खेल संस्था

पोखरा रंगशालाको स्वामित्व प्रदेशको मातहमा ल्याउन पहल गरिने

पोखरा-पोखरा रंगशालाको पूर्वाधार सुधार गर्दै रातको समयमा अन्तराष्ट्रियस्तरको खेलहरु सञ्चालन गर्न सकिने बनाउने गण्डकी प्रदेश सरकारले लक्ष्य लिएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अन्तराष्ट्रियस्तरको प्रतियोगिता रातमा समेत गर्न सकिने योजना छ । त्यसको लागि प्रदेश सरकारले पोखरा रंगशालाको स्वामित्व प्रदेशको मातहमा ल्याउन पहल गरिने उल्लेख गरेको छ । प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयले पोखरा रंगशालाभित्रका बनेका पूर्वाधारमा रातको समयमा समेत खेल्न मिल्ने गरी सोलार बत्ती जडान गर्न आवश्यक बजेट छुट्टाई आवश्यक… पुरा पढौ

विभागीय डर्बी भिडन्तमा आर्मी सेमिफाईनलमा

हेटौंडा÷एपीएफ क्लबलाई हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लब हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा आर्मीले विभागीय डर्बी प्रतिस्पर्धामा एपीएफलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत् आर्मीले जितको नतिजा निकालिएको थियो । टाइब्रेकरमा आर्मीका लागि दीपक गुरुङ, सीमान्त थापामगर, दिनेश हेम्जन, कमलबहादुर थापा र सन्तोष केसीले गोल गर्दा एपीएफका नवीन लामा, सुदीप शिखाकार, रवि थिङ र सनिश श्रेष्ठले गोल गरे । मणिकुमार लामाको प्रहार भने आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ… पुरा पढौ

नेकोस काठमाडौ मेट्रो चेस प्रतियोगिताको उपाधि पुरुषोतम सिलवाललाई

काठमाडौं -नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा सम्पन्न नेकोस काठमाडौ मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधी काठमाडौका पुरुषोत्तम सिलवालले जितेका छन् । प्रतियोगितामा सहभागी ७१ जना प्रतिष्पर्धीलाई उछिन्दै दुई दिने प्रतियोगितामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएका सिलवालले ७ खेलबाट ७ अक बनाउँदै ७ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरे । काठमाडौका कुशल बेलबासे र तिलिङ्टार माविका पुर्णिमा गुरुङ समान ६ अंकका साथ दोश्रो तथा तेश्रो स्थान हासिल गर्दै क्रमशः ५ हजार तथा ४ हजार… पुरा पढौ

पुलिसद्वारा खुमलटार स्तब्ध

हेटौंडा-स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिताअन्तर्गत् हेटौंडामा आइतबार दिउँसो भएको खेलमा नेपाल पुलिस क्लबले खुमलटार युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ । पुलिसका लागि खेलको दोस्रो मिनेटमै अभिषेक रिजालले गोल गरेका थिए । २३ औं मिनेटमा भरत शाहले अग्रता दोब्बर पारे । खुमलटारका लागि अजित लामाले ९० औं मिनेटमा गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलको म्यान अफ दी म्याच खुमलटारका दिवस सत्याल भए । यसअघि विहानको खेलमा गोल्डकपमा सशस्त्र प्रहरीको नेपाल एपीएफले ३–० को… पुरा पढौ

भलिबल संघले असार १० गते भित्रै सबै जिल्ला र प्रदेशको अधिवेशन टुंग्याउने

पोखरा-नेपाल भलिबल संघले आगामी असार १० गते भित्र प्रदेश र जिल्ला अधिवेशन सक्ने भएको छ । संघको गण्डकी प्रदेशको राजधानी पोखरामा बसेको बैठकले प्रदेश र जिल्ला शाखाहरुको अधिवेशन असार १० गते भित्र सक्ने निर्णय गरेको हो । बैठकले पश्चिमाञ्चल भलिबल संघलाई प्रदेश भलिबल संघमा रुपान्तरण गर्ने निर्णय गरेको छ । संघीयता आएको पाँच वर्षसम्मपनि क्षेत्रीय भलिबल संघको रुपमा रहेको समितिलाई संघीयताको मर्म अनुसार प्रदेश समितिको रुपमा अपग्रेड गर्ने निर्णय गरेको हो । संघले पदावधी सकिएको दुई वर्षपछि नया खेलकुद ऐन… पुरा पढौ

पोखरामा असोज पहिलो साता तेस्रो माउण्ट एभरेष्ट अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता

