संघ

सलोनी फाईनलमा

पोखरा-पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ अन्तर्गत महिला तर्फ शीष बरियताकी नेपाली खेलाडी सलोनी तामाङ फाईनल प्रवेश गरेकी छन् । शुक्रबार पोखरा रंगशाला टेनिस कोर्टमा झरीले ढिलो गरी शुरु भएको प्रतिस्पर्धामा सलोनीले भारतीय खेलाडी सोझो तर प्रतिस्पर्धात्मक जित निकाल्दै फाईनल प्रवेश गरेकी हुन् । सलोनीले भारतीय खेलाडी सुखमणि भण्डारीलाई ७-६-(४), ७-६(४) को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन् । सलोनीले भारतीय खेलाडी हेनाह नागपालसँग शनिबार प्रतिस्पर्धा गर्ने छिन् । नागपालले आफनै देशकी मेहेर मिश्रालाई ६-१,६-२ को सेटमा… पुरा पढौ

मुलपानीलाई ३ स्वर्ण

काठमाडौं-मुलपानी तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार ३ स्वर्ण जितेको छ । पहिलो दिन ५ स्पर्धाको फाइनल सम्पन्न हुँदा मुलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो । जोरपाटीस्थित इस्टपोल स्कुलमा भएको प्रतियोगिताअन्तर्गत एकल पुम्सेको यु–१६ पुरुषमा एमिलका स्वरुपराज राई र महिलामा मुलपानीकी प्रगति कुइकेल तथा १६ वर्षमाथि पुरुषमा मुलपानीका मधुसुदन सापकोटा र महिलामा मुलपानीकै हिमाला अधिकारीले स्वर्ण जिते ।गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत ग्योरोगीको पुरुष ४०–४५ केजीमा लैनचौरका स्वीकार रजकले… पुरा पढौ

गोल्डेनगेटलाई सफलता

काठमाडौं-गोल्डेनगेट ‘ए’ ले थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा गोल्डेनगेट ‘ए’ ले कीर्तिपुर ‘ए’ लाई २१–१५ ले पराजित ग¥यो । नेपाल बास्केटबल संघको सहयोगमा ललितपुर जिल्ला बास्केटबल संघले आयोजना गरेको प्रतियोगिताको अन्य खेलमा नेपाली सेना ‘ए’ ले नखिपोट ‘ए’ लाई २१–८, बूढानीलकण्ठ ‘ए’ ले युलेन्सलाई १९–१७, कीर्तिपुर ‘बी’ ले नखिपोट ‘सी’ लाई २१–६, टाइम्स ‘ए’ ले गोल्डेनगेट ‘बी’ लाई १९–१४, रोयल्सले कीर्तिपुर ‘सी’ लाई २१–६ तथा विशाल मिलन… पुरा पढौ

बास्केटबलमा २० टिम

काठमाडौं- ललितपुर जिल्ला बास्केटबल संघको आयोजनामा थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजक संघका महासचिव शरद विष्टले जनाएका छन् । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरसकृत गरिने छ । नेपाल बास्केटबल संघको सहयोगमा हुन लागेको प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुने छ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल शनिबार हुने छ । पुरा पढौ

डबल्स तर्फ नेपालीको उत्कृष्ट प्रदर्शन

पोखरा-नेपालकी महिला शीर्ष बरियताकी सलोनी तामाङले बिहीबार पोखरा रंगशाला टेनिस कोर्टमा भारतीय खेलाडीलाई पराजित गर्दै च्याम्पियन बन्ने लक्ष्यमा उभिएकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ अन्तर्गत बिहीबार तामाङले भारतीय खेलाडी तनुश्री पाण्डेलाई सोझो सेटमा पन्छाईन् । पहिलो सेटमा ६–३ले आफनो पक्षमा पारेकी उनले दोस्रो सेट ६–१ले पराजित गर्दै उपाधि यात्रामा अगाडि बढिन् । यसैगरी डबल्स तर्फ नेपाली जोडीले सफलता प्राप्त गर्ने क्रममा महिला र पुरुष दुवै टोलीले भारतीय टोलीले पराजित गरेको थियो… पुरा पढौ

