खेल संस्था

लामाचौर तीज महोत्सव, महिला भलिबलको तयारी

पोखरा- तीज आउन झण्डै डेढ महिना बाँकी छ । डेढमहिना बाँकी रहँदै लामाचौरमा तीजे महोत्सवको तयारी शुरु गरिएको छ । तीजे महोत्सवमा विशेष गरी नव आदर्श सामुदायिक विकास समाजले राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिवल, अन्तर महिला समुह तिज गित प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, नरबहादुर बानिया स्मृति प्रदेशस्तरीय सितेरियो कराँते साथै राष्ट्रिय कलाकारहरूद्वारा साँस्कृतिक कार्यक्रम समेत गरिने छ । । २०५४ साल देखि नै “मौलिक सस्कृतिको जगेर्ना गरौँ” भन्ने… पुरा पढौ

कास्कीबाट यु-१९ का ६४ खेलाडी छनोट

पोखरा-कास्की जिल्ला फुटबल संघले यु -१९ का ६४ जना खेलाडी छनोट गरेको छ । छनोट भएका खेलाडीले अब प्रदेश छनोटमा सहभागि हुने छन् । गएको विहीबार र शुक्रबार दुईदिन गरी खेलाडी छनोट गरेको हो । संयोजक विष्णुप्रसाद गुरुङका अनुसार झण्डै दुईसय खेलाडीबाट ६४ जना छनोट गरिएको हो । मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ, प्रशिक्षकहरुमा शम्भु केसी, दिपेन्द्र तामाङ, अमन गुरुङ तथा नरेस केसी रहेका थिए । कास्की जिल्ला फुटबल संघले एकसाता अघि मात्रै यु-१६ का खेलाडी छनोट गरेको कास्की जिल्ला फुटबल… पुरा पढौ

पोखरा क्रिकेट मैदानमा भिआईपी ब्लक बनाउन ठेक्का सम्झौता

पोखरा-लामो समयको प्रतिक्षापछि पोखरा रंगशाला क्रिकेट मैदानमा भिआईपी ब्लक निर्माण हुने भएको छ ।राष्ट्रिय खेलकुद परिषदले विनियोजन गरेको दुई करोड रुपैयाँले भिआईपी ब्लक निर्माण गर्नेगरी ठेक्का सम्झौता गरिसकेको छ । गएको जेठ मसान्तमा परिषदले अटुट इन्जिनियरिङ प्रालिसँग सम्झौता गरेको हो । सम्झौता अनुसार प्रालिले छ महिनाभित्रमा पोखरा रंगशाला क्रिकेट मैदानमा भिआईपी ब्लक निर्माण गर्ने छ । प्यारापिट निर्माणको लागि प्रालिका सदस्य सुवास कँडेलले पोखरा रंगशाला क्रिकेट मैदानको अवलोकन गरेर फर्किएका छन् । प्रालिले पहिलो किस्ताको रकम बुझेपछि काम शुरु गर्ने… पुरा पढौ

साफ च्याम्पियसिपको लागि यु–१९ छनोट शुरु

पोखरा-कास्की जिल्ला फुटबल संघले यु–१९ छनोट प्रक्रिया शुरु गरेको छ । अखिल नेपाल फुटबल संघको निर्देशन अनुसार कास्कीले विहीबारदेखि यु–१९ खेलाडी छनोट प्रक्रिया शुरु गरेको हो । संघले केहीदिन अघि मात्रै यु–१६ को छनोट प्रक्रिया टुग्याईसकेको छ । संघले यु–१६को २२ जना खेलाडी छनोट गरेर प्रदेश छनोटमा पठाएको थियो । बिहीबारदेखि शुरु भएको छनोट प्रक्रियामा १ सय ५० भन्दा बढी खेलाडीहरु सहभागिता रहेको कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष एवं छनोट संयोजक विष्णु गुरुङले जानकारी दिए । उनले बिहीबार र शुक्रबार… पुरा पढौ

गौरिकाको अर्को कीर्तिमान

काठमाडौं-दक्षिण एशियाली खेलकुद (साग)की ४ स्वर्णधारी गौरिका सिंहले जापानको फुकुओकामा जारी २० औ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो पुरानो समयमा सुधार गर्दै नयाँ समयका साथ राष्ट्रिय कीर्तिमान राख्न सफल भएको टोली नेता एवं नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् । बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा गोहाटीमा आयोजना भएको १२ औं साग गेम्समा राखेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यस अघि गौरिकाले यसै… पुरा पढौ

