खेल संस्था

अन्तर नगरपालिका क्रसकन्ट्री असोजमा

काठमाडौं- एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको सहआयोजनामा अन्तर नगरपालिका राष्ट्रिय क्रसकन्ट्री दौड असोज१३ गते हुने भएको छ । चन्द्रागिरी नगरपालिकामा आयोजना हुने क्रसकन्ट्री दौडमा सिनियर महिला तथा पुरुषको १० कि.मी. र जुनियर तर्फ महिला तथा पुरुषको ५ कि.मी. गरि ४ विधामा ब्यक्तिगत, टिम र समष्टिगत रुपमा खेलाडीहरुलाइ प्रतिस्र्पा गराईने जानकारी गराईयो । शिर्ष तीन स्थान हात पार्ने सिनियर ब्यक्तिगत तर्फका खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार सहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।… पुरा पढौ

जिल्ला र महानगर मुवाथाई संघ गठन

पोखरा- प्रोफेशनल मार्शल आर्ट खेलका खेलाडी तथा खेलप्रेमीहरुको भेलाले कास्की मुवाँथाई र पोखरा महानगर मुवाँथाई संघ गठन गरेको छ । पोखरा रंगशालामा आयोजित भेलाले विबेक कार्कीको अध्यक्षतामा कास्की जिल्लास्तरिय मुवाँथाई संघ र मिलन केसीको अध्यक्षतामा पोखरा महानगर मुवाँथाई संघ गठन गरेको हो । भेलाले कास्की मुवाँथाईको उपाध्यक्षमा दिपेन्द्र चालिसे, सचिवमा सरोज पौडेल, कोषाध्यक्षमा मनोज थापा मगर र सदस्यमा प्रणय कायस्थ, स्वस्तिका केसी र अप्सरा गुरुङ रहेका छन् । त्यस्तै पोखरा महानगर पालिका मुवाँथार्ईको उपाध्यक्षमा वरदान लामा, सचिवमा कृष्ण कार्की, कोषाध्यक्षमा… पुरा पढौ

बेथानी र गौरीशंकर विद्यालयस्तरीय कबड्डी च्याम्पियन

पोखरा-अन्तर विद्यालयस्तरीय छात्र तथा छात्रा कबड्डी प्रतियोगितामा बेथानी बोर्डिङ स्कुल र गौरीशंकर मा.वि च्याम्पियन बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र पोखरा महानगरपालिका कबड्डी संघको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देशीय कर्भड हलमा आइतबार भएको फाइनल खेल जित्दै यी दुई टोली च्याम्पियन बनेका हुन् । बेथानीले फाइनलमा कालिका मावि र गौरीशंकरले रामेश्वरी माविलाई पराजित गरेको हो । प्रतियोगितामा छात्ररछात्रातर्फ प्रथम र द्वितीय भएका टिमले क्रमशः १२र१२ हजार रुपैयाँ र ७र७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन्… पुरा पढौ

श्याम तामाङले रक्षा गरे उपाधि

पोखरा-काठमाडौंका एमेच्योर गल्फर श्याम तामाङ विश्वकै उच्च उचाई स्थानको गल्फ कोर्षमा आयोजित ‘दोस्रो मुस्ताङ गल्फ प्रतियोगिता’को व्याकु टु व्याक उपाधि रक्षा गरेका छन् । पार ३६ को ९ होलको लोवाथाङस्थित मुस्ताङ गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा तामाङले पोखराका गल्फर लिलाजंग गुरुङलाई एक अंकले पछि पार्दैै दोस्रो पटक उपाधि जिते । ४ हजार ६ सय ४५ मिटरको उचाईको कोर्षमा भएको प्रतिस्पर्धामा तामाङले ९ होलमा १९ स्कोर बनाए । उनले एक अण्डर खेल्दै उपाधि उचाल्दा पोखराका लिलाजंग भने १८ अंकसहित दोस्रो स्थानमा… पुरा पढौ

गोल्डकपलाई लिगकम नकाउट स्वरुपमा सञ्चालन गर्ने विषयमा छलफल

पोखरा-सहारा क्लब पोखरा १३ औं अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्ने संघारमा छ । आफनो २५ वर्षे यात्राको शनिबार रजत जयन्ती मनाईरहेको क्लबले गोल्डकपलाई लिगकम नकाउटमा लैजाने उद्देश्य लिएको छ । आफनै पोखरा–१७ दोविल्लास्थित सहारा एकेडेमीमा आयोजित अधिवेशनको मुख्य छलफलको विषय नै गोल्डकपलाई लिगकम नकाउट सञ्चालन गर्न आवश्यक अध्ययन गर्ने जनाएको छ ।‘क्लब आगामी २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप प्रतियोगिता सञ्चालन गर्ने तयारीमा छ । गोल्डकप प्रतियोगिता सञ्चालन लिगकम नकाउट स्वरुपमा सञ्चालन गर्ने अध्ययन गरिने छ’ सहारा क्लबका… पुरा पढौ

चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिताको भव्य तयारी

पोखरा-मोफसलको सर्वाधिक पुरस्कार राशीको चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता आगामी असोज ५ र ६ गते लालितपुरको सानेपामा हु्दैं छ । प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पुरस्कार राशी ओभरअल च्याम्पियनले ट्रफीसहित नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ । बुल्समेन क्लब पोखरा तीन संस्करणका प्रतियागिता पोखरामै आयोजना गरेको थियो । खेलकुदलाई विकेन्द्रीकरण गर्नुपर्ने ध्येयसहित क्लबले पहिलो पटक पोखरा भन्दा बाहिर ललितपुरमा आयोजना गर्ने निर्णय गरेको हो । मोफसलकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताको लागि विभिन्न शहरबाट खेलाडीले… पुरा पढौ

फोटो पत्रकार पुनलाईसहारा खेलकुद पत्रकारिता पुरस्कार

पोखरा-सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट यस बर्ष फोटो पत्रकार उमेश पुन पुरस्कृत हुनुहुने भएको छ । सहारा क्लवले हरेक बर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस बर्ष पुनलाई प्रदान गर्ने भएको क्लवले जनाएको छ । प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा भदौं २१ गते क्लवको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको छ । विगत डेढ दशक भन्दा लामो समय देखि फोटो पत्रकारितामा सक्रिय हुनुहुन्छ । पुन हाल नागरिक राष्ट्रिय दैनिक, गोल नेपाल डटकममा आबद्ध छन्। खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य,… पुरा पढौ

लोमान्थाङको मुस्ताङ गल्फ कोर्षमा ‘दोस्रो गल्फ प्रतियोगिता’

पोखरा-विहानै चारैतिर हिमाल छ्वाङ्ग खुल्छ । त्यही हिमालको फेदमा ठूलो चरन क्षेत्र छ । पहिलाको चरन क्षेत्रको अहिले स्वरुप फेरिएको छ । गल्फ कोर्ष बनेको छ । विश्वकै उच्च उचाईको गल्फ कोर्षको कीर्तिमानसहित गिनिज बुकमा लेखाउने तयारी छ । अधिकांश समय हिउँले ढाकिन्छ । असारदेखि असोजसम्म मौसम सफा हुन्छ । निलो आकास, चारैतिर हिमाल र हिमालकै फेदमा कोर्षको हरियालीले मनमोहक बनाउँछ । हिमाललाई लक्षित गर्दै आइरन हान्ने चाहना धेरै गल्फरको छ । गल्फरहरुको सपना र चाहनालाई मुस्ताङ गल्फ कोर्षले पुरा… पुरा पढौ

राष्ट्रिय महिला तथा पुरुष भलिबल भदौ २९ देखि

पोखरा-नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा आगामी शुक्रबारदेखि शुरु हुने दशौं संस्करणको ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चार क्लबले सहभागिता जनाउने छन् । लिग रोविनमा खेलाईने प्रतियोगितामा काठमाडौंको न्यु डायमण्ड युथ स्पोर्टस क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र बुटवलको न्यु एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पनि सहभागिता नजनाउने आयोजक समक्ष पत्रचार गरेको छ । पुरुष तर्फको प्रतिस्पर्धामा भने पाँच टोलीले उपाधि प्रतिस्पर्धा गर्ने छ । बुटवलको मणिमुकुन्द भलिबल क्लब, शसस्त्र प्रहरी… पुरा पढौ

कास्की जिल्ला जिम्न्याष्टिक्स संघको अध्यक्षमा साई

पोखरा-कास्की जिल्ला जिम्न्याष्टिक्स संघको शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले सोमबहादुर साईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्ष एन शोभा गुरुङ, सचिवमा गौतम चौधरी, कोषाध्यक्षमा दिपेन्द्र अधिकारी, सहकोषाध्यक्षमा अर्जुन गुरुङ, तथा सदस्यहरुमा मीनबहादुर थापा, सुवर्णराज पन्त, प्रविन बास्तोला, दिपेश राना,रामबहादुर क्षेत्री, मुना लामिछाने र बालकुमारी गुरुङ रहेका छन् । कार्यक्रममा निर्वाचन समितिका संयोजक नेपाल जिम्न्याष्टिक्स संघका केन्द्रीय सदस्य योगेन्द्रबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य तिलकबहादुर अधिकारी, निर्वाचन समति सदस्य केशवशरण पौडेल, राजु… पुरा पढौ