पोखरा-शसस्त्र प्रहरी बलसँग निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित हुदैं नेपाल आर्मी क्लब टाईगर कप क्लब च्याम्पियनसिप भलिबलको महिला तर्फ उपाधि होडबाट बाहिरिएको छ । बिहीबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा आर्मीले उपाधि यात्रालाई कायमै राख्न शसस्त्र प्रहरीलाई सोझो सेटमा पराजित गर्नुपर्ने थियो । तर आर्मी शसस्त्रसँग प्रतिस्पर्धात्मक सेटमा पराजित हुदैं उपाधि होडबाट बाहिरिदैं क्लब च्याम्पियनसिपबाट बिदाई लिएको छ । टाईगर ग्रुप पोखराको आयोजनामा सञ्चालित प्रतियोगितामा पहिलो सेट आर्मीले आफनो पक्षमा पार्दै शसस्त्र प्रहरीमाथि दबाव सृजना गर्यो । पहिलो सेट आर्मीले…
पुरा पढौ