गण्डकी

फुटबल मैदान र ट्रयाक हस्तान्तरणसँगै संरचणमा चुनौति

पोखरा-पोखरा रंगशालास्थित नयाँ निर्माण गरिएको फुटबल मैदान, प्यारापिट र एथलेटिक ट्रयाक राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरणसँगै संरक्षणको चुनौति थपिएको छ । एमए कन्ट्रक्सन र ग्रेट स्पोर्टस लिमिटेड, भारत(जोईन्ट भेन्चर) कम्पनीले निर्माण पुरा गरेपछि परिषदलाई डेढ महिना अघि मात्रै हस्तान्तरण गरेको हो । हस्तान्तरणसँगै १ अर्ब २८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको रंगशालाको भौतिक पूर्वाधार संरक्षण गर्नुपर्ने दायित्व परिषदको काँधमा आएको हो । ‘परिषदललाई हस्तान्तरण भएको एक÷दुई महिना भयो’ राष्ट्रिय खेलकुद परिषदका कर्मचारीले भने–‘फाईनल विलिङपछि कम्पनीले एक वर्षसम्म हुने टुटफुटको जिम्मेवारीसँगै मर्मत… पुरा पढौ

५५ कि.मीको पन्चासे गोरेटो दौड

पोखरा-दौड आफैंमा कठिन हो । त्यसमा पनि अझ साँघुरो गोरेटेमा दौडिनु अर्को कठिनाई हो । उकाली ओराली गोरेटो दौड जति चुनौति हुन्छ त्यति नै साहसिक पनि । पोखरामा यसैमहिनाको पहिलो शनिबार पोखरा म्याराथन सकियो । पोखरा म्याराथनमा स्वदेशी तथा विदेशी धावकको उपस्थिति थियो । आगामी एक महिनापछि पोखरामै साहसिक ५५ किलोमिटरको गोरेटौ दौड हुदैं छ । गोरेटो दौड कोरोनापछिको पहिलो हो । । हराउँदै गएका पोखरा र सेरोफेरोका गाँउहरुका गोरेटो बाटोलाई प्रवद्र्धन गर्नेकाम ‘पोखरा ट्रेल रेस सिरिज’ नामक संस्थाले गर्दै… पुरा पढौ

हिसान गण्डकी फुटसलः कास्की च्याम्पिएन जेसिएको विजयी यात्रा जारी

पोखरा-हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो खेलमा फिचर बाइटर स्कुल बागलुङले सगरमाथा मावि पोखरा ए लाई ७–२ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रबेश गरेको छ । बाइटरका लागि विक्कि थापा र यमबहादुर गुरुङले दुई÷दुई गोल, यमबहादुर गुरुङ, राजिब पौडेल र टिएस सेनले एक÷एक गोल गरे । सगरमाथाका लागि आर्शिष गुरुङले दुई गोल गरे । अर्को खेलमा कास्की मोडनाइज पोखराले दि वल्ड क्यापिटलाई फराकीलो अन्तरले हरायो । कास्की मोडनाइजले वल्ड क्यापिटलाई १०–१ गोल अन्तरले हराउदै सेमिफाइनलमा… पुरा पढौ

बुधबारदेखि २३ औं सुर्य नेपाल वेष्टर्न ओपन गल्फ

पोखरा-सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारदेखि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शुरु हुदैं छ ।पार ६९ को कोर्षमा नेपालका शीर्ष बरियताका गल्फरहरुले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । हिमालयन गल्फ कोर्षमा शिवराम श्रेष्ठको कीर्तिमान छ । उनले सन २०१६ मा पार ७० को कोर्षमा त्यतिबेला ९ अण्डर खेल्दै २०१ को च्याम्पियन बनेका हुन् । पार ६९ को कोर्ष बनाएपनि अहिलेसम्म शिवराम श्रेष्ठको कीर्तिमानी ९ अण्डर भने तोड्न सकेका छैनन् । १८ होलको पार ६९ कोर्षमा तीन दिन गल्फरले उपाधिको… पुरा पढौ

रिकर्भमा बाग्लुङका दुर्गा र कास्कीकी केशरी च्याम्पियन

पोखरा-गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको रिकर्भ(७० मिटर) पुरुष तर्फको उपाधि बाग्लुङका दुर्गा घर्तीमगरले जितेका छन् । पोखरा रंगशाला आर्चरी मैदानमा भएको फाईनल प्रतिस्पर्धामा बाग्लुङका घर्तीमगरले आफनै जिल्लाका खड्गबहादुर घर्तीमगरलाई पराजित गर्दै प्रदेश च्याम्पियन बनेका हुन् । फाईनल प्रतिस्पर्धामा दुर्गाले खड्गलाई ६–० स्कोरमा पराजित गर्दै गण्डकी प्रदेश च्याम्पियन बनेका हुन् ।कास्की जिल्ला आर्चरी सघको सह—आयोजनामा पोखरा रगंशालाको आर्चरी खेल मैदानमा भएको खेलमा कास्कीमा सुमन गुरुङले पोखराका अन्तराष्ट्रिय खेलाडी असिम शेरचनलाई ६—४ को अंकमा पन्छाउँदै तेस्रो स्थानमा रहे । महिला रिकर्भमा कास्कीको बर्चस्व… पुरा पढौ

