरा पढौ

ईंग्लिस क्लब चेल्सी र युनाईटेडको रवाफिलो जित

एजेन्सी-मार्कस रासफोर्डको ह्याट्रिक प्रेरित म्यानचेष्टर युनाईटेडले च्याम्पियन्स लिगमा आ.बी लेईपजिगलाई फराकिलो गोल अन्तरले पराजित गर्दा अर्को ईंग्लिस क्लब चेल्सीले पनि सानदार जित दर्ता गरेको छ । च्याम्पियन्स लिग सिजनको पहिलो ह्याट्रिक रासफोर्डको नाममा लेखियो । उनै प्रेरित युनाईटेडले लेइपजिगमाथि ५-० गोलको फराकिलो जित दर्ता गर्यो । गएराती भएको प्रतिस्पर्धामा मासन ग्रिन उडले २१ औं मिनेटामा गोल गर्दै अग्रता दिलाएका थिए । बाँकी चार गोल भने युनाईटेडले दोस्रो हाफमा सम्भब बनाएको थियो । रासफोर्डले ७४ र ७८ औं मिनेटमा लगातार दुई… पुरा पढौ

रोनाल्डो विनाको युभेन्ट्सलाई च्याम्पियन्स लिगमा सकस

एजेन्सी-क्रिष्टियानो रोनाल्डो विनाको युभेन्ट्सले युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनासँगको भेट नमिठो पराजय व्यहोरेको छ । गएराती भएको प्रतिस्पर्धामा १० खेलाडीमा टुग्याएको युभेन्ट्स बार्सिलोनासँग २-० गोलले पराजित हुन पुग्यो । ओसमाने डेम्बेलेले बार्सिलोनाको लागि पहिलो गोल गरे । सधैं आलोचनाको घेरोभित्र रहने डेम्बेलेको गोलसँगै लिएको अग्रताले पहिलो हाफसम्म निरन्तरता पाएको थियो । डेम्बेलेले १४ औं मिनेटमा गोल गरेका थिए । लिओनेल मेस्सीको पासलाई सदुपयोग गर्दै पहिलो गोलको खाता खोल्दा बार्सिलोनाले केही दिन अघि मात्रै इएल क्लासिकोमा रियल मड्रिडसँगको हारको पीडालाई भने कम… पुरा पढौ

सबैखाले प्रतियोगितामा लिभरपुलले पुरा गर्यो १० हजार गोल

-एजेन्सी-डियागो जोटा र मोहम्मद सलाहले युरोपियन च्याम्पियन्स लिगमा हिर्काएको गोलसँगै लिभरपुलले १० हजार गोलको आँकडा पुरा गरेको छ । क्लबकै इतिहासमा सबैखाले प्रतियोगितामा लिभरपुलले १०,००१ गोल गरेको हो । लिभरपुलको १२८ वर्षको इतिहासमा यहाँसम्म आईपुग्दा ऐतिहासिक कोशेढुंगा पुरा गरेको हो । सन १८९२ मा ल्यान्काशेर लिग खेलमा ज्याक स्मिथलेपहिलो गोल गरेको इतिहास छ । जोटाले ५५ औं मिनेटमा गरेको गोलसँगै लिभरपुलले १० हजार गोल संख्या पुर्याएको हो । यो लिभरपुलको लागि ऐतिहासिक क्षण समेत थियो । लिभरपुलले पनि एफसी मिडट्जील्याण्डलाई… पुरा पढौ

लिभरपुल र म्यानचेष्टर सिटीको सहज जित

एजेन्सी-युईएफए च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस प्रिमयिर लिग क्लब म्यानचेष्टर सिटी र लिभरपुलले सहज जित निकाल्दै दोस्रो चरण प्रवेशको लागि केही सहज बनाएका छन् । सिटीले मार्सेलीलाई ३-० गोलले पराजित गर्दा लिभरपुलले भने एफसी मिडट्जील्याण्डलाई २-० गोलले पराजित गर्दै जित दर्ता गरेका हुन् । पहिलो हाफमा एक गोल गोलको सिटीले दोस्रो हाफमा अझ सुधारिएको खेल पस्किदैं थप दुई गोल गर्दै फराकिलो जित सम्भव बनाएको हो । १८ औं मिनेटमा फेरान टोरेसको गोलसँगै अग्रता लिएको सिटीले पहिलो हाफ एक गोलकै अग्रतामा रहेर… पुरा पढौ

