खेल संस्था

म्याग्दी गण्डकी प्रदेशस्तरिय महिला भलिबल च्याम्पियन

पोखरा-पोखरामा आयोजित गण्डकीप्रदेशस्तरीय महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले जितेको छ । शनिबार साँझ अवेर गरी सम्पन्न भएको फाईनल खेलमा पर्वतलाई पाँचौ सेटमा पराजित गर्दै म्याग्दी च्याम्पियन बनेको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा भएको सनसनीपूर्ण फाइनलमा पर्वतलाई ३–२ सेटले पन्छाउँदै उपाधि आफनो बनायो । फाइनल खेलमा पहिलो सेट २५–१५ ले जितेर म्याग्दीले पर्वत माथी दवाव राख्यो । दोश्रो सेट २५–२३ र तेश्रो सेट २५–१७ ले जित्दै म्याग्दी विरुद्धको खेलमा पर्वत खेलमा फर्र्किदैं अग्रता लियो । तर चौथो सेट २५–१५ लिदैं… पुरा पढौ

प्रफुल र रुकेशको जोडी सेमिफाईनलमा

काडमाडौं-त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेका छन् । महर्जन जोडीले नेपाल पुलिस क्लबका सुनिल जोशी र अमन श्रेष्ठको जोडीलाई २१– १०, २१–१५ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् । महर्जन जोडीले फाईनल प्रवेशका लागि कास्कीका बिधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडी संग प्रतिस्र्धा गर्ने छन् । बिधान र लिनथेपको जोडीले नखिपोटका बिवेक कन्दङ्गवा र नेल्सन राईको जोडीलाई २१–१२, २१–१४ ले पराजित गरे ।… पुरा पढौ

स्कुल टु ओलम्पिक कार्यक्रमलाई प्रदेश सरकारको १० लाख

पोखरा-गण्डकी प्रदेशमा सात जना ओलम्पियन छन् । गएको महिना मात्रै गण्डकी प्रदेशको राजधानी पोखरामा ओलम्पियनहरुको पुर्नमिलन तथा सम्मान गरिएको थियो । पोखरामा ओलम्पियनहरुलाई स्वागत गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका ओलम्पियनलाई नगद भत्ता उपलब्ध गराउने निर्णय गरेका थिए । त्यसको लागि ५ लाख ५५ हजार रुपैयाँ बजेटमै समेटिएको छ । विद्यालयदेखि नै खेलकुदको प्रवद्र्धन गर्नुपर्ने खाँचो औल्याउँदै आइएको छ । प्रदेश सरकारले पनि स्कुल टु ओलम्पिक कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले स्कुल टु ओलम्पिक कार्यक्रमलाई १०… पुरा पढौ

मुख्य प्रतिस्पर्धामा नेपाल मुआथाईका दिपेश च्याम्पियन

पोखरा-स्ट्रोङगेष्ट मुवाथाईका अनिष बुढामगरलाई पराजित गर्दै नेपाल मुआथाईका दिपेश गुरुङ ५० केजी तौल समूहको प्रतिस्पर्धामा च्याम्पियन बने । पोखरामा मंगलबार आयोजित गण्डकी प्रदेशस्तरीय मुआथाई प्रतियोगितामा दिपेशले अनिषलाई अंकको आधारमा पराजित गर्दै च्याम्पियन बने । उनीहरुको फाईटलाई स्पेशल फाईट(मुख्य प्रतिस्पर्धा अथाव मेन इभेण्ट)को रुपमा घोषित गरिएको थियो । अनिष नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फुल कन्टयक्ट कराँतेका स्वर्ण पदक विजेता खेलाडी समेत हुन् । पछिल्लो समय उनी स्ट्रोङगेष्ट मुवाथाईमा आवद्ध हुदै आएका थिए । प्रतियोगितामा ७० केजी भन्दा माथीको प्रतिस्पर्धामा पुरुषतर्फ सागर… पुरा पढौ

पोखरा रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्न प्रदेश सरकारको चासो

पोखरा-अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने अभियानले फेरी बजेट मार्फत प्राथमिकता पाएको छ । बजेट मार्फत सम्बोधन भएसँगै पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने चासो गण्डकी प्रदेश सरकारले देखाएको छ । प्रदेश सरकारले अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने आर्थिक वर्ष २०८०÷८१ म बजेट मार्फत ५० लाख रुपैयाँ छुट्टाएको छ । छुट्टाइएको बजेटले नयाँ अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन आवश्यक सम्भाव्य अध्ययन गर्ने प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ । तर परिषदले पोखरा रंगशालाभित्रकै क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउने तर्फ छलफल अगाडि बढाएको छ । खेलकुद… पुरा पढौ

