खेल संस्था

नवौं राष्ट्रिय खेलकुदः भोलिदेखी ह्याण्डबल

पोखरा -नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भोली ९सोमबार० बाट ह्याण्डबलका खेलहरु सुरु सुरु हुने भएको छ। पुरुषतर्फ गण्डकी प्रदेश र मधेश प्रदेशबीच उद्घाटन खेल हुनेछ। उद्घाटन खेल विहान ८ बजे हुँदैछ। राष्ट्रिय खेलकुद परिषद प्राविधिक उपसमिति र नेपाल ह्याण्डबल संघले जारी गरेको खेल तालिकाअनुसार सोमबार बिहान ८ बजे हुने खेलमा गण्डकी र मधेश भिड्ने भएका हुन्। आठौंं राष्ट्रिय खेलकुदमा गण्डकी स्वर्ण पदक विजेता थियो भने नेपाल आर्मीले काँस्य पदक जितेको थियो।नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २० औं राष्ट्रिय पुरुष तथा ११ औं… पुरा पढौ

पहिलो जित निकाल्ने गण्डकी चाहना अधुरै , ४० रनले पराजित

पोखरा-घरेलु मैदानमा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन् । आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो । मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जित आत्मसात गर्दै गण्डकी माथि सदाझैं दबाव कायमै राख्यो । गण्डकीले मधेश प्रदेश विरुद्ध महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता जित निकाल्न सकेको छैन् । शिला क्षत्रीको १० रन नै गण्डकी प्रदेशको सर्वाधिक स्कोर बन्न पुग्यो । ओपनर सृजना पौडेल र कुसुम गोदारको जोडी क्रिजमा… पुरा पढौ

नेपालगन्ज म्याराथन र सारमंग देहरादुन म्याराथन बीच म्याराथन सम्झौता

नेपालगन्ज-धारा नेपालगन्ज म्याराथन(नेपाल) र सारमंग देहरादुन म्याराथन(भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । दुवैं विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो । सारमंग देहरादुन म्याराथनका तर्फदेखि अनिल मोहन र धारा नेपालगन्ज म्याराथनका तर्फबाट संस्थापक अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि सारमंग देहरादुन म्याराथन रेश डाइरेक्टर अनिल मोहनले खुशी व्यक्त गरेका छन्… पुरा पढौ

सवै एक भएर राष्ट्रिय खेलकुद सम्पन्न गर्न आग्रह

पोखरा- राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले सवै एक भएर राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न आग्रह गरेकाछन् । गण्डकी प्रदेशको पोखरामा यहि आश्विन २८ देखि कार्तिक ३ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय प्रतियोगताका लागि गठित विभिन्न उपसमितिका संयोजक तथा सचिवहरुको पोखरामा भएको बैठकलाई सम्बोधन गर्ने क्रममा सदस्य सचिव घिसिङले उक्त आग्रह गरेका हुन् । विभिन्न उपसमितिका कार्यहरुको प्रगती विवरणको जानकारी लिने क्रममा आयोजना गरिएको बैठकमा सदस्य सचिव घिसिङले सवैको सहयोग र सहकार्यले मात्र राष्ट्रिय प्रतियोगिता सफल हुने बताए… पुरा पढौ

पहिलो जितको खोजीमा गण्डकी प्रदेश

पोखरा-आईतबारदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियागिता शुरु हुदैं छ । महिला क्रिकेटमा गण्डकी प्रदेशको इतिहास त्यही अब्बल छैन् । महिला क्रिकेटमा कमजोर देखिएको गण्डकी प्रदेशले सिनियर तर्फ राष्ट्रिय प्रतियोगितामा पहिलो जितको खोजीमा हुने छ । महिला क्रिकेटको इतिहास कोट्याउँदा गण्डकी प्रदेशले राष्ट्रिय प्रतियोगितामा जितको खुशी मनाउन सकेको छैन् । तर उमेर समूहको प्रतिस्पर्धामा भने गण्डकी प्रदेशले सुदुरपश्चिममा आयोजित यु–१९ को उपाधि जितेर फर्किएको थियो । घरेलु मैदानमा होस या अन्य क्रिकेट मैदानमा गण्डकीको प्रदर्शन लोभ लाग्दो छैन्… पुरा पढौ

