संघ

गण्डकी र पुलिसको विजयी सुरुवात

पोखरा-गण्डकी प्रदेश भलिबल क्लब र नेपाल पुलिस क्लब छैटौं आर.बि.बि, एन.भि.ए। राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष तर्फ विजयी सुरुवात गर्न सफल भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालन भएको पहिलो खेलमा गण्डकीले ३ – १ को जित निकाल्यो । गण्डकीले ढोरपाटन स्पोर्टस् क्लब माथि २५–१६, २३–२५, २५–१९, २६–२४ को जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।यस्तै आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबले पनि महत्वपूर्ण ३ अंकलाई आफ्नो खातामा राख्न सफल भयो… पुरा पढौ

एशियाली खेलकुदका लागि ब्याडमिन्टनको छनौट

काठमाडौं-चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदका लागि भएको ब्याडमिन्टनको छनौटगरिएको छ ।नेपाल ब्याडमिन्टन संघले बैशाख १५ गते देखि तीन दिन सम्म ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा गरेको छनौटबाट उच्च १० बरियता प्राप्त खेलाडीबाट पुरुष र महिला तर्फ ७, ७ खेलाडीको चयन गरेको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए । उनले कोटा निर्धारण पश्चात यहि छनौट भएका खेलाडीबाट एशियाली खेलकुदका लागि बरियताका आधारमा खेलाडी छनौट गर्ने जानकारी गराए । छनौट प्रतियोगिताबाट पुरुष तर्फ… पुरा पढौ

पोखरामा खेलाडी संघको शुभकामना

पोखरा-पोखरामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीले नयाँ वर्षको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम गर्यो । पोखरा रंगशालामा आयोजित शुभकामना कार्यक्रमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सम्बोधन गरेका थिए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी तथा पुर्ब अन्तर्राष्ट्रिय एवं राष्ट्रिय खेलाडीहरुको उपस्थिति थियो । संघका अध्यक्ष राजन पौडेलले खेलाडीको हकहितको लागि संघ जन्मिएको भन्दै खेलाडी हकहितको लागि संघले आफनो आवाजलाई सधै बुलन्द बनाई राख्ने स्पष्ट पारे । पुरा पढौ

पोखरामा यु-१९ राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण

पोखरा- पोखरामा यु -१९ राष्ट्रिय महिला क्रिकेट टिमको बन्द प्रशिक्षण शुरु भएको छ । दुईदिन अघि मात्रै पोखरा आईपुगेको टोलीले आईतबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा प्रशिक्षण शुरु गरेको छ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले प्रशिक्षण शुरु गरेका छन् । यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन टिम हो । सुदुर पश्चिममा आयोजित मुख्यमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । बन्द प्रशिक्षणमा ४४ खेलाडी सहभागि छन् ।… पुरा पढौ

संघको शाख र गरिमा जोगाउन नयाँ नेतृत्वलाई चुनौति

पोखरा-कास्की जिल्ला फुटबल संघ अधिवेशनको संघारमा छ । आगामी ७ गते अधिवेशन गर्दैै नयाँ नेतृत्व आउने निश्चित छ । नयाँ नेतृत्वलाई कास्की जिल्लाको फुटबलको विकासमा चुनौतिको पहाड चढ्नुपर्ने छ । फुटबलमा हिजो बनाएको शाख र गरिमा जोगाउनुपर्ने छ । बर्तमान कार्यसमितिले धुमिल्याएको छविलाई सङ्ल्याउनुपर्ने चुनौति उत्तिकै छ । बर्तमान कार्यसमितिमा सुशासन र पारदर्शिता नहुदाँ खराब संघ कहलिन पुगेको छ । न माईन्युट, न निर्णय नै छ । केवल एकल व्यक्तिको निर्णयले चारवर्षे कार्यकाल टुंगिन लागेको छ । कार्यसमितिका पदाधिकारी र… पुरा पढौ

