खेल संस्था

खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि बास्केटबल संघ कास्कीलाई

पोखरा-राष्ट्रिय युवा संघ नेपाल मादी गाउपालिकाको २ नं. वडा कमिटीद्वारा आयोजित बास्केटबल प्रतियोगितामा पुरुष तर्फ कास्की बास्केटबल एसोसिएसन बिजयी भएको छ । पोखरा १३ भद्रकाली खेलमैदानमा सम्पन्न पुरुषतर्फको फाइनल खेलमा ताङतिङ ए लाई ५८ – ५४ स्कोरले पन्छाउँर्दै बास्केटबल संघ कास्कीले उपाधि हात पारेको हो । उपाधि संगै कास्की जिल्ला बास्केटबल संघले नगद ८० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरि उपविजेता ताङतिङ ए ले नगद ५० हजार शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्यो । प्रतियोगितामा कास्की… पुरा पढौ

मन्त्री श्रेष्ठद्वारा बहुउद्धेश्यिय कभर्ड हलको शिलन्यास

काठमाडौं- संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवन राम श्रेष्ठले भुकम्प स्मृती बहुउद्धेश्यिय कभर्डहलको शनिबार शिलन्यास गरेका छन् । अन्तराष्ट्रिय ओलम्पिक कमिटिको सहयोगमा निर्माण हुने कभर्डहल काठमाण्डौ महानगरपालिका १५ स्थित डल्लु आभाष क्षेत्रमा ६ रोपनी जग्गामा निर्माण हुने भएको छ । हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत ध्यान, योग, सेमिनार संचालन गर्न सकिने छ ।कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल ओलम्पिक कमिटिको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको सहयोगमा बन्ने कभर्डहलले स्थानिय स्तरमा खेलाडी उत्पादका साथै… पुरा पढौ

संघहरुको गुनासो–‘परिषदबाट चासो र समन्वय भएन’

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदैं गर्दा प्रदेश खेलकुद परिषद एवं खेल व्यवस्थापन उपसमितिले खेलसंघसँग चासो र समन्वय नगरेको गुनासो गरेका छन् । आवश्यक पूर्वाधार मर्मत सम्भार तथा क्लोजक्याम्प राख्ने विषयमा परिषदले संघहरुसँग समन्वय नगरेको गुनासो संघहरुले गरेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि पोखरा रंगशालामा कुनैपनि पूर्वाधार बनेन् । मर्मत सम्भार समेत हुन सकेको छैन् । खेल व्यवस्थापन समितिले खेलस्थलको निरिक्षण गरिसकेको छ । यद्यपी बजेटको निकासा नहुदाँ काम हुन सकेको छैन् । ६ वटै कोर्टमा प्रतियोगिता खेलाउने योजनामा… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिसलाई

काठमाडौं- नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले हासिल गरेको छ । राष्ट्रिय खेलकुद अन्तरगत भएको ३४ औं राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णमा आफ्नो नाम लेखाउन सफल भएको हो । बर्षाका कारण ८ ओभरमा छोट्याईएको प्रतियोगितामा सेनाले दिएको १०४ रनको लक्ष पुलिसले २ विकेटको क्षतीमा ७ बल बाँकी छँदै भेट्यायो । पुलिसले ६।५ ओभरमा १०५ रन जोड्न सफल भयो । पुलिसका… पुरा पढौ

महानगरद्वारा संघसंस्थालाई खेल सामग्री

पोखरा-पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समितिले विभिन्न खेल संस्थालाई खेल सामाग्री वितरण गरेको छ । शुक्रबार महानगर खेलकुद विकास समितिको कार्यालय उदघाटन गर्दै महानगर प्रमुख धनराज आचार्यले खेल संस्थालाई १० लाख रूपैयाँ बराबरको खेल सामग्री वितरण गरेको छ । भलिबल, बास्केटबल, फुटबल, तेक्वान्दो, बक्सिङ, मुआथाइ, उसु, कराँते लगायत खेलका संघसंस्था, प्रशिक्षक र खेलाडीलाई खेल सामाग्री वितरण गरिएको छ । खेल सामग्री वितरण गर्दै मेयर आचार्यले असोज अन्तिममा पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदमा धेरै पदक जित्ने गरी मेहनत गर्न प्रशिक्षक र… पुरा पढौ

