खेल संस्था

तेक्वान्दो टोली यूएईतर्फ

काठमाडौं-यही फेब्रुअरी ५ देखि ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । सानु महर्जन, सुजन श्रेष्ठ, शिभांगी श्रेष्ठ, सोनम गैरे, सुलभ भण्डारी, राजन भण्डारी, अनुस्का भण्डारी, अस्मिता सुब्बा, प्रनिश गुरुङ, सन्देश गिरी, दीपेश खत्री, सोनिया गैरे, सुष्मा थापा, सुजन सिलवाल र खुसी गौतमले चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका बब्लु सिवाकोटी र टिम व्यवस्थापकमा प्रल्हाद थापा… पुरा पढौ

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम च्याम्पियन

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २३ को टिमले जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै टिमले फाइनल जितेका हुन् । पुरुषतर्फ वडा नम्बर १६ द्वितीय र वडा नम्बर २० तृतीय भए । महिलातर्फ वडा नम्बर १८ द्वितीय र वडा नम्बर १५ तृतीय भए ।पुरुषतर्फ फाइनलमा वडा नम्बर १६ लाई ३–२ को सेट र महिलातर्फ वडा नम्बर १८… पुरा पढौ

बाहिर बसेर राजीनामा माग्नुको तुक छैन- चन्द

पोखरा-नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहारदु चन्दले कार्यसम्पादन समितिको राजीनामा माग्नु बेतुक नरहेको उल्लेख गरेका छन् । बुधबार पोखरामा अघिल्लो दिन बसेको संघको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले पाँच सदस्यीय टोलीले राजीनामा माग्नुको तुक नरहेको स्पष्ट पारे । ‘राजीनामा बाहिर हल्ला गरेर मागेर होईन् । साधारण सभामै आफना धारणा राखेर माग्ने हो’, अध्यक्ष चन्दले भने–‘बाहिर बसेर राजीनामा माग्नुको तुक छैन् । संघको विधान ३५(१)मा स्पष्ट उल्लेख छ । ३३ प्रतिशत सदस्यले लिखित माग गरेर आएपछि… पुरा पढौ

सेभेन थ्री स्पोर्टससँग सम्झौता निरन्तरता दिन नसकिने क्यानको स्पष्टोक्ति

पोखरा-नेपाल क्रिकेट संघले नेपाल टी-२० लिग आयोजनाको जिम्मेवारी दिएको सेभेन थ्री स्पोर्टस प्रालिसँगको सम्झौतालाई निरन्तरता दिन नसकिने स्पष्ट पारेको छ । संघले सम्झौता एकपक्षीय रद्द गरेको विषयमा आफनो राय सार्वजनिक गर्दै सम्झौतालाई निरन्तरता दिन नसकिने अवस्था सृजना भएको उल्लेख गरेको छ । संघल आगामी वार्षिक साधारण सभाबाट निर्णयका लागि पेश गर्ने निर्णय गरिएको छ । नेपाल टी–२० लिग आयोजना गर्न भएको सेभेन थ्री स्पोर्टस सँगको सम्झौता एकपक्षीय रुपमा रद्द भएको प्रसंगमा अध्यक्ष चन्दले संघले पाउनुपर्ने पैसा पाउनुपर्ने भन्दै त्यसको लागि… पुरा पढौ

१८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने क्यानको निर्णय

पोखरा-नेपाल क्रिकेट संघले नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा गुल्सन झालाई दिने निर्णय गरेको छ । नेपाल क्रिकेट संघको पोखरामा बसेको बैठकले झालाई उमेर समूहको कप्तानको जिम्मेवारी दिने निर्णय गरेको संघले जनाएको छ । संघका अध्यक्ष चतुरबहादुर चन्दले पोखरा बैठकको निर्णय सार्वजनिक गर्दै बुधबार सन २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाको लागि महिला तथा पुरुष खेलाडीहरुलाई बर्गिकरणको आधारमा केन्द्रीय करारमा राख्ने निर्णय समेत गरेको बताए । पुरुष तर्फ १८ र महिला तर्फ १२ जना खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो… पुरा पढौ

जेठ मसान्तभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन

पोखरा-नेपाल क्रिकेट संघको आगामी जेष्ठ मसान्तभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने निर्णय गरिएको छ । नेपाल क्रिकेट संघको पोखरामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै संघका अध्यक्ष चतुरबहादुर चन्दले आगामी जेष्ठ मसान्तभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने निर्णय गरिएको बताए । ‘जेष्ठ मसान्तभित्रमा विशेष साधारण सभा आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने प्रस्तावलाई पारित गर्ने निर्णय गरेका छौं ।’ अध्यक्ष चन्दले बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै भने–‘फागुनको १४ र १५ गते वार्षिक साधारणसभा कर्णालीको सुर्खेतमा आयोजना गर्ने… पुरा पढौ

छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि

काठमाडौं-छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहनेछ । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने भएको छ । माघ २४ गतेसम्म आयोजना हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय… पुरा पढौ

सन्दीप लामिछानेको निलम्बन फुकुवा

पोखरा-जवर्जस्ती करणीको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन नेपाल क्रिकेट संघले फुकुवा गरेको छ । पोखरामा मंगलबार बसेको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । गत भदौ २३ गते संघले पूर्व कप्तान लामिछानेलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि पूर्व कप्तान लामिछानेलाई निलम्बित गरेको थियो । संघको बैठकको दशौं बुदाँमा छलफल हुदाँ लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिएको संघ स्रोतले जनाएको छ । जवर्जस्ती करणी मुद्धामा जाहेरी दरखास्त दर्ता भए पश्चात नेपाल… पुरा पढौ

पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा

पोखरा-पोखरा महाननगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगिताको फाइनलमा पुरुषतर्फ वडा नम्बर १६ र २३ खेल्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको सेमिफाइनल खेल जित्दै यी दुई टिम फाइनल पुगेका हुन् । वडा नम्बर १६ ले वडा नम्बर २० को टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो । वडा नम्बर २३ ले वडा नम्बर १८ लाई ३–१ को सेटमा पराजित ग¥यो । महिलातर्फ वडा नम्बर २३ र १८ ले फाइनलमा प्रतिस्पर्धा गर्ने छन्… पुरा पढौ

अध्यक्षको राजीनामा माग्दै बुझाए ज्ञापनपत्र, सात केन्द्रीय सदस्यद्वारा बैठक बहिष्कार

पोखरा-नेपाल क्रिकेट संघ(क्यान)को पोखरामा बोर्ड बैठक ढिलो गरी शुरुभएको छ । सात केन्द्रीय सदस्यले भने बोर्ड बैठक बहिष्कार गरेका छन् । बहिष्कार गरेको सदस्यहरुले कार्यसम्पादन समितिको राजीनामाको माग गर्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउँदै उनीहरुले बैठक बहिष्कार गरेका छन् । असन्तुष्ट पक्षले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा खेलाडीहरु मुछिएपछि कार्यसम्पादन समितिको राजीनामा मागेका छन् । बोर्ड बैठक शुरु हुनु अघि नै सात केन्द्रीय सदस्य असन्तुष्ट पक्षले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई मंगलबार राजीनामा माग… पुरा पढौ