१० खेलका २३ इभेण्ट रद्द

पोखरा-गण्डकी प्रदेशका बन्द प्रशिक्षणमा रहेको केही खेलका खेलाडीहरु नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा केवल दर्शक बनेर फर्किने छन् । बन्द प्रशिक्षण सकेर दशैं मनाउन घर गएका खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा दर्शक बनेर उपस्थिति जनाउने छन् । इभेण्टहरु रद्द हुदाँ प्रशिक्षण खेलाडीहरु दर्शक बनेर फर्किनुपर्ने बाध्यता राष्ट्रिय खेलकुद परिषदले सृजना गरिदिएको हो । खेलाडीहरु निराश बनेका छन् । प्राप्त सूचना अनुसार १० खेलका २३ वटा इभेण्ट रद्द गरिएको छ । झण्डै एक महिना बन्द प्रशिक्षण गरेर आफुले खेल्ने इभेण्ट रद्द हुदाँ खेलाडीमा नैराश्यता… पुरा पढौ

झरीले टेनिस कोर्ट जलमग्न, सुर्की बगाउँदा समस्या

पोखरा-कास्की जिल्ला टेनिस संघ यतिबेला बिलखवन्दमा परेको छ । दुईदिनदेखि झरी परेको छ । भर्खरै मर्मत गरिएको टेनिस कोर्ट पानीले जलमग्न छ । कोर्टमा हालिएको सुर्की बगाउँदा थप आर्थिक भार थपिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी बनाईएको कोर्टको सुर्की पानीले बगाईदिएको छ । असोजको अन्तिम सातादेखि टेनिस शुरु हुदैै छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि एकसाता अघि मात्रै संघले मर्मतको काम शुरु गरेको थियो । मर्मत शुरु गर्दा मौसम निकै रमाईलो थियो । अहिले पानीले बिथोलिएको छ… पुरा पढौ

सवा अर्बमा बनेको फुटबल स्टेडियममा नवौंमा हुने छैन फुटबल

पोखरा-खेलाडीको एउटै लक्ष्य हुन्छ रंगशालामा खेल्ने । तर पोखरा रंगशालामा १ अर्ब २८ करोडमा पोखरा रंगशालाभित्र फुटबल मैदानसहितको भौतिक पूर्वाधार तयार भएको छ । त्यही फुटबल मैदानमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल प्रतियोगिता भने हुने छैन् । राष्ट्रिय खेलकुद परिषदले रंगशालाभित्रको फुटबल मैदानलाई फुटबल खेलाउने खेलस्थलको रुपमा तय गरेको छैन् । रंगशालाको फुटबल मैदानमा राष्ट्रिय प्रतियोगिता खेलाउन नसक्नु आफैंमा विडम्बना हो । परिषदको असक्षमता प्रष्ट देखिन्छ । ठेकेदार कम्पनीले फुटबल मैदान छिर्ने मुलगेटमै तालाबन्दी गरेर राखेको छ । परिषदले… पुरा पढौ

नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाको अपराजित यात्रा कायमै

काठमाडौं-नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो अपराजित यात्रा कायम राखेका छन् । पाँच चरणको समाप्तिमा ४ दशमलब ५ अंक जोड्दै थापाले आफु लयमा रहेको क्रमशः प्रमाणित गरिरहेका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेका थापा चौथो चरणको खेलमा आफुभन्दा कम वरियताका भारतीय खेलाडी मधुसुदनन केआरसँग बराबरीमा रोकिए भने आईतबार राती सम्पन्न पाँचौं चरणको खेलमा प्रतियोगिताका दोश्रो वरियताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गर्न सफल रहे । च्याम्पियनशीप अन्र्तगत सोमबार मध्यान्ह हुने छैटौं चरणको खेलमा थापाले दोश्रो… पुरा पढौ

प्रदेशको भत्ताले र्याकेटको तार आउँदैन

पोखरा-‘प्रदेश खेलकुद परिषदले दिएको भत्ताले र्याकेटको तार(स्ट्रिङ) पनि आउँदैन् । तार चुँडेपछि बनाउन पनि नपुग्ने भत्ता लिएर प्रदेशको लागि खेल्नुपर्ने बाध्यता छ ।’ टेनिस खेलाडी प्रदीप खड्काले भने–‘भत्ता भन्दा पनि प्रदेशको नामको लागि खेल्दै छौं ।’ उनी टेनिसका नेपालका शीर्ष बरियताका खेलाडी समेत हुन् । उनका अनुसार र्याकेटको तार फेर्न एकहजार २ सय भन्दा बढी लाग्छ । उनले खेलाडीलाई दिईने सुविधामा सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको उल्लेख गरे । खेलाडी विना खेलकुद निकायको अर्थ हुदैन् । तर खेलाडीलाई सेवा… पुरा पढौ