गण्डकी

फागुनमा प्रदेशस्तरीय हिसान फुटसल प्रतियोगिता, माघमा कास्की छनौट प्रतियोगिता हुने

पोखरा-हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनौट माघ पहिलो साता हुने भएको छ । माघ ६, ७ र ८ गते हुने कास्की छनौटमा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले आह्वान गरेको छ । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने हिसान कास्कीका अध्यक्ष यामबहादुर रोकाले बताए । उनले कास्की जिल्लाबाट ८ टिम छनौट हुने जानकारी दिए । कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका… पुरा पढौ

सहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा-लुम्बिनी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत सहारा एकेडेमी पोखराद्वारा पोखरा – १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई आर्थिक सहायोग गरेको छ । बैंकले सहारा एकेडेमीका लागि २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई रकमको चेक हस्तान्तरण गरे । सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तराता दिने सञ्चालक सिग्देलले बताए… पुरा पढौ

पोखरामा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा-पोखरामा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद, गण्डकीको आयोजनामा कास्की जिल्ला व्याडमिन्टन संघको संचालन तथा व्यबस्थापनमा पोखरा रंगशालाको व्याडमिन्टन कोर्टमा उक्त प्रतियोगिता बुधबार देखि सुरु भएको संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताए । यही पुष १६ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गरे । कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेश राजधानि पोखरामा नवौं राष्ट्रिय खेलकुद सकिए पनि लगातार जसो विभिन्न खेलगतिविधिहरु भई रहेको बतए । मेयर आचार्यले अर्को बर्ष देखि उक्त प्रतियोगितालाई मेयर कपको… पुरा पढौ

भोलि गण्डकी ११ र स्पेनिस टोली बीच मैत्रीपूर्ण फुटबल

पोखरा-फुटबलको माध्यमबाट शान्तिको सन्देश दिने अभियानसहित बुधबार पोखरा रंगशालामा स्पेनिस फुटबल क्लब काथेरेन्सोसँग गण्डकी ११ ले मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्दै छ । मैत्रीपूर्ण फुटबल प्रतियोगिताको लागि काथेरेन्सोको टोली पोखरा आईपुगेको छ । लुम्बिनी गार्डेन फाउण्डेशनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहयोगमा पोखरा रंगशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने छ । जनवरी ३ मा रियल मड्रिड विरुद्ध उत्रिने तयारीमा रहेको काथेरेन्सोले नेपालमा दुईवटा मैत्रीपूर्ण फुटबल खेल्ने छ । पहिलो खेल गण्डकी ११ र दोस्रो दिन काठमाडौंमा खेल्ने छ । लुम्बिनी गार्डेन… पुरा पढौ

पोखरामा बुधबारदेखि प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता

पोखरा-नेपालका शीर्ष बरियताका व्याडमिन्टन खेलाडी बुधबारदेखि पोखरामा शुरु हुने प्रथम राष्ट्रिय खुला व्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने छन् । शीर्ष बरियतासँगै नेपालका विभिन्न जिल्लाका झण्डै ३ सय खेलाडीहरुले विभिन्न इभेण्टमा उपाधि प्रतिस्पर्धामा एरिनामा उत्रिने छन् । पुस १५ गते ल्होसारको दिन फाईनल हुने छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला व्याडमिन्टन संघको व्यवस्थापनमा आयोजना हुने प्रतियोगितामा विभिन्न १२ वटा इभेण्टमा उपाधि प्रतिस्पर्धा हुने छ । राष्ट्रिय प्रतियोगिताको लागि कास्की जिल्ला व्याडमिन्टन संघ अन्तिम तयारीमा जुटेको सोमबार आयोजित पत्रकार… पुरा पढौ

आगामी फागुन अन्तिम साता एनएफबीएफ दोस्रो मिष्टर पोखरा

पोखरा-कास्की बडिल्डिङ तथा फिटनेश एशोसिसनले आगामी फागुनको अन्तिम साता ‘एनएफबीएफ दोस्रो मिष्टर पोखरा’ आयोजना गर्ने तयारी गरेको छ । एशोसियसनले अगामी फागुन २६ र २७ गते लुम्बिनी र गण्डकी प्रदेशस्तरीय दोस्रो मिष्टर पोखरा आयोजना गर्ने निर्णय गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । संघले विभिन्न ६ वटा तौल समूहका खेलाडीहरुले ओभरअलमा प्रतिस्पर्धा गर्ने छन् । ५५ केजी, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गराईने संघका द्वितीय उपाध्यक्ष दिपक बास्तोलाले बताए । उनका अनुसार प्रत्येक तौलबाट… पुरा पढौ

धरान र सहारा १२ वर्षपछि उदघाटन खेलमा भिड्दै

पोखरा-धरान फुटबल क्लब १२ वर्षपछि पोखरामा रंगशालामा उदघाटन खेल खेल्न उत्रिदैं छ । सहारा क्लबसँग आहा रारा गोल्डकपमा यी दुईको उदघाटन प्रतिष्पर्धा दशौं आहा गोल्डकप पछि हो । २०६८ सालमा यी दुई बीच उदघाटनमा प्रतिस्पर्धा गरेका थिए । हाँ सहाराले धरानलाई १–० गोलल पराजित गरेको थियो । नवौं सँस्करणमा पनि भएको उदघाटन खेलमा सहाराले २–१ गोल अन्तरले धरानलाई पन्छाएको थियो । फुटबलको लागि धरान र पोखरा पर्याय नै हुन् । बुढासुब्बा गोल्डकपबाट प्रेरित भएको सहाराले क्याराभान गोल्डकपबाट मोफसलमा नकाउट फुटबलको… पुरा पढौ

सोमबारदेखि १९औं माछापुच्छ्रे बैंक ओपन टेनिस प्रतियोगिता

पोखरा-पोखरा रंगशाला टेनिस एरिनामा आगामी सोमबारदेखि १९ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न १२ वटा इभेण्ट्मा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगिता पुस ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने छ । पोखरा–५ पस्र्याङस्थित टेनिस कोर्टबाट २०५९ सालदेखि शुरु भएको भेट्रान्स प्रतियोगिता पोखरा रंगशालाको टेनिस कम्प्लेक्समा आईपुग्दा १९ औं वर्ष पुगेको छ । दुई वर्ष संघले टेनिस प्रतियोगिता आयोजना गरेन ।… पुरा पढौ

मेयरकप साईकल दौड, माष्टर्सको उपाधि मानन्धरलाई

पोखरा-पोखरामा आयोजित दोस्रो मेयर कप साईकल दौड प्रतियोगिता उपाधि पुरुष तर्फ हिक्मत विकले जितेका छन् । बुधबार पोखरा