⚽ फुटबल

स्वीडेनमाथि पोर्चुगलको महत्वपूर्ण जित

एजेन्सी-स्टार खेलाडी कोरोना संक्रमति भएपनि पोर्चुगलले रोनाल्डो विना नै स्वीडेनमाथि नेसन्स लिगमा महत्वपूर्ण जित निकाल्यो । क्रिष्टियानो रोनाल्डो कोरोना संक्रमित भएपछि राष्ट्रिय टोलीबाट बाहिर रहेका छन् । उनी हिजो मात्रै पोर्चुगलको लिस्बानबाट इटालीको टुरिन फर्किसकेका छन् । उनी एयर एम्बुलेन्स मार्फत इटाली फर्किएपनि उनी विनाको पोर्चुगलले स्वीडेनमाथि ३-० गोलले पराजित गरेको थियो । पोर्चुगलको जितमा युवा खेलाडी डियागो जोटाले दुई गोल गरे । उनको गोलसँगै स्वीडेनमाथि फराकिलो जित सम्भव बनायो । २१ औं मिनेटमा बर्नेडो सिल्भा गोल गर्दै पोर्चुगललाई अग्रता… पुरा पढौ

कोरोना संक्रमित क्रिष्टियानो रोनाल्डो इटाली फर्किए

एजेन्सी-कोरोना भाईरस संक्रमित भएका पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डा इटाली फर्किएका छन् । कोरोना भाईरस संक्रमण भएपनि उनी पोर्चुगलको स्क्वाडबाट बाहिर रहेका छन् । पोर्चुगलले बिहीबार विहान स्वीडेनसँग नेसन्स लिग खेल्दै छ । सर्वाधिक गोलकर्ता बन्ने दौडमा रहेका रोनाल्डो कोरोना संक्रमित भएपछि उनको लक्ष्यमा धक्का लागेको छ । देशको लागि सर्वाधिक गोल गर्ने सूचीमा इरानका अली दाइको नाममा छ । उनले १०९ गोल गरेका छन् । रोनाल्डो १०२ गोलको अवस्थामा छन् । सात गोलले अलि दाइको रेकर्ड भन्दा पछि छन् ।… पुरा पढौ

पुलिसद्धारा रितेशको निलम्बन फुकुवा

काठमाडौं, असाेज २८ । म्याच फिक्सिङको आरोपमा विभागबाट निलम्बनमा परेका राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य रितेश थापामाथिको निलम्बन फुकुवा भएकाे छ । रितेशलाई प्रहरीले असोज १९ गतेबाट लागू हुने गरि कारबाही फुकुवा गरेको हो । देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा रितेश सहित राष्ट्रिय फुटबल टिमका ६ सदस्यविरुद्ध अदालतमा मुद्धा दायर भएको थियो । गत असार २ गते सर्वोच्च अदालतले म्याच फिक्सिङ्गको आरोपमा रितेश सहित ६ खेलाडीलाई सफाई दिने निर्णय गरेको थियो । अदालतले म्याच फिक्सिङको कार्यमा… पुरा पढौ

नेयमारको ह्याट्रिकले तोडियो ब्राजिलियन रोनाल्डोको रेकर्ड

एजेन्सी-ब्राजिलियन लेजेण्ड रोनाल्डोको गोल रेकर्डलाई नेयमारले उछिनेका छन् । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत बुधबार विहान भएको खेलमा पेरु विरुद्ध ह्याट्रिक गरेपछि रोनाल्डोको गोल स्कोरिंग रेकर्ड नेयमारले उछिनेका हुन् । रोनाल्डोले देशका लागि ६२ गोल गरेका थिए । २८ वर्षिय नेयमारले ह्याट्रिक गरेपछि उनको देशको लागि गरेको गोलसंख्या ६४ पुगेको छ । पेरिस सेन्ट जर्मेन पिएसजीका स्ट्राईकर नेयमारको ध्यान अब विश्व फुटबलका लेजेण्ड पेलेको रेकर्ड तोड्ने तर्फ उन्मुख छन् । पेलेले ७७ गोल गरेका छन् । नेयमारले देशको लागि चार ह्याट्रिक… पुरा पढौ

अर्जेन्टिनाको पुनरागमन जित, नेयमारको ह्याट्रिक

एजेन्सी-अर्जेन्टिनाले बोलिभिया विरुद्ध कमव्याक जित निकालेको छ । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत बुधबार विहान भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले बोलिभियामाथि २-१ गोलले पराजित गरेको हो । पहिलो हाफमै दुवैले एक एक गोलको बराबरी खेल्यो ।अर्जेन्टिनाले कमब्याक गोल गर्दै बराबरी गरेको थियो । २४ औं मिनेटमा बोलिभियाले अग्रता लियो । केही दिन अघि मात्रै ब्राजिलसँग लज्जास्पद हार व्यहोरेको बोलिभियाले अर्जेन्टिनासँग भने निकै सुधारिएको प्रदर्शन गर्यो । २४ औं मिनेटमा मार्सेलो मोरेनोको गोलबाट बोलिभियाले अग्रता लिएको थियो । तर पहिलो हाफ हुन इन्जुरी समय… पुरा पढौ

स्पेन युक्रेनसँग पराजित, जर्मनी र स्वीट्जरल्याण्ड बराबरी

एजेन्सी-नेसन्स लिग अन्तर्गत स्पेन युक्रेनसँग पराजित भएको छ । युक्रेनले स्पेनमाथि १-० गोलले पराजित गरेको हो । युक्रेनका लागि निर्णायक गोल ७६ औं मिनेटमा भिक्टोर साईगान्कोचले गरेका थिए । उनको निर्णायक गोलसँगै स्पेन युक्रेनसँग स्तब्ध बन्न पुग्यो । उता अर्को खेलमाजर्मनीले गएराती स्वीट्जरल्याण्डसँगको खेल बराबरीका टुंग्याएको छ । अन्तिम समयमा १० खेलाडीमा समेटिएको स्वीट्जरल्याण्डले जर्मनीसँगै ३-३ गोलको बराबरी खेल्यो । जर्मनीमाथि अग्रता लिदैं शुरुवात गरेको स्वीट्जरल्याण्डको अन्तिम समय भने निकै खराब रह्यो । मारियो गाभ्रानोभिले महत्वपूर्ण दुई गोल गर्दै जर्मनीमाथि… पुरा पढौ

सरकार र राखेपलाई किरण चेम्जोङको खुलापत्र… खेलाडी सधैँ काठमाडौंको धुलोमा, तपाईंहरू चाहिँ चिल्लो गाडीमा?

काठमाडौं, असाेज २७ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जाेङले सरकार र खेलकुद परिषद्लाई खुलापत्र लेखेका छन्। फेसबुकमार्फत् उनले खुलापत्र लेखेका हुन्।  यस्ताे छ उनले लेखेकाे खुलापत्र आदरणीय राष्ट्रिय खेलकुद परिषद तथा सम्माननीय सरकारलाई म सानो खुला पत्र लेख्न चाहन्छु। म नेपाली राष्ट्रिय फुटबल टोलीको तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगत तर्फबाट र अखिल नेपाल फुटबल संघ (एन्फा)को तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर आवश्यक मापदण्ड पूरा गरी सम्पूर्ण खेलकुद पूर्ण रूपमा सुचारु गर्न हजुरहरूलाई अनुरोध गर्दछु।… पुरा पढौ

पेरु र ब्राजिल भिड्दै, पेरुका दुई खेलाडी कोरोना संक्रमित

एजेन्सी-आजराती पेरुले ब्राजिलसँग विश्वकप छनोटको लागि प्रतिस्पर्धा गर्दै छ । प्रतिस्पर्धाकै पूर्वसन्ध्यमा पेरुका दुई खेलाडी कोरोना संत्रमण पुष्टि भएको छ । कोरोना पुष्टिभएसँगै दुई खेलाडी अनुपस्थिति हुने छ । राउल रुइडियज र एलेक्स भलेरालाई कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सोमबारको प्रशिक्षणको दौरान उपस्थिति भएनन् । लिम्बाज राष्ट्रिय स्टेडियममा पाँच पटकको विश्व विजेतासँग पेरुले प्रतिस्पर्धा गर्ने छ । पेरुको फुटबल संस्था एफपिएफले खेलाडीहरुका जटिल संक्रमणको अवस्था नभएको जनाएको छ । उनीहरु टिमबाट बाहिर एकान्तबास बसेका छन् । कतारमा २०२२… पुरा पढौ

ब्रुनेलाई फिटनेस समस्या, बेल्जियमको स्क्वाडबाट बाहिर

एजेन्सी-म्यानचेष्टर सिटीका प्लेमेकर केभिन डी ब्रुने बेल्जियमको टोलीबाट बाहिरिएका छन् । उनको फिटनेसमा समस्या देखिएपछि टोलीबाट बाहिर रहेका छन् । इंग्ल्याण्डसितको खेलमा उनको फिटनेसमा समस्या देखिएको थियो । समस्याकै कारण उनले खेल नटुंगिदैं बेच्नमा बस्न आएका थिए । बुधबार बेल्जियमले नेसन्स लिगमा आईसल्याण्डसित खेल्ने छ । २९ वर्षिय ब्रुनेको फिटनेस समस्याले सिटीलाई समेत समस्या पर्ने देखिएको छ । आगामी शनिबार सिटीले घरेलु मैदानमा प्रिमियर लिग अन्तर्गत आर्सनलसँग प्रतिस्पर्धा गर्ने छ । बेल्जियमको टोलीको अफिसियन ट्वीट मार्फत उनी आफनो क्लब फिर्ता… पुरा पढौ

चर्चित खेलाडी २०२१ मा फ्रि ट्रान्सफरमा जाने

एजेन्सी-कोभिड-१९ ले फुटबल ट्रान्सफर निकै प्रभावित भएको छ । फुटबल क्लब नै आर्थिक संकटमा पुगेका छन् । जसले गर्दा नयाँ सिजनमा खेलाडीहरु फ्रि ट्रान्फर हुने छन् । यो महत्वपूर्ण पनि हो । सन २०१९ मा खेलाडी ट्रान्सफरमा ४.६ विलियन युरो युरोपा उत्कृष्ठ पाँच क्लबले खर्च गरेका थिए । केही ठूला खेलाडीहरुको सन २०२१ मा फ्रि ट्रान्सफरमा उपलब्ध हुने समाचारमा उपलब्ध हुने छ । आगामी जनवरीको ट्रान्सफर विन्डोमै धेरै खेलाडीहरु सहमतिमा अन्य क्लबका आवद्ध हुने सक्ने सम्भावना पनि छ । सन… पुरा पढौ