पोखरा-नेपाल तेक्वान्दो संघको आयोजनामा आगामी असोज ५ देखि ९ गतेसम्म पोखरामा ‘तेस्रो माउण्ट एभरेष्ट अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’ हुने भएको छ । प्रतियोगितामा सिनियर तथा जुनियर महिला÷पुरुषमा प्रतिस्पर्धा गराईने छ । गतवर्ष आयोजन ागर्ने तयारी गरिएको प्रतियोगिता कोभिड–१९ले पछि धकेलिएको हो । विश्व तेक्वान्दो संघको स्वीकृतिमा आयोजना हुने प्रतियोगिताको लागि आवश्यक तयारी पोखरामा शुरु गरिएको छ । प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजक नेपाल तेक्वान्दो संघले जनाएको छ । यस अघि काठमाडौंमा दुई संस्करण प्रतियोगिता आयोजना गरिएको थियो… पुरा पढौ

चर्च ब्वाइज क्वार्टरमा

हेटौंडा-हेटौंडामा सञ्चालन भइरहेको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपमा चर्च ब्वाइज क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ ।शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोलअन्तरले हराउँदै चर्च ब्वाइजले क्वार्टरफाइनलमा स्थान बनाएको हो । पहिलो हाफ गोलरहित भएको अवस्थामा निकै सुधारिएको खेल प्रस्तुत गर्दै चर्च ब्वाइजले दोस्रो हाफको तेस्रो मिनेटमै आशीष चौधरीको गोलमार्फत् खाता खोलेको थियो । ५७ औं मिनेटमा हेमन्त थापामगरले अग्रता दोब्बर बनाए । ७७ औं मिनेटमा चौधरीले नै टिमका लागि तेस्रो तथा व्यक्तिगत् दोस्रो गोल गरे । खेलको म्यान अफ… पुरा पढौ

गण्डकी प्रदेशबाट ४० जना छनोट गरिने

पोखरा-आगामी जेठ २८ गते शनिबार पोखरा रंगशालामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका धावकहरु दौडिने छन् । उनीहरुबाटै ४० जना धावकलाई ट्यालेन्ट हन्टको रुपमा छनोट गरेर प्रशिक्षण शुरु गरिने छ । १८ वर्षमुनिका धावकहरुको खोजी अभियानमा गण्डकी प्रदेश खेलकुद परिषद जुटेको हो । परिषद ट्यालेन्ट हन्ट अन्तर्गत एथलेटिक्सलाई पहिलो प्राथमिकतामा राखेको छ । एथलेटिक्स अन्तर्गत छोटो र लामो दुरीको दौडमा प्रतिस्पर्धा गराई ट्यालेन्ट हन्ट मार्फत खेलाडी छनोट गरिने परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले बताए । ‘सबै खेलको ट्यालेन्ट हन्टको योजना छ… पुरा पढौ

सिमराको विजयी सुरुवात

हेटौंडा-नवजागृति क्लबको विजयी शुरुवातसँगै हेटौडामा बिहीबारदेखि चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता शुरु भएको छ । हेटौंडा ५ स्थित पिप्ले रंगशालामा भएको उद्घाटन खेलमा सर्लाहीको वागमती युवा क्लबलाई २–० गोलअन्तरले पन्छाउँदै सिमराले विजयी शुरुवात गर्यो । नवजनजागृतिका लागि खेलको ८ औं मिनेट विवेक चौधरीले गोल गर्दै अग्रता दिलाए । खेलको दोस्रो हाफको ३४ औं मिनेटमा सिमराका कृपाकान्त चौधरीले गरेको गोल विजयी गोल बन्यो । सर्लाहीले खेलमा केही राम्रा अवसर पाए पनि गोल निकाल्न नसक्दा निराश हुँदै… पुरा पढौ

काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुल उत्कृष्ट

पोखरा,-पोखरामा आयोजित विद्यालयस्तरीय ‘प्रथम मोहन स्मृति’ राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा ग्यालेक्सी पब्लिक स्कुल च्याम्पियन बनेको छ । विभिन्न आठ इभेण्टमा प्रतिस्पर्धा गराईको थियो । प्रावितह(लोअर सेकेण्डरी) १३ वर्षमुनिको छात्र तर्फको प्रतिस्पर्धामा रुपन्देहीका सुदेश राजकोटी च्याम्पियन बनेका छन् । उनले खैरेनी सेकेण्डरी स्कुल तनहुँका सफल भुजेललाई २१–१३, १६–२१ र २१–१५ का सेटमा पराजित गर्दै उपाधि जिते । तेस्रो स्थानमा अनिस सिम्खडा(ईम्पेरियल वल्र्ड स्कुल र सुवन कार्की(एपेक्स) मा रहे । मोहन व्याडमिन्टन फाउण्डेशनको आयोजनामा पोखरा रंगशाला व्याडमिन्टन हलमा भएको प्रतिस्पर्धा अन्तर्गत छात्रा तर्फको… पुरा पढौ