खेल संस्था

गल्फ मन्थ्ली मेडल, गौचनलाई उपाधि

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित मन्थ्ली मेडलको उपाधि क्याप्टेन राजेन्द्र गौचनले जितेका छन् । ६९ पारको हिमालयन कोर्षमा भएको प्रतिस्पर्धा फूल ह्याण्डीक्यापमा प्रतिस्पर्धा गराईएको थियो । प्रतिस्पर्धामा गौचनले बलराम थापालाई पराजित गर्दै उपाधि जितेका हुन् । उनले ५ ओभर ७४ स्कोरको कार्ड बनाउँदै उपाधि जित्दा थापा भने काउण्ट व्याकमा पराजित हुन पुगे । समान ७४को कार्ड बनाएपनि थापा काउण्ट व्याकमा पछि परेका हुन् । ग्रस तर्फको पुरस्कार भने लेफ्टिनेन्ट कर्णेल याम रानाले जिते ।… पुरा पढौ

यु १६ फुलकन्ट्याक्ट लेखनाथ जुनियर च्याम्पियनसिप

पोखरा-लेखनाथ क्योकिशन(कान कराते डोजोको आयोजनामा मंसिर १७ गते दोस्रो लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप लेखनाथ पावरहाउसमा हुने भएको भएको छ । लेखनाथ रंगशाला भण्डारढिक र लेखनाथ पावरहाउस डोजोमा प्रशिक्षण लिइरहेका सोह्र वर्ष मुनिका ६०जना भन्दा बढि खेलाडीहरुले विभिन्न १० तौल समुहमा प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा पुरुष तर्फ २५ के.जी, ३० के.जी,३५ के.जी, ४० के.जी, ४५ के.जी र ५० के।जी तौल समुह रहेका छन भने महिला तर्फ ३० के.जी मुनि ४० के.जी मुनि र ५० के।जी तौल समुहमा… पुरा पढौ

राष्ट्रिय च्याम्पियन प्रिन्स र रशिलालाई उपाधी

काठमाडौं-राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल र रशिला महर्जन प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी जित्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघले बरियताको मान्यता प्रदान गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेलेका प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–९, २१–१४ ले र सेनाकी रशिलाले सेनाकै अनुमाया राईलाई १९–२१, २१–१५, २१–१८ ले पराजित गर्दै उपाधी जितेका हुन् । विजयी भएबापत प्रिन्स र रशिला प्रत्येकले नगद ४० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपबिजयी महर्जन र राई प्रत्येकले नगद… पुरा पढौ

छात्रा प्रतियोगिताको उपाधि पश्चिमाञ्चललाई

पोखरा-पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखरामा भएको कास्की जिल्ला माध्यमिक विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार भएको फाइनल खेलमा पोखरा महानगरपालिका–१८ भकुन्डेको शान्त माविलाई सोझो सेटमा पराजित गर्दै पश्चिमाञ्चलले २० हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पा¥यो। पोखरा बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा सरकारी र निजी गरि १६ वटा विद्यालयले भाग लिएका थिए। ती मध्ये आठ वटा सरकारी र आठवटा निजी विद्यालय प्रतिश्पर्धामा भाग लिएका थिए। शनिबारको फाइलन खेलमा पश्चिमाञ्चलले शान्त माविलाई २५–२३, २५–१४ र… पुरा पढौ

पोखरामा जुनियर-५ आइटीएफ टेनिस

पोखरा-पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता शुरु हुदैं छ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतिस्पर्धामा विभिन्न १० देशका टेनिसका जुनियर खेलाडी पोखरा आईपुगेका छन् । शुक्रबार आयोजक संघले पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । सर्किट–१ र २ गरी दुई सातासम्म चल्ने प्रतियोगितामा ब्वाइज र गल्सतर्फ सिंगल्स र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए । प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका खेलाडीहरु सहभागी… पुरा पढौ

सेनाका पविन दोश्रो चरणमा

काठमाडौं- नेपाली सेनाका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को दोश्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट भएको प्रतियोगिताको पुरुष एकल तर्फ हुम्लाका दशरथ बुढालाई २१–१२, २१–९ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् । बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकल तर्फ अन्य विजयी खेलाडीहरुमा ललितपुरका राजेन्द्र महर्जन, १६ फिदरका अमन महर्जन, कैलालीका चन्द्रिका कथरिया, सेनाका अनिल मल्ल, कैलालीका… पुरा पढौ

आठौं धारा नेपालगन्ज म्याराथन विजेतालाई डेढ लाख नगद

नेपालगन्ज-आठौं धारा नेपालगन्ज म्याराथनको विजेताले एक लाख पचास हजार नगदबाट पुरस्कृत हुने भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र केएल दुगड ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगडलाई साक्षी राख्दै आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीवार नगद पुरस्कार घोषणा गरेको हो । म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बिभिन्न विधाको नगद पुरस्कार घोषणा गरे । शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन(४२.१९५किमी)तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई… पुरा पढौ

युएईमाथि नेपालको सानदार जित

पोखरा-सातौं विकेटको लागि गुलशन झा र आरिफ शेख बीच ६२ रनको साझेदारी गरेपछि युएईमाथि नेपालले तीन विकेटको जित निकाल्न सफल भएको छ । जितसँगै नेपाल भ्रमणमा रहेको युएइसँगको तीन खेलको एकदिवसीय श्रृंखला बराबरी गरेको छ । खराब ब्याटिङ सुरुवात गरेपनि युवा ब्याटर गुलशन झा र आरिफ शेखले बीचको उत्कृष्ट साझेदारीले जितको सम्भावना बनेको थियो । १७९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराब शुरुवात गर्यो । शुरुमै धर्मराउन थालेको नेपाललाई सम्हाल्ने प्रयास पूर्व कप्तान ज्ञानेन्द्र मल्लले प्रयास गरे । यद्यपी उनी… पुरा पढौ

पोखरा म्याराथन विजेताले ५ लाख पाउने

पोखरा-आगामी फागुनमा हुने पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ५ लाख रुपैयाँ पाउने छन् । गतवर्षको भन्दा यो संस्करणमा पुरस्कार राशी १ लाख रुपैयाँ बढाइएको हो । गत वर्ष ४ लाख रहेको पुरस्कार राशी थियो । नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा आगामी फाुगन ६ गते शनिबार आयोजना हुने ४२.१९५ किमि म्याराथनका उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ । तेस्रो स्थानमा आउने धावकले २ लाख रुपैयाँ, चौथो हुनेले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार… पुरा पढौ

सदस्य सचिव र नेपाल स्पोर्टस संघका पदाधिकारी विच भेटबार्ता

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल ईस्पोर्टस् संघका पदाधिकारीविच आज बुधबार राष्ट्रिय खेलकुद परिषद्मा भेटवार्ता भएको छ । संघका अध्यक्ष सुरज डङ्गोलको नेतृत्वमा भएको भेटघाटमा मित्र राष्ट्र चीनमा आयोजना हुने १९ औं एशियन गेम्समा ईस्पोर्टसको सहभागिताका सम्वन्धमा र आगामी दिनमा परिषद्बाट प्राप्त गर्न सक्ने विविध सहयोगका बारेमा छलफल भएको थियो । सदस्य सचिव घिसिङले ईस्पोर्टसको विकास र विस्तारमा परिषद्ले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने बिश्वास दिलाए । पुरा पढौ