पोखरा-सहारा क्लबले आफनो एकेडेमीबाट उत्पादित खेलाडीहरुलाई ललितपुरको ब्रिगेड ब्वाईजलाई हस्तान्तरण गरेको छ । आफना छ खेलाडीलाई आहा रारा गोल्डकपको दौरानमा ब्रिगेड ब्वाईजलाई सम्झौता गर्दै हस्तान्तरण गरेको हो । सम्झौतासँगै एकेडेमीका छ खेलाडीले ब्रिगेड ब्वाईजबाट बी डिभिजन लिग खेल्ने छन् । एकेडेमीका तेस्रो व्याचका विशाल नेपाली, मुकुन्द निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई क्लबका अध्यक्ष केशवराज बराले ब्रिगेड ब्वाईजका विक्रम लामालाई हस्तान्तरण गरेका हुन् । सम्झौता पत्रको बारेमा भने सहारा क्लबले कुनै जानकारी दिएन् । खेलाडीलाई सेवा…
पुरा पढौ