सम्माननिय प्रधानमन्त्रीज्यूबाट ट्रफी सार्वजनिक

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्का संरक्षक सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवाज्यूबाट नवौं राष्ट्रिय खेलकुदका लागि तयार गरिएको ट्रफी शुक्रबार एक कार्यक्रमका विच वालुवाटारमा सार्वजनिक गरे । ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा राखेपका संरक्षक सम्माननिय प्रधानमन्त्री देउवाले खेलकुदले नयाँ गति लिन लागेको र यसका लागि सरकारको सहयोग रहने बताए । ५ केजी चाँदीको ट्रफीमा मेन ट्रफी भन्ने शब्द २ तोला सुनले कुँदिएको स्वर्ण शब्द सहित काठको बेसमा वनाईएको छ । ट्रफी १० लाख मुल्य बराबर रहेकोे छ । राष्ट्रिय खेलकुदको नवौं संस्करणमा पहिलो… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल र खेल तालिका सार्वजनिक

पोखरा-एक महिना बाँकी रहदाँ राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल तय गरेको छ । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विभिन्न ५ जिल्लामा मात्रै खेल आयोजना गर्ने खेलस्थल सार्वजनिक गरिएको हो । कास्की, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा आयोजना गरिने राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । सुटिङ र क्रिकेट काठमाडौंमा आयोजना हुने छ । क्रिकेट गत भदौ २३ गतेदेखि नै काठमाडौंमा सञ्चालित छ… पुरा पढौ

सामाजिक सञ्जाल मार्फत सहयोग जुटाउँदै कास्की फेन्सिङ संघ

पोखरा-‘नवौं राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकि छैन, प्रदेश खेलकुद परिषद र मन्त्रालयबाट खेल सामाग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामाग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीहरुलाई उतारौंला भनेर बस्ने हो भने हातलागे सुन्य होला जस्तो लागेर लाजै नमानी सामाजिक संजाल मार्फत नै हात फैलाउन बाध्य भएँ । गण्डकी प्रदेशका खेलाडीहरुको हितको लागि जिल्ला अध्यक्षको नाताले मैले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर यो कदम चालें । खेलप्रेमी ब्यक्ति वा सँस्था जो कसैले कास्की जिल्ला फेन्फिङ… पुरा पढौ

तीन श्रीलंकन खेलाडीसहित पोखरा एभेन्जर्सको स्क्वाड

पोखरा-केहीदिन अघि मात्रै मार्की खेलाडी सार्वजनिक गरेको पोखरा एभेन्जर्सले आफनो नेपाल टी-२० को लागि स्क्वाड तयार गरेको छ । मार्की खेलाडीमा मोहम्मद आसिफ शेख रहेका छन् । ए ग्रेडमा शरद भेषवाकरलाई टिममा समावेश गरिसकेको छ । बी ग्रेडमाा कुशल मल्ल, प्रतिश जिसि र आरिफ शेख रहेका छन् । सी ग्रेडमा तुलबहादुर थापा, विशालविक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन, सिद्धान्त लोहनी रहेका छन् । विदेशी खेलाडीमा मोहम्मद हाफेज(पाकिस्तान), सलमन इरसाद(पाकिस्तान), निरोसान डिकवेल्ला(श्रीलंका), सेकुज प्रसन्ना(श्रीलंका), र सेहान मधुसन्का(श्रीलंका) रहेका छन्… पुरा पढौ

एपिएफ र एसियन सुज च्याम्यियन

पोखरा-पोखरा महानगरपालिका ३ नदीपुरमा सम्पन्न क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टिम च्याम्पियन भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा मामा भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । त्यसैगरि महिलातर्फ अर्चलबोट भलिबल क्लबलाई फाइनल खेलमा २५–१२, २०–२५, २५–१५ र २५–२० को अंकसहित ३–१ सेटमा पराजित गर्दै एसियन सुज टिमले उपाधि जित्यो । पुरुषतर्फ… पुरा पढौ