भारोत्तोलन खेलाडीको पोखरामा बन्द प्रशिक्षण

पोखरा-चीनको हाङझावमा हुने १९ औं एशियाड अब दुई महिना मात्रै बाँकी छ । दुई महिना बाँकी हुदाँ छनोट भएका खेलाडीहरु यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छन् । केही खेल बन्द प्रशिक्षणको लागि पोखरामा प्रशिक्षणरत छ । गत शनिबार मात्रै भारोत्तोलनका खेलाडीहरु पोखरा आईपुगेका छन् । उनीहरुलाई मंगलबार विहान पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी तथा कास्की जिल्ला भारोत्तोलन संघका कार्यबहाक अध्यक्ष उमेश सिकेले खादा लगाई स्वागत गरे । स्वागतसँगै कार्यालय प्रमुख योगीले पोखरामा प्रशिक्षणको क्रममा कुनै अप्ठ्यारो तथा… पुरा पढौ

जापानमा हुने वाकाबा कप व्याडमिन्टन खेल्ने यु–१५ टोलीलाई विदाई

पोखरा-जापानमा हुने यु–१५ छात्र तथा छात्रा अन्तरराष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा सहभागि नेपाली टोलीलाई कास्की जिल्ला व्याडमिन्टन संघले विदाई गरेको छ । यही जुलाई १९ देखि २१ सम्म जापानको क्योतोमा हुने वाकाबा कप व्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने दश खेलाडीसहित १४ जनाको टोलीलाई विदाई गरिएको हो । टोलीको नेतृत्वमा भूगोल गुरुङले गर्ने छन् । गुरुङ मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनका संस्थापक अध्यक्ष समेत हुन् । उनकै नेतृत्वमा टोली मंगलबार काठमाडौंबाट जापान प्रस्थान गर्ने छ । टोलीलाई सोमबार कास्की जिल्ला व्याडमिन्टन संघले खादा लगाई सफलताको… पुरा पढौ

नासिरको जापानमा नयाँ किर्तिमान

काठमाडौं- नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएको फुकुओकाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् । नासिरले ४ सय मिटिर फ्रिस्टायलमा ४ मिनट ८।२३ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरेका हुन् । यस अघि नासिलको नाममा ४ मिनट १२।१७ सेकेन्ड समयमो किर्तिमान कायम थियो । नासिरले उक्त किर्तिमान आषाढमा आयोजना भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन् ।अव भोली नासिरले पुरुष… पुरा पढौ

एक किलोमिटरमा १२ वर्षमुनिकाको प्रतिस्पर्धा

पोखरा-पोखरामा शनिबार आठौं संस्करणको गोरेटो दौड(ट्रेल रेस) शुरु हुदैं छ । पोखरा ट्रेलरेस रनिङ क्लबको आयोजनामा हुने यो आठौं संस्करण हो । आठौं संस्करणको दौडमा क्लबले वर्षमा चार पटक ट्रेलरेसको सिरिज आयोजना गर्दै आएको छ । शनिबार रेस पोखराको मेथ्लाङ–सराङकोट २५ किलोमिटरको हुने छ । यो वर्षको यो दोस्रो प्रतियोगिता समेत हो । दौडमा स्वदेशी तथा विदेशी धावकहरुले प्रतिस्पर्धा गर्ने छन् । क्लबका संस्थापक अध्यक्ष विकास गुरुङका अनुसार आठौं संस्करणको २५ किलोमिटर दौडमा १४ जना विदेशी धावकको सहभागिता रहेको छ… पुरा पढौ

व्यायामशाला बढे, खेलाडी बढेनन

पोखरा-स्वास्थ्यका लागि खेलकुद । खेलकुदका लागि जिम । पछिल्लो समय युवापुस्ताको जमात जिम(व्यायामशाला)मा भेटिन्छन् । शहरी जीवन व्यस्त छ । तर पनि स्वास्थ्यप्रतिको सचेतता बढ्दै गएको आभाष व्यायामशालामा उपस्थिति सर्वसाधारणको भीडले देखाउँछ । वर्षेनी जिम सेन्टर थपिने क्रममा छन् । तर जिमका व्यावसायिक खेलाडी भने घट्दै गएको जिम सञ्चालक स्वीकार्छन् । पोखरामा २०४० सालदेखि जिम गर्ने परिपाटी शुरु भएको इतिहास छ । पोखरा व्यायामशालाको स्थापनासँगै व्यवसायिक जिमको शुरुवात भएको हो । ५० को दशकमा आईपुग्दा जिम सेन्टर १० को हाराहारीमा… पुरा पढौ