रियल मड्रिड बोरुसिया मोन्चेन्ग्लाडवाचसँग बराबरी

एजेन्सी-अन्तिम मिनेटमा कासिमिरोले गोल गरेपछि रियल मड्रिड युईएफए च्याम्पियन्स लिगको दोस्रो खेल सम्भावित हारबाट जोगिएको छ । बुधबार विहान भएको खेलमा रियलले बोरुसिया मोन्चेङ्ग्लाडबाचसँग २-२ गोलको बराबरीमा टुग्याउँदै दोस्रो चरणको प्रवेशको सम्भावना कायमै राखेको छ । पहिलो खेलमा शख्तर डोनेस्ट्कसँग ३(२ ले पराजित भएको रियललाई जित अनिवार्य थियो । रियलले बोरुसियासँगको खेल पनि पुनरागमन गरेको थियो । शख्तरसँग पनि पहिलो हाफमै ३ गोल खाएर कमब्याक गर्न खोजेको रियल अन्तत पराजित हुन पुगेको थियो । बोरुसियाले पनि रियलमाथि पहिलो हाफमै हाफमै… पुरा पढौ

बर्नलीमाथि टोटनह्यामको कठिन जित

एजेन्सी-साउथह्यामटनसँग अंक बाँडेको टोटनह्याम हटस्परले बर्नलीमाथि कठिन जित निकाल्दै तीन अंक जोडेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार विहान भएको प्रतिस्पर्धामा बर्नलीमाथि टोटनह्यामले १-० गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामले जितको लागि निर्णायक गोल गर्न एक घण्टा नै कुर्नुपर्यो । पहिलो हाफ बराबरीमा रहेको टोटनह्यामको लागि ह्युङ मिन सनको निर्णायक गोल रह्यो । सनले ७६ औं मिनेटमा गोल गर्दै जित पक्का बनाएका थिए । ह्यारी केनको पासलाई सदुपयोग गर्दै सनले हेडिङ गोल गरेका थिए । सन र ह्यारीको… पुरा पढौ

युभेन्ट्सले हेलास भेरोनासँग बराबरी

एजेन्सी-एक गोलले पछि रहेको अवस्थामा पुनरागमन गर्दै बराबरी गोल गरेपछि युभेन्ट्सर हेलास भेरोनासँग १-१ को बराबरी खेलेको छ ।दुवैले गोल भने दोस्रो हाफमै सम्भव बनाए । भेरोनाले ६० औं मिनेटमा गरेको गोलसँगै लिएको अग्रतालाई युभेन्ट्सले भने झण्डै १७ मिनेटपछि बराबरी गोल फर्काएको थियो । आन्द्रेय फाभिलीले ६० औं मिनेटमा गोल गर्दै भरोनालाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक रुपमा अघि बढेको खेलमा युभेन्ट्सले पनि ७७ औं मिनेटमा गोल गर्दै बराबरी गर्यो । डिजेन कुलुसेभिस्कीले बराबरी गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाएका… पुरा पढौ

आर्सनल लिसेष्टरसँग पराजित

एजेन्सी-झण्डै डेढघण्टापछि गोल निकालेपछि ईंग्लिस प्रिमियर लिगमा लिसेष्टर सिटीले आर्सनललाई १-० ले पराजित गरेको छ । जितसँगै १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । पहिलो हाफ बराबरीमा रोकिएको थियो । दुवैले आक्रमणको रणनीति बुनेपनि गोल निस्कन सकेन् । दोस्रो हाफमा पनि खेल सकिने तर्फ उन्मुख हुदैं जादाँ लिसेष्टरले स्कोरिंग निकाल्यो । जेमी भार्डीले ८० औं मिनेटमा गोल गर्दै आसर्नल माथि महत्वपूर्ण जित दर्ता गर्यो । प्रिमियर लिगकै अर्को खेलमा साउथह्यामटनले शीर्षस्थानको एभरटनलाई पराजित गरेको छ । एभर्टनले दश खेलाडीमा खेल… पुरा पढौ

लिभरपुलको कमब्याक जित

एजेन्सी-ईंग्लिस प्रिमियर लिग अन्तर्गत आज विहान भएको प्रतिस्पर्धामा लिभरपुलले सेभिल्ड युनाईटेडमाथि २-१ गोलको पुनरागमन जित निकालेको छ । सान्डेर बेर्गको पेनाल्टी गोलबाट अग्रता लिएको सेफिल्डले पहिलो हाफ हुनु भन्दा केही अघि लिभरपुलले गोल गरेपछि पहिलो हाफ एक एक गोलको बराबरीमा टुंगिएको थियो । लिभरपुलले बराबरीमा आउन झण्डै ३० मिनेट कुर्नुपरेको थियो । खेलको ४१ औं मिनेटमा रोर्बटो फिरमिनोको गोलसँगै लिभरपुलले खेलमा कमब्याक गर्यो । दोस्रो हाफमा भने लिभरपुलले अर्को गोल थप्दै जित निकाल्यो । डियागो जोटाले ६४ गोल गर्दै लिभरपुलको… पुरा पढौ