महिला तथा पुरुष लिग भलिबल आषाढ अन्तिम साता

काठमाडौं-नेपाल भलिबल संघको आयोजनमा हुने सातौं प्रधानमन्त्री कप – एन। भि। ए। महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग–२०८० आषाढ अन्तिम साता हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल संघले बार्षिक कार्यक्रम (२०७९÷८०) अनुरुप नेपालको राष्ट्रिय खेल भलिबललाई बृहत रुपमा विकास, विस्तार र प्रवर्धन गर्दै र ब्यावसायीकरण गर्दै लैजाने नीति अनुरुप यही मिति २०८० आषाढ २३ देखि ३० गते सम्म सातौं प्रधानमन्त्री कप – एन।भि।ए। महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग गर्न गईरहेको जनाएको हो… पुरा पढौ

बेगनास तालमा वाटर स्पोर्टसको सम्भाव्य अध्ययन–महानगर प्रमुख

पोखरा-पोखरा महानगरपालिकाले आफनो १३ औं नगर सभामा आफनो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बेगनास तालमा वाटर स्पोर्टस गर्ने उल्लेख गरेको छ । पोखरालाई खेलकुदको शहरको रुपमा विकास गर्ने उद्देश्यसहित वाटर स्र्पोटस गर्ने उल्लेख गरेको हो । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै महानगर प्रमुख धनराज आचार्यले बेगनास तालमा वाटर स्पोर्टसको सम्भाव्य अध्ययन गर्ने सुनाए । ‘वाटर स्पोर्टस मार्फत पर्यटन प्रवद्र्धनमा जोड दिईने छ।’ उनले भने–‘आवश्यक सम्भाव्य अध्ययन गरिने छ ।’ उनले विशेष गरी तालहरुमा हुने वाटर स्पोर्टसका… पुरा पढौ

चीनको सिचुवान ड्रागन बोट रेस टिम च्याम्पियन

पोखरा-पोखरामा आयोजित ड्रागन बोट रेसको उपाधि चीनको सिचुवान ड्रागन बोट टिम(पहेंलो)ले जितेको छ । शुक्रबारदेखि शुरु भएको नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट रेस महोत्सव अन्तर्गत शनिबार ५ सय मिटरको प्रतिस्पर्धा भएको थियो । पाँचसय मिटरको प्रतिस्पर्धामा सिचुवान टोलीले दुई चरणमा गरी ४ मिनेट ३८.३३ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बन्यो । टोलीले शुक्रबार दुई सय मिटरको प्रतिस्पर्धा एक मिनेट ४८.८१ सेकेण्डको समयमा पुरा गरेको थियो । नेपालको नारा ड्रागन बोट टिम दोस्रो स्थानमा रह्यो । पाँचसय मिटरको दोस्रो दिनको प्रतिस्पर्धामा नेपाली टोलीले… पुरा पढौ

प्रथम गण्डकी प्रदेशस्तरीय गल्फको ग्रसमा रमेश र नेटमा राजुलाई उपाधि

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार भएको गण्डकी प्रदेशस्तरीय गल्फ प्रतियोगताको उपाधि ग्रस तर्फ रमेश गुरुङले जितेका छन् । नेट तर्फका उपाधि भने राजु थकालीले जित्न सफल भए । कास्की जिल्ला गल्फ संघ र पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोषको व्यवस्थापनमा भएको प्रतिस्पर्धामा रमेश गुरुङले ३० स्कोर गर्दै उपाधि जित्न सफल भएका हुन् । त्यसैगरी जिवराम गुरुङ काउण्ट व्याकमा २८ स्कोरसहित दोस्रो स्थानमा रहे । सुरेश तामाङ जिवरामसँग काउण्ट व्याकमा पछि परे । उनले समान २८ स्कोर गरेका थिए ।… पुरा पढौ

दुई सय मिटर प्रतिस्पर्धामा चिनिया टोली शीर्षस्थानमा

पोखरा-पोखरामा शुक्रबारदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ शुरु भएको छ । दुईदिनसम्म चल्ने बोट रेस महोत्सवमा चीन, नेपाल र सिंगापुरका गरी ८ बोटको सहभागिता रहेको छ । पोखरा महानगरपालिका, नेपालस्थिति चिनिया दूतबास र नेपाल पर्यटन बोर्डको आयोजनामा फेवातालमा शुरु भएको बोट रेसमा पहिलो दिनको दुई सय मिटर प्रतिस्पर्धामा सिचुवान ड्रागन बोट टिम(पहेंलो) चीन शीर्ष स्थानमा छ । दुई चरणमा भएको दुई सय मिटरको प्रतिस्पर्धामा सिचुवान ड्रागन बोट टिमले एक मिनेट ४८.८१ सेकेण्डको समयमा पुरा गर्दै शीर्ष स्थानमा छ ।… पुरा पढौ