संघ

रग्बी १५ मा नेपाल आधिकारिक प्रवेश

ढाका-कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसंगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ को आधिकारिक खेल खेलेको छ। प्रतिद्धन्दी बंगलादेशको पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकोले दुबै टोली उक्त उपलब्धिका लागि निकै खुशी देखिएको थियो।बंगबन्धु बंगलादेश नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज २०२२ू नाम को रग्बी १५ प्रतिस्पर्धामा जित भने बंगलादेशको पोल्टामा पर्यो।उसले नेपाललाई ३१(७ स्कोरले पराजित गर्यो। खेलपछि नेपाली प्रशिक्षक टंक राज गिरीले भने – यो ऐतिहासिक उपलब्धिको साक्षी हुन पाउँदा मलाई गर्व लागेको छ। अब नेपालको रग्बीमा… पुरा पढौ

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता भोलिदेखि

पोखरा- कास्की जिल्ला ब्याडमिन्टन संघले भोलि शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो । चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको छ । प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रुपमा विकास गर्ने तथ लक्ष्य रहेको प्रतियोगिता संयोजक अमृत पोख्रेलले जानकारी दिए । प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र डबल गरी ४ विधामा स्पर्धा हुनेछ ।… पुरा पढौ

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रदेश सरकारको सहकार्य

हेटौंडा- धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बा“की काम पूरा गर्न वागमती प्रदेश सरकारले सहकार्य गर्ने भएको छ । वागमती सरकारले पनि आगामी आवका लागि उक्त रंगशालामा ५ करोड विनियोजन गरेको हो । वागमतीका आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको बजेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न भरतपुर महानगरपालिकासँग सहकार्यका लागि ५ करोड छुट्याएको बताएका छन् । मैदानका लागि वागमती प्रदेश सरकारले फाउन्डेसनलाई ३ करोड उपलब्ध गराइसकेको छ । प्रदेश सरकारको सशर्त अनुदानका रुपमा… पुरा पढौ

ओलम्पिक डेमा मास्टर्स ट्राईयाथलन हुने

काठमाडौं -नेपाल ट्राईयाथलन संघको आयोजनमा असार ४ गते शनिबार तेश्रो मास्टर्स ट्राईयाथलन हुने भएको छ । संघले ओलम्पिक दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । ठिमीस्थित बोडेमा आयोजा हुने प्रतियोगितामा १०० मि.पौडी, ३.५ कि.मि। साईक्लिङ्ग, र १ कि.मि।दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन् । प्रतियोगितामा प्रतिष्ठित ब्यक्तित्वहरु लगायत करिव १०० खेलाडीहरुले सहभागिता जनाउने अपेक्षा संघले गरेको छ सचिव सुनुवारले बताए । पुरा पढौ

पालिकास्तरीय भलिबलको उपाधि रुपा गाँउपालिकालाई

पोखरा-कास्की अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रुपा गाँउपालिकाले जितेको छ । आईतबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको फाईनलमा अन्नपूर्ण गाँउपालिकालाई प्रतिस्पर्धात्मक ३–२ को सेटमा पराजित गर्दै उपाधि उचाल्यो । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना र कास्की जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिता तीन हप्ता रोकिएको थियो । संघका अध्यक्ष भीम पराजुलीका अनुसार रुपा गाँउपालिकाका खेलाडी विरुद्ध उजुरी परेपछि प्रतियोगिताको फाईनल खेल स्थगित भएको थियो । झण्डै तीन साता रोकिएको खेललाई संघ र महानगर समितिले छानविन गरेपछि फाईनल… पुरा पढौ

