पोखरा-गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोडको बजेट सार्वजनिक गर्दा खेलकुद तर्फ भने नगण्य बजेट छुट्टाएको छ । खेलकुदको पूर्वाधार विकासको लागि १५ करोड रुपैयाँ छ । तर पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्री रामजीप्रसाद बरालले उदघोष गरेपनि कति बजेट भन्ने ठोस रुपमा खुलाइएको छैन् । प्रदेशभित्रको खेलमैदान निर्माण, मर्मत सम्भार तथा स्तरोन्नति गर्न आवश्यक बजेट व्यवस्था गरेको उल्लेख गर्दै प्रदेश भित्रको खेलकुद पूर्वाधार विकास गर्न १५ करोड रुपैयाँ विनियोजन गरिएको सार्वजनिक गरे…
पुरा पढौ