गण्डकी

व्यास अल्ट्रा दौडको पुरस्कार राशी बढ्यो

तनहुँ,– व्यास नगरपालिकाले आयोजना गर्ने व्यास अल्ट्रा दौड आयोजना गर्दै छ । यही माघ १६ गते शहीद दिवसको अवसरमा आयोजना दौडको पुरस्कारमा यसपाली चार हजार एक रुपैयाँका दरले ृबृद्धि गरिएको छ । विगत चार बर्षदेखि पर्यटन प्रर्बद्धनका लागि व्यासले दौड आयोजना गर्दै आएको छ । प्रथम हुने धावकले ८५ हजार ७७ रुपैयाँ प्राप्त गर्ने नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । उनका अनुसार दोस्रोले ६५ हजार ७७ रुपैयाँ, तेस्रोले ५५ हजार ७७ रुपैयाँ र सान्त्वना हुने पाँच जनाले १६ हजार ७७… पुरा पढौ

‘प्रथम एमेचुअर क्यासल कप’ माघ अन्तिम साता

पोखरा-पोखरा महानगरपालिका ४ गणेशटोलस्थित स्पोर्टस् क्यासल प्रा.लिले पहिलो संस्करणको ‘एमेचुअर क्यासल फुटसल कप –२०७७’ आयोजना गर्ने भएको छ । उदीयमान खेलाडीहरुलाई लक्षित गरी यही माघ २४ गते क्यासलको फुटसल मैदानमा एक दिने ‘फाईभ ए साईड फुटसल’ प्रतियोगिताको आयोजना निर्णय गरेको हो । स्पोर्टस् क्यासलका सञ्चालक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी समेत रहेका प्रतियोगिता संयोजक ईश्वर (चन्द्र) गुरुङले उदीयमान खेलाडीहरुलाई स्थान दिने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको बताए । उनका अनुसार व्यावसायिक रुपमा फुटबल खेल्दै आएका खेलाडीहरु सो प्रतियोगितामा सहभागी… पुरा पढौ

फागुन पहिलो साता मुख्यमन्त्री कप भलिबल

पोखरा-पोखरामा आगामी फागुनको पहिलो साता मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा पहिलो पटक मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता फागुन ४ गतेदेखि ८ गतेसम्म पोखरा रंगशाला भलिबल कोर्टमा हुने छ । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाको सहभागिता रहने छ । मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा, नवलपुर, तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाको सहभागिता रहने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए । गत वर्ष पोखरामै मुख्यमन्त्री कप… पुरा पढौ

आहा रारा गोल्डकप चैतमा गर्न समय माग

पोखरा-मोफसलकै प्रतिष्ठित गोल्डकप आहा रारा गोल्डकपको १९ औं सस्ंकरणको संघारमा छ । सहारा क्लब पोखराले १९ औं संस्करणको गोल्डकपको लागि आन्तरिक तयारी गरिरहेको छ । यद्यपी अखिल नेपाल फुटबल संघ(एन्फा)ले मिति उपलब्ध गराईसकेको छैन् । सहारा क्लबले आहा राराको १९ औं संस्करणलाई चैतको तेस्रो साता आयोजना गर्ने गरी तयारी गरिएको जनाएको छ । ‘माघमा आयोजना गर्ने योजनामा थियौं तर समय पर्याप्त नहुदाँ चैतको तेस्रो सातादेखि गर्ने योजना बनाएको छौं ’ सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले भने–‘एन्फाले मिति तोकिदिएको अवस्था… पुरा पढौ

बैशाखमा टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्ड

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ), गण्डकीले आगामी बैशाखमा टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्ड गर्ने भएको छ । कोभिडकै कारण रोकिन पुगेको अवार्डलाई खेलकुद पत्रकार मन्च गण्डकीले बैशाखमा आयोजना गर्ने निर्णय गरेको हो । निर्णयसँगै आवश्यक तयारी शुरु गरेको छ । मञ्चको सोमबार बसेको १८ औं बैठकले वर्ष २०७६ र ०७७ दुवैलाई जोडेर एकै पटक विश्व प्रेस स्वतन्त्रता दिवस अवसरमा प्रदान गरिने छ । टिभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७’ मा विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । तयारीका… पुरा पढौ

