पोखरा-घरेलु कोर्टमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउँदै तीन नेपाली महिला खेलाडीले सुखद शुरुवात गरेका छन् । पोखरामा सोमबारदेखि शुरु भएको जुनियर ५ आईटिएफ विश्व टेनिस टुर अन्तर्गत नेपालकी शीर्ष बरियताकी अभिलाषा विष्ट, प्रकृति श्रेष्ठ र अध्या पौडेलले जित आत्मसात गर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजना, नेपाल टेनिस संघको सहयोग र विश्व टेनिस महासंघको स्वीकृतिमा पोखरा रंगशालास्थित टेनिस कोर्टमा शुरु भएको प्रतिस्पर्धामा अभिलाषा विष्टले भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गर्दै सुखद शुरुवात…
पुरा पढौ