नेपाली खेलाडी एकलमा पराजित हुदाँ डबल्स तर्फ सुखद नजिता

पोखरा-नेपालका उमेर समूहका शीर्ष बरियताका आरभ सम्राट हाडा पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ च्याम्पियनसिपबाट बुधबार बाहिरिएका छन् । उनी भारतीय खेलाडी हितेश चौहानसँग सोझो सेटमा पराजित हुन पुगे । बुधबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा आयोजित प्रतिस्पर्धामा हाडा चौहानसँग ६–२, ६–३ को सेटमा पराजित भए । बुधबार नेपालकै शीर्ष बरियताकी सलोनी तामाङले भने भारतीय खेलाडीलाई पराजित गर्दै अगाडि बढेकी छन् । सलोनीले भारतीय खेलाडी सोहनी सन्जय मोहन्तीलाई टाईब्रेक सेटमा पराजित गरिन् । पहिलो सेट गुमाउँदै दबावमा परेकी सलोनीले… पुरा पढौ

हाडा र सलोनीको जित

पोखरा-पोखरामा आयोजित आईटिएफ वल्र्ड टेनिस टुर जुनियर ५ मा दुई नेपाली खेलाडीले मंगलबार जित आत्मसात गरेका छन् । उमेर समूहमा शीर्ष बरियताका आरभ सम्राट हाडाले भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गर्दै जित दर्ता गरे । कास्की जिल्ला टेनिस संघको आयोजना, नेपाल टेनिस संघको सहयोग र आईटिएफको स्वीकृतिमा पोखरा रंगशाला टेनिस कोर्टमा भएको प्रतिस्पर्धामा हाडाले भारतीय खेलाडी निखिल मित्तललाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरेका थिए । पहिलो सेटमा ३–३ को अवस्थामा हाडाले सर्भिस प्वाइन्ट ब्रेक गर्दै पहिलो सेट आफनो… पुरा पढौ

मनाङमा मनाङ जिल्ला लिग फुटबल शुरु

पोखरा-अखिल नेपाल फुटबल संघ(एन्फा)को कार्यतालिका अनुसार मनाङमा मनाङ जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको छ । मनाङ फुटबल संघको आयोजना दोस्रो पटक लिग आयोजना गरिएको हो । मनाङमा कोरोना संक्रमण अघि २०७६ सालमै पहिलो पटक जिल्ला लिग आयोजना गरिएको थियो । मनाङको तिमाङस्थित फुटबल मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा हिमालयन युवा क्लबले चामे युवा समूहलाई १–० ले पराजित गर्दै लिगको सुखद शुरुवात गर्यो । खेलको २५ औं मिनेटमा कर्ण गुरुङ गोल निर्णायक हुदाँ हिमालयनले लिगमा तीन अंक जोड्यो । प्रतियोगितामा मनाङ… पुरा पढौ

गण्डकी प्रदेशको दोस्रो जित

पोखरा अर्जुन कुमालको व्याटिङ र कमल परियारको बलिङ प्रेरित गण्डकी प्रदेशले वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशले प्रदेश नं २ लाई ५५ रनले पराजित गर्दै दोस्रो जित निकाल्दा परियार प्लेयर अफ दि म्याच घोषित भए । रोशन विक र तीर्थराज दासको जोडीलाई किरण पौडेलको बलमा कमल परियारले क्याच गरेपछि साझेदारी टुटेपछि प्रदेश नं २ कमजोर बन्न पुग्यो । रोशन विक २३ रनमा पभेलियन फर्किएपछि धर्मराएको प्रदेश २ लाई… पुरा पढौ

तीन नेपाली महिला खेलाडीको सुखद शुरुवात

पोखरा-घरेलु कोर्टमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउँदै तीन नेपाली महिला खेलाडीले सुखद शुरुवात गरेका छन् । पोखरामा सोमबारदेखि शुरु भएको जुनियर ५ आईटिएफ विश्व टेनिस टुर अन्तर्गत नेपालकी शीर्ष बरियताकी अभिलाषा विष्ट, प्रकृति श्रेष्ठ र अध्या पौडेलले जित आत्मसात गर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजना, नेपाल टेनिस संघको सहयोग र विश्व टेनिस महासंघको स्वीकृतिमा पोखरा रंगशालास्थित टेनिस कोर्टमा शुरु भएको प्रतिस्पर्धामा अभिलाषा विष्टले भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गर्दै सुखद शुरुवात… पुरा पढौ