गण्डकी प्रदेशको पहिलो जित

काठमाडौं-प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको प्रतिस्पर्धामा प्रदेश नं १ लाई पराजित गर्दै गण्डकी प्रदेशले पहिलो जित आत्मसात गर्यो । १०३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी प्रदेशले ३७ ओभरमा ८ विकेट गुमाउँदै जित निकालेको थियो । ओपनर अर्जुन कुमालले ३५ रनको इनिंङ खेल्दै उत्कृष्ट शुरुवात गरे । दिपक डुम्रेले पनि ३५ रनकै योगदान दिएपछि जित सहज हुन पुग्यो । अन्तिम १ रन चाहिएको अवस्थामा गण्डकी प्रदेशले २ विकेट… पुरा पढौ

तनहुँमा यु–१४ फुटबल शुरु

पोखरा-कोरोना कहरले थलिएको खेलकुद क्षेत्र चलायमान बन्न थालेको छ । लामो समयसम्म खेलकुद गतिविधि ठप्प भइरहेको अवस्थामा दमौलीमा भने शनिबारदेखि यु–१४ फुटबल प्रतियोगिता शुरु भएको छ । तनहुँ र कास्कीका १० क्लबको सहभागिता रहेको छ ।प्रतियोगिताको नेपाल फुटबल संघ(एन्फा) तनहुँका उपाध्यक्ष रविन पौडेलले उदघाटन गर्दै फुटबलको बिकास गर्दै खेलकुद र पर्यटनलाई सँगैसँगै लैजानुपर्नेमा जोड दिए । व्यास नगरपालिकाका नगरसभा सदस्य समेत रहेका उनले लागु औषधमुक्त युवा समाज निर्माणको अभियानमा सबैले सहयोग गर्नुपर्ने बताए । रिभरसाईड युवा क्लबको आयोजनामा शुरु भएको… पुरा पढौ

पर्यटन प्रवद्र्धन गर्न तनहुँको ऋषिङमा दौड

तनहुँ- पर्यटन क्षेत्रलाई चलायमान बनाउन जिल्लाको ऋषिङ गाउँपालिकाले पहिलो पटक ऋषिङ दैडाको आयोजना गरेको छ । पुस २७ गते गाउँपालिकामा रहेका पर्यटकीय गन्तव्यको प्रर्बद्धन गर्न दौडको आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । उनका अनुसार ऋषिङ इतिहास बोेकेको थलो हो । ‘सम्भावना बोकेका तर ओझेलमा परेको गन्तव्यलाई खेलकुदको माध्यमबाट प्रवद्र्धन गर्ने अभियान शुरु गरिएको हो ।’ उनको भनाई थियो । अध्यक्ष श्रेष्ठका अनुसार खुला, स्थानीय र महिला गरी तीन विधामा दौड हुनेछ । खुलातर्फ ४० किलोमिटर दूरीमा धावकहरु उपाधिको… पुरा पढौ

गण्डकी प्रदेश सुदुर पश्चिमसँग पराजित

दाङ -प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश सुदुर पश्चिम प्रदेशसँग ५९ ले पराजित भएको छ । दाङको लमहीस्थित क्रिकेट मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा १०८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश केवल ४८ रनमा समेटिदैं पराजित हुन पुग्यो । ब्याटिङतर्फ गण्डकी प्रदेशका लागि कुनै ब्याटरले दोहोरो अंक स्कोर बोर्डमा चढाउन सकेनन् । उसका लागि सृष्टि पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित रहदै ६ रन जोडिन । बलिङमा सुदुर पश्चिमकी सुनिता लोहारले २ विकेट हात पार्दा कविता कुवँर, रितु कनौजिया र… पुरा पढौ

प्रदेश महिला क्रिकेट टोलीलाई ट्रयाक सुट र ट्राभल व्याग

पोखरा-गण्डकी प्रदेश महिला क्रिकेट टिमलाई सुर्योदय कला केन्द्र पोखराले ट्रयाक सुट हस्तान्तरण गरेको छ । पोखरा रंगशाला शनिबार बिहान आयोजित कार्यक्रममा वाईनकिङ्गका प्रोपाईटर एवं कास्कीका पूर्व राष्ट्रिय खेलाडी विरेन पुनले ट्राभल व्याग हस्तान्तरण गरे । केही दिन अघि मात्रै पूर्व खेलाडी राजकुमार छन्त्यालले दुई वटा ब्याट तथा कास्की जिल्ला क्रिकेट कोषाध्यक्ष चन्द्रकुमार गुरुङले क्रिकेट प्याड्स प्रदान गरेका थिए । ट्रयाक सुट सहयोग गर्ने रवि श्रेष्ठलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो । कप्तान शिला रेग्मीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्… पुरा पढौ