लमजुङका बस्नेत गण्डकी प्रदेश च्याम्पियन

पोखरा-१७ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनमा गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धामा लमजुङका रमजी बस्नेतले उपाधि जितेका छन् । उनले २ घण्टा ४१ मिनेट ३२ सेकेण्डको समयमा पुरा गरेका थिए । बस्नेतले नगद ५० हजार राशी प्राप्त गरे । गोखराका निरज भट्ट क्षेत्री दोस्रो स्थानमा रहे । उनले निर्धारित दुरीलाई २ घण्टा ४५ मिनेट १३ सेकेण्डमा पुरा गर्र्दै नगद ३० हजार नगदराशी प्राप्त गरे । गोरखाकै श्याम मगरातीले २ घण्टा ५० मिनेट १३ सेकेण्डमा पुरा गर्दै तेस्रोे स्थानमा रहे । उनले नगद २०… पुरा पढौ

महिला हाफ म्याराथनमा राजपुराको ह्याट्रिक

पोखरा-महिला तर्फको हाफ म्याराथनको उपाधि प्रसाईले उचाल्दै पोखरामा ह्याट्रिक गरिन् । महिला हाफ म्याराथनमा ह्याट्रिक गर्ने उनी पहिलो धाविका समेत हुन् । राजुपुराले १ घण्टा २३ मिनेट ०६ सेकेण्डको समय लगाउँदै पुरा गरिन । गतवर्षको उनको समय १ घण्टा २१ ीमनेट २६ सेकेण्डको थियो । दोस्रो स्थानमा रहेकी सशस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठले १ घण्टा २६ मिनेट २७ सेकेण्डको समय लगाईन् । नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानले १ घण्टा २६ मिनेट ४९ सेकेण्डको समयमा पुरा गर्दै तेस्रो स्थानमा रहिन् । विजेता… पुरा पढौ

१० किमी महिला/पुरुषमा एपीएफकी रावत र आर्मीका श्रेष्ठ च्याम्पियन

पोखरा-पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिला तर्फको इभेण्टको उपाधि सशस्त्र प्रहरी बलकी आशा रावतले प्राप्त गरिन् । रावतले ५० मिनेट १२.३ सेकेण्डमा पुरा गर्दै उपाधि आफनो नाममा लेखाईन् ।नेपाल पुलिसकी धाविका बृष्मा कुमालले ५० मिनेट २९.६४ सेकेण्डको समय लगाउँदै दोस्रो स्थानमा रहिन् । नेपाली सेनाकी कल्पना खड्का तेस्रो स्थानमा रहने क्रममा ५१ मिनेट ०६.७७ सेकेण्डको समय लगाएकी थिईन । उनीहरुलाई क्रमश ३०, २० र १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।पुरुष तर्फको १० किलोमिटर दौडको पुरस्कार नेपाली सेनाका धावक… पुरा पढौ

महासंघमा सेवा गर्ने क्षेत्रीको चाहना

पोखरा-उनी गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य हुन् । खेलकुदमा अगाध लगाव छ । पछिल्लो पुस्तामा उनको खेलकुदप्रतिको मोहले अरुलाई पनि प्रेरणादायी बनाईदिएको छ । राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । खारिदै गएका छन् । उनै खगेन्द्र क्षेत्री अहिले नेपाल खेलकुद महासंघ मार्फत खेलकुद क्षेत्रमा सक्रिय हुने सकल्पसहित अगाडि बढेका छन् । नेपाल कम्युष्टि पार्टीको भातृ संस्था नेपाल खेलकुद महासंघको फागुन ७ गतेदेखि ९ गतेसम्म विराटनगरमा हुन लागेको दोस्रूो महाधिवेशन मार्फत युवा तथा खेलकुदका लागि काम गर्ने जमर्कोसहित चुनावी प्रतिस्पर्धामा उत्रिने… पुरा पढौ

शनिबार १७ औं पोखरा अन्तराष्ट्रिय म्याराथन

पोखरा-नेपाली म्याराथनको इतिहासमै सर्वाधिक पुरस्कार राशीको पोखरा अन्तराष्ट्रिय म्याराथनमा २९ विदेशी धावकसहित नेपाली धावकले प्रतिस्पर्धा गर्ने छन् । बिहीबार आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालले पत्रकार सम्मेलन गर्दै म्याराथनमा १६ देशका २९ विदेशीसहित २ सय भन्दा बढी धावकले ‘पोखरा अन्तराष्ट्रिय म्याराथन’को टाईटल जित्न दौडिने छ । ‘२९जना विदेशी धावक छन् । केन्या, फ्रान्स, अमेरिका, बेलायत, भारत, अष्ट्रेलिया लगायतका देशका धावकको सहभागिता छ ।’ मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने–‘पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्मका धावकले प्रतिस्पर्धा गर्न पोखरा आएका छन् ।’ सिटी म्याराथनको अवधारणाबाट… पुरा पढौ