साढे दुईदशकपछि जिमन्याष्टिकलाई फ्लोर म्याट, प्रशिक्षणको तयारी

पोखरा-साढे दुईदशकपछि जिमन्याष्टिकको नयाँ फ्लोर म्याट आईपुगेको छ । म्याट आइपुगेपछि जिमन्याष्टिकको आधारभूत प्रशिक्षण शुरु गराउने तयारी कास्की जिल्ला जिमन्याष्टिक संघले गरेको छ । म्याटकै अभावमा झण्डै साढे दुई दशकदेखि पोखरा रंगशालाभित्र जिमन्याष्टिकको प्रशिक्षण हुनै सकेको थिएन् । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आर्थिक सहयोगमा भारतबाट ६ इन्च मोटाईको फ्लोर म्याट आईपुगेको छ । स्थानीय तहको निर्वाचनपछि जिमन्याष्टिकको गतिविधि शुरु गराउने संघले जनाएको छ । ‘फ्लोर म्याट आएको छ । अब जिमन्याष्टिकको अधारभूत प्रशिक्षण गराउन सकिन्छ ।’ संघका अध्यक्ष… पुरा पढौ

हेमजा कास्कीको नयाँ लिग च्याम्पियन

पोखरा-हेमजा युनाईटेड कास्की जिल्ला लिग च्याम्पियन बनेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाईनलमा शितलज्योती युवा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नयाँ च्याम्पियन बनेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा सावित्री निर्माण सेवा कास्की लिगकम नकआउट फुटबल प्रतियोगितामा शितल ज्योती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै युनाईटेड क्लब च्याम्पियन बनेको हो । निर्धारित समय दुवै टोली ४–४ गोलको बराबरीमा सकिएको थियो । खेल निर्णयार्थ पेनाल्टी सुटआउटमा गरिएको थियो । खेलमा शितलज्योतीको तर्फबाट लिले गुरुङ, प्रतिक… पुरा पढौ

आठ महिना शून्यता, चार महिना व्यस्तता

धन बस्नेत,पोखरा-त्रासै त्रासको बीचमा रुमलिएको खेलकुदले यो वर्ष फड्को मार्यो । पछिल्लो चार महिना यता खेलकुदका गतिविधिले गतवर्षको कोभिड–१९ को सन्त्रासलाई ओझेलमै राख्यो । खेलकुद गतिविधिले पोखरालाई खेलकुदकै राजधानी भएको थप प्रष्ट्याईदियो । एकपछि अर्को गरी आयोजना गरिएको खेलकुद प्रतियोगिताले खेलाडीलाई पनि व्यस्त बनायो । आठ महिना शून्यता रहदाँ पुस यता खेलाडीको व्यस्तता बढ्यो । सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा ‘आईटिएफ इन्टरनेशनल यु–१८ टेनिस’ प्रतियोगिता रह्यो । कोभिडको नयाँ भेरियन्टको रुपमा देखापरेको ओमिक्रोनको त्रास बढ्दै गएको अबस्थामा कास्की जिल्ला टेनिस संघले… पुरा पढौ

कास्की बी बन्यो विजेता

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित दुईदिने एकदिवसिय क्रिकेट सिरिजमा कास्की एलाई पाँच विकेटले पराजित गर्दै कास्की बी विजेता बनेको छ । पहिलो दिन पानीले रोकिदाँ बराबरी हुन पुगेको सिरिज अन्तर्गत आईतबार कास्की बीले पाँच विकेटको जित निकाल्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित प्रतिस्पर्धामा टस जितेर व्याटिङ गरेको कास्की एले कृष्ण पौडेलको अविजित अर्धशतकीय पारीमा ८ विकेटको क्षतिमा १६९ बनायो । नवौं नम्बरमा आएका पौडेलले ५७ बलमा ६५ रनको ठोस इनिङ्स खेल्ने क्रममा अविजित रहे । उनले २ चौका… पुरा पढौ

पानीले प्रभावित हुदाँ पहिलो दिन बराबरीमा टुंगियो

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारदेखि एकदिवसीय क्रिकेट सिरिज शुरु भएको छ । एक दिनवसिय अन्तगृत दुई दिने सिरिजको पहिलो दिन पानीले रोकिदाँ कास्की ए र कास्की बीले एक एक अंक बाँडेका छन् । कास्कीको क्रिकेट विकासमा नयाँ आयाम थप्ने उद्देश्यसहित कास्की जिल्ला क्रिकेट संघले एकदिवसिय सिरिज शुरु गरेको हो । अघिल्लो सातामात्रै संघले क्लबस्तरीय शनिबारीय टी–२० क्रिकेट लिग आयोजना गरेको थियो । शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा शुरु भएको एकदिवसिय क्रिकेट अन्तर्गत कास्की ए ले टस जित्दै व्याटिङ शुरु… पुरा पढौ