पोखरा रंगशालाभित्र गल्फ एकेडेमी बन्दै

पोखरा-पोखरा रंगशालाभित्र गल्फ प्रशिक्षण(ट्रेनिङ सेन्टर)को पूर्वाधार बनाउन शुरु गरिएको छ । पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै समयमा पोखरा रंगशालाभित्र गल्फ प्रशिक्षण केन्द्रको बोर्ड झुण्ड्याएको थियो । गल्फ संघ कास्कीले गल्फको टे«ेनिङस्थल बनाउन राष्ट्रिय खेलकुद परिषदसँग जग्गा माग गर्दै आएको थियो । रंगशालाभित्र सेतीनदी किनारमा भासिएको जमिनलाई पुरेर संघले टे«ेनिङको लागि पूर्वाधार तयार बनाउन शुरु गरेको हो । पूर्वाधारको लागि गण्डकी प्रदेश खेलकुद परिषलले केही बजेट छुट्टाईदिएको छ । गल्फको लागि छुट्टाईएको पोखरा रंगशालाभित्रको जमिन सम्याइएको भन्दै राष्ट्रिय… पुरा पढौ

असार पहिलो शनिबार पोखरामा ४५ किमी साईकल दौड

पोखरा-असारको पहिलो शनिबार(४गते) पोखरामा ४२ किलोमिटरको साईकल दौड आयोजना गरिदैं छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला साईक्लिङ संघ र साईकल सिटी पोखराको सहयोग एवं व्यवस्थापनमा राष्ट्रियस्तरको महिला तथा पुरुष साईकल दौडका आयोजना गरिने महानगर खेलकुद विकास समितिले जनाएको छ । ४२ किलोमिटर साईकल दौडका लागि संघले साईकल सिटी पोखरासँगको सहकार्यमा रुट समेत अध्ययन गरी महानगर खेलकुद विकास समितिलाई प्रस्तुत गरिसकेको छ । पोखरामा संघकै आयोजनामा कोरोनाको प्रभाव अघि पोखरा आईभी आयोजना गरिएको थियो । स्वदेशी… पुरा पढौ

गोल्डकपको समीफाइनल समीकरण पूरा

हेटौंडा- मकवानपुर गोल्डकपको अन्तिम क्वार्टरफाइनल भिडन्तमा बिहीबार क्यामरुनले चर्च ब्वाइजलाई ४–० ले हराएको छ । चारै गोल पहिलो हाफमा भएको थियो । आठौं मिनेटमा बिल्लेको गोलमार्फत् एभिनियले अग्रता लिएको थियो । २७ मिनेटमा टिम्बा टिम्बाले अग्रता दोब्बर बनाए । उनले हाफभलीमार्फत् उत्कृष्ट गोल गरेका थिए । ३५ औं मिनेटमा चर्च ब्वाइजका गोलरक्षक किशोर गिरीलाई छक्याउ“दै एब्डेलले गोल गरे । ४० औं मिनेटमा सेमसेमको प्रहार गोलरक्षक गिरीको हातमा लाग्दै गोल भएको थियो । दोस्रो हाफमा भने चर्च ब्वाइजले सम्हालिएर खेल्दै सुधारिएको… पुरा पढौ

पुलिस अन्तिम चारमा

हेटौंडा-नेपाल पुलिस क्लब हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को सेमिफाइनल प्रवेश गरेको छ । मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध पार्दै नेपाल पुलिस सेमिफाइनल प्रवेश गरेको हो । अञ्जन बिष्ट, बिमल घर्तीमगर, सुजल श्रेष्ठ, दिनेश राजवंशी, विशाल श्रेष्ठलगायत चल्तीका खेलाडी लिएर मैदान प्रवेश गरेको मनाङलाई पुलिसले १–० गोलअन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै पुलिस अन्तिम ४ मा पुगेको हो । पुलिसको जितमा निर्णायक… पुरा पढौ

विभागीय डर्बी भिडन्तमा आर्मी सेमिफाईनलमा

हेटौंडा÷एपीएफ क्लबलाई हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लब हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा आर्मीले विभागीय डर्बी प्रतिस्पर्धामा एपीएफलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत् आर्मीले जितको नतिजा निकालिएको थियो । टाइब्रेकरमा आर्मीका लागि दीपक गुरुङ, सीमान्त थापामगर, दिनेश हेम्जन, कमलबहादुर थापा र सन्तोष केसीले गोल गर्दा एपीएफका नवीन लामा, सुदीप शिखाकार, रवि थिङ र सनिश श्रेष्ठले गोल गरे । मणिकुमार लामाको प्रहार भने आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ… पुरा पढौ