खेल संस्था

राष्ट्रिय च्याम्पियन रशिलालाई पराजित गर्दै जेशिका फाईनलमा

इटहरी- राष्ट्रिय च्याम्पियन एवं विश्व बरियतामा उच्च स्थानमा रहेकी आर्मीकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ्ग इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को महिला एकल तर्फ फाईनल प्रवेश गरेकीछिन् । जेशिकाले रशिलालाई १८–२१, २१–१६, २१–१३ ले पराजित गर्दै उपाधीका लागि आर्मीकी अमिता गिरी संगको भेट पक्का गरेकी छिन् । गिरी र कस्तुरी कलेजकी सिमा राजबंशीविच भएको खेलमा सिमा रिटायर्ड हर्ट भए पश्चात गिरीले फाईनल यात्रा तय गरेकी हुन् । पहिलो सेट ६–२१ ले पराजित भएकी… पुरा पढौ

१३ औं राष्ट्रपति रनिङ शिल्ड फागुन दोस्रो साता

पोखरा-आगामी फागुनको दोस्रो साता पोखरा रंगशालामा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । जिल्ला खेलकुद विकास समिति कास्कीको शुक्रबार बसेको बैठकले १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन १४ र १५ गते आयोजना गर्ने निर्णय गरिएको कास्की जिल्ला खेलकुद विकास समिति पोखराका कार्यलय प्रमुख डि.बी नेपालीले जानकारी दिए । फागुनको दोस्रो आयोजना गर्ने निर्णयसँगै जिल्ला खेलकुद विकास समितिले फागुन ९ गतेभित्रका सबै पालिकालाई प्रतियोगिता टुग्याईसक्न आग्रह समेत गरेको छ । कास्कीका चार गाँउपालिका र पोखरा… पुरा पढौ

मेयरकप टी–२० खेल्न कास्की क्रिकेट टोली नवलपुर प्रस्थान

पोखरा-नवलपुरमा आयोजित दोस्रो गैडाकोट मेयरकप टी–२० क्रिकेट प्रतियोगिताको लागि कास्कीको टोली नवलपुर प्रस्थान गरेको छ ।कप्तान अमृत गुरुङको कप्तानीमा १४ सदस्यीय टोली प्रस्थान गरेको हो । टोलीमा किरण पौडेल, अभिषेक थापा, विश्वास पराजुली, नितेश गिरी, सुब्रिन श्रेष्ठ,विपिन खत्री, मुश्कान थापा, कृष्ण पौडेल, विष्णुप्रसाद गौतम, रिकेश गुप्ता, आयुष सैंजु, विवेक नेपाल र निरज गुरुङ रहेका छन् । प्रशिक्षकमा गोविन्द प्रधान रहेका छन् । कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुनले कप्तान अमृत गुरुङलाई जर्सी हस्तान्तरण गरेका थिए । पुरा पढौ

पुलिसका बिष्णु र प्रिन्स दुवै विधाको क्वाटरफाईनलमा

इटहरी-नेपाल पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को पुरुष एकल र युगल दुवै तर्फ जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन् । एकल तर्फ बिष्णुले त्रिभुवन आर्मीका नरेन्द्र बमलाई २१–१०, १५–२१, २५–२३ को संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेका हुन् । यस्तै प्रिन्सले आर्मीका हिमाल चन्दमाथि २१–१४, २१–७ को जित निकाल्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेका हुन् । यस्तै पुरुष युगल तर्फ पनि बिष्णु र प्रिन्सको जोडीले सुनसरीका अनन्त राज… पुरा पढौ

यु–१९ क्रिकेट टोली पोखरामा प्रशिक्षणमा व्यस्त

पोखरा-यु–१९ विश्वकप छनोट लागि नेपालले यही फेब्रुअरी २४ तारिखमो सिंगापुरसँग खेल्ने छ । एशिया क्षेत्रबाट क्वाईफाईङ हुदैं यु–१९ विश्वकपमा छनोट हुने एकमात्र लक्ष्य नेपाली टोलीले लिएको छ । नेपालले सिंगापुरसँगै २५ तारिखमा कुवेतसँग खेल्ने छ । २६ तारिखमा टोलीले आराम पाउने छ । २७ तारिखमा हङकङसँग प्रतिस्पर्धा गर्ने छ । २८ मा मलेसिया र २ मार्चमा युएईसँग खेल्ने छ । ६ टिम बीचको प्रतिस्पर्धामा शीर्षस्थानमा रहने एक टोलीले यु–१९ विश्वकपमा आफनो स्थान बनाउने छ । यु–१९ विश्वकपमा आफनो स्थान बनाउने… पुरा पढौ

मिथिला कप बसिर चम्किंदा बजाज युथ फाइनलमा

सप्तरी- राष्ट्रिय क्रिकेट बसिर एहमदको अलराउण्ड प्रदर्शन मद्दतले बजाज युथ एकेडेमी सप्तरी मिथिला कप टि-ट्वान्टी प्रतियोगिताको फाइनल पुगेको छ। मंगलबार राजविराज बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न सेमीफाइनलमा बजाज युथले एसके स्पोर्ट्स सप्तरीलाई ३४ रनले पराजित गर्यो। बजाज युथले दिएको १६० रनको लक्ष्य पछ्याएको एसके स्पोर्ट्सले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १२५ रन मात्र बनायो। एसके स्पोर्ट्सका अमर सिंह रौटेलाले ४७ तथा रासिद खानले ४३ रन बनाएता पनि जित दिलाउन सकेनन्। ३९ रनमा… पुरा पढौ

एपिएफलाई हराउँदै न्यु डायमन्डले उचाल्यो उपाधी

काठमाडौं-होङ्गवान्जी न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९को उपाधी जितेको छ । आज सम्पन्न फाईनलमा साविक विजेता एपिएफ क्लबलाई ३–२ सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधी उचालेको हो । निकैनै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २८–२६ले जितेको न्यु डायमन्डले दोश्रो सेट १९–२५ले एपिएफलाई सुम्पन पुग्यो । यस्तै तेश्रो सेट पुनः २५–२२ ले आफ्नो पक्षमा पारेको डायमन्ड चौथो सेट पुनः एपिएफलाई २४–२६ ले सुम्पन पुग्यो । २–२ को बरावरीको अवस्थमा अन्तिम तथा निर्णायक सेट न्यु डायमन्डले… पुरा पढौ

फागुन तेस्रो साता विद्यालयस्तरीय भलिबल प्रतियोगिता

पोखरा-पोखरामा केही दिन अघि क्लबस्तरीय महिला तथा पुरुष भलिबल(तेस्रो टाईगर कप) आयोजना गरियो । लगत्तै पोखरा महानगरपालिकाले वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न गर्यो । आगामी फागुन १६ गतेदेखि १९ गतेसम्म सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता आयोजनाको संघारमा छ । विद्यालयबाटै भलिबलको विकास गर्ने उद्देश्य सहित सृजना विकास केन्द्रले फागुन तेस्रो साता सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । कास्की जिल्ला भलिबल सङ्घको सहयोगमा आयोजना हुने प्रतियोगिताले भलिबलमा नयाँ आयाम थप्ने विश्वास समेत लिइएको छ ।… पुरा पढौ

राष्ट्रिय फेन्सिङ ईपीमा एपीएफ च्याम्पियन

पोखरा-पोखरामा आयोजित राष्ट्रिय फेन्सिङको ईपी इभेण्ट प्रतिस्पर्धामा सशस्त्र प्रहरी बल च्याम्पियन बन्दा जुनियर तर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ । पोखरा रंगशालामा भएको राष्ट्रिय फेन्सिङ अन्तर्गत ईपी प्रतिस्पर्धमा महिला तर्फ सशस्त्र प्रहरी बलकी सारदा मल्ल च्याम्पियन भईन् । उनले गण्डकी प्रदेशकी कृपा गुरुङलाई पराजित गर्दै च्याम्पियन बनेकी हुन् । सुदुर पश्चिमकी रेस्मा जैसी तेस्रो हुदाँ एपीएफकी अनिता कार्की पनि तेस्रो स्थानमा रहिन् । पुरुष तर्फको प्रतिस्पर्धा सशस्त्र प्रहरीबलका सागर थापा च्यापिम्पयन बने । उनले गण्डकी प्रदेशका प्रशान्त गुरुङलाई पराजित गर्दै… पुरा पढौ

पोखरामा माघ २९ देखि कास्की कप ह्याण्डबल

पोखरा-खेलकुदको शहर पोखरामा यही माघ २९ गतेदेखि नवौं संस्करणको कास्की कप ह्याण्डबल प्रतियोगिता हुने भएको छ । नवौं कास्की तथा छैटौं एकता कप बिद्यालयस्तरीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता यही माघ २९ देखि फागुन २ गतेसम्म पोखरा रंगशालामा हुने भएको कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । उक्त प्रतियोगितामा कास्कीका सामुदायिक तथा निजी बिद्यालयका गरी छात्र तर्फ करिब १४ र छात्रा तर्फ १२ टिमको सहभागिता हुने आफुहरुले अपेक्षा गरेको संघ कास्कीका अध्यक्ष चित्र थापाले बताए । विजेताले जनही १० हजार, उपबिजेताले ५… पुरा पढौ