⚽ फुटबल

बोलिभिया विरुद्ध ब्राजिलको गोलवर्षा

एजेन्सी-विश्वकप छनोट अन्तर्गत ब्राजिलले बोलिभियामाथि एकपक्षीय नजिता निकालेको छ । पहिलो हाफमै २-०ले पछि परेको बोलिभियाले दोस्रो हाफमा भने अझै गोलको भार बोक्यो । मर्र्किन्होसले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो गोल भने रोबर्टो फिरमिनले व्यक्तिगत पहिलो गोल ३० औं मिनेट गर्दै अग्रता दोब्बर बनाए । उनले व्यक्तिगत दोस्रो गोल भने ४९ औं मिनेटमा गर्दै ब्राजिलको अग्रतालाई तेब्बर बनाए । जोसे कारास्को आत्मघाती गोलको उपहार ब्राजिलको पोल्टामा हालिदियो । खेलको अन्तिम गोल भने ७३ औं मिनेटमा फिलिप… पुरा पढौ

नर्वेमाथि सर्वियाको जित

एजेन्सी-युरोपियन च्याम्पियन्सीप अन्तर्गत प्लेअफको सेमिफाईनल प्रतिस्पर्धामा नर्वेमाथि सर्वियाले २-१ गोलले जित निकालेको छ । निर्धारित समयमाा १-१ गोलको बराबरीपछि थप गरिएको समयमा सर्वियाले गोल गर्दै नर्वेमाथि जित आत्मसात गर्यो । दुवै गोल दोस्रो हाफमा भएको थियो । ८१ औं मिनेटमा सर्वियाका सर्गेज मिलिन्कोभिच-साभिचले गोल गर्दै अग्रता दिलाए । तर खेल सकिन दुई मिनेट बाँकी हुदाँ नर्वेले बराबरी गोल गर्दै खेलमा फर्कियो । ८८ औं मिनेटमा म्याथीस नर्मनले गोल गर्दै खेललाई थप समय तर्फ लम्ब्याए । तर थपिएको १२ औं मिनेट… पुरा पढौ

विश्वकप छनोट, अर्जेन्टिनालाई पेनाल्टीको भाग्य

एजेन्सी-लियोनेल मेस्सीको निर्णायक गोलसँगै अर्जेन्टिनाले विश्वकप छनोट प्रतिस्पर्धामा इक्वाडोरमाथि १-०को कठिन जित निकालेका छ । बार्सिलोनाका स्टार मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै अजेन्टिनाको जित सम्भव बनाएका थिए । उनको पेनाल्टी गोलले अर्जेन्टिनाले आफनो इज्जत जोगाउन सफल भयो । अर्जेन्टिनाका लुकास ओकम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पेनाल्टीको अवसर पाएको थियो । लुकासले अर्जेन्टिनाकाा प्रभिस इस्तुपिनानलाई लडाएपछि प्राप्त पेनाल्टीलाई मेस्सीले सहज गोल गर्दै जित आत्मसात गरेका हो । पहिलो हाफको अतिरिक्त समयमा इक्वाडोरका रेनाटो आईबराले क्रस गरेको बललाई रोर्बटो अर्बोलेडाले हानेको हानेको हेडर… पुरा पढौ

ओजिल युरोपा लिग खेल्ने आसर्नल टोलीबाट बाहिर

एजेन्सी-युईएफए युरोपा लिगको लागि आर्सनलले आफनो स्क्वाडमा मेसिट ओजिललाई समावेश गरेको छ । जर्मनीका ३१ वर्षिय ओजिललाई आर्सनलले पछिल्लो समय मैदानमा उतारेको छैन् । आर्सनलका व्यवस्थापक माईकल अर्टेटाले ओजिललाई आफनो स्क्वाडमा सामेल गराउन स्वीकार गरिरहेका छन् । लिग सिजन २०२०/२१ मा आर्सनलले २५ जनाभित्र उनलाई समावेश नगरेपछि ओजिल निकै निराशमा छन् । उनको स्थानमा सम्भवत एथलेटिको मड्रिडबाट गत सोमबार ट्रान्सर्फरको अन्तिम दिन थोमस पार्टेलाई समावेश गर्ने सम्भावना छ । पार्टेलाई ५० मिलियन युरोमा आर्सनलले भित्रयाएको हो । सन २०१३ मा… पुरा पढौ

युक्रेनविरूद्ध विश्व विजेता फ्रान्सको फराकिलो जित

एजेन्सी, असोज २२ । विश्वकप विजेता फ्रान्सले बुधबार राति युक्रेनसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा ७–१ को फराकिलो जित निकालेको छ । फराकिलो जित निकाल्दा फ्रान्सले ६ गोल गर्दा एक गोल उपहार पाएको थियो । आपसी तालमेल नमिल्दा एक गोल खान पुगेको थियो । फ्रान्सका लागि ओलिभर जिरउडले २४ र ३४ औँ मिनेटमा गोल गरे । कामाविन्गाले ९, तोलिसोले ६५ औँ, केलियन एमबाप्पेले ८२ औँ तथा एन्टोनी ग्रिजम्यानले ८९ औँ मिनेटमा गोल गरे । युक्रेनका लागि सीगान्कोभले ५३ औँ मिनेटमा गोल गरे… पुरा पढौ

नेसन्स कपको लागि रोनाल्डोलाई आराम दिन सक्ने

एजेन्सी-बिहीबार विहान स्पेनले पोर्चगुलसँग मैत्रीपूर्ण खेल खेल्दै छ । मैत्रीपूर्ण खेलमा बाजी कस्ले मार्छ भन्दा पनि क्रिष्टियानो रोनाल्डोले स्कोर गर्छन कि गर्दैनन् भन्ने चासोको विषय रहने छ । देशको लागि सर्वाधिक गोलकर्ताका सूचीमा दोस्रो स्थानमा छन रोनाल्डो । १०२ गोलसहित दोस्रो स्थानमा रहेको उनले स्पेन विरुद्धको खेलमा कस्तो प्रदर्शन रहन्छ भन्ने सबैको ध्यान केन्द्रीत छ । १०९ गोलको रेकर्ड इरानका अली दाइको नाममा छ । त्यो लक्ष्य पछ्याउने रोनाल्डो उद्दत छन् । स्पेनपछि पोर्चुगलले स्वीडेनसँग खेल्ने छन् । नेसन्स लिगमा… पुरा पढौ

रोनाल्डो बलात्कार घटना, न्यायधिश पैसाको लेनदेनको सहमति सुन्ने

एजेन्सी-क्रिष्टियानो रोनाल्डाको दश वर्ष अघि बलात्कारको आरोप लागेको घटना फेरी बल्झिने देखिएको छ । दशवर्ष अघि नै पैसाको लेनदेनमा सहमति(समर्थन) केस मिलाइएको भएपनि अमेरिकी न्यायधिशले भनेका छन पीडित महिलाले आफैंले बहस सुन्ने र आफैं निर्णय गर्ने उनी आफै पैसाको लेनदेनमा सम्झौता गर्न मानसिक तबरमा फिट छन कि छैनन भनेर । दशवर्ष अघि लस भेगासको रिसोर्टको सुईटमा बलात्कार गरेको आरोपमा रोनाल्डो विरुद्ध महिलाले कानूनी लडाईको लागि नेवादाको एउटा संघीय न्यायधिश अगाडि मुद्धा चलाउन लागेको थियो । एशोसियट प्रेसको समाचार अनुसार ठ्याक्कै… पुरा पढौ

काभानी म्यानचेस्टर युनाइटेडमा अनुबन्ध

एजेन्सी, असोज २० । उरुग्वेका स्ट्राइकर एडिन्सन काभानी प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाईटेमा अनुबन्ध भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का पूर्व स्ट्राइकर एडिन्सन काभानीले एक वर्षको सम्झौता गरेर युनाइटेडमा अनुबन्ध भएका हुन् । ३३ वर्षका काभानी गएको जुन अन्त्यमा पिएसजीबाट बाहिरिएका थिए । उनले क्लबबाट खेल्दा ५५६ खेलमा ३४१ गोल गरेका छन् । त्यसमध्ये उनले पिएसजीबाट ३०१ खेलमा कीर्तिमानी २०० गोल गरेका छन् । काभानीले उरुग्वेबाट ११६ खेलमा ५० गोल गरेका छन् । उनले म्यानचेस्टर युनाइटेडबाट खेल्ने… पुरा पढौ

नापोली र युभेन्ट्स बीचको खेल स्थगित

एजेन्सी-खेलाडी तथा क्लबका पदाधिकारीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि नापोली युभेन्ट्स विरुद्धको खेलमा मैदानमा उत्रिएन् । खेल स्थगित गरिएको छ । नापोली टुरिन प्रस्थान गर्न अस्वीकार गरेको छ । नापोलीका प्लेईग सेटकै खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि टुरिन जान अस्वीकार गरेको हो । नपोलीले सोमबार विहानको खेल स्थगित गर्दै अर्को मिति तय गर्न आग्रह गरेको छ । तर सिरी एले त्यसलाई अस्वीकार गरिदिएको छ । नापोली युभेन्ट्स भ्रमणमा ननिस्किए युभेन्ट्सको पक्षमा नजिता ३-० जाने उल्लेख थियो । नापोलीको स्क्वाडमा रहेका पायोट जेइलिन्स्की… पुरा पढौ

बार्सिलोना र सेभिल्ला एक एक गोलको बराबरी

एजेन्सी-बार्सिलोनाले गएराती सेभिल्लासँग एक एक गोलको बराबरीमा खेल टुग्याएको छ ।बार्सिलोनाले खेलमा कमब्याक गोल गरेको थियो । दुवै गोल पहिलो हाफमा सम्भवन हुन पुग्यो ।खेलको ८ औं मिनेटमा लुक डि जोंगले सेभिल्लाको लागि गोलको खाता खोल्दै अग्रता दिलाए ।बार्सिलोनाले पनि दुई मिनेट पछि नै गोल गर्दै बराबरीमा ल्यायोा ।ब्राजिलियन स्ट्राईकर फिलिप कान्टिन्होले १० औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए । थप गोल कुनैपनि टिमबाट हुन सकेन् र खेल बराबरीमा टुंगियो ।केही दिन अघि मात्रै बार्सिलोनामा भित्रिएका सर्जिनो डेष्टले सेभिल्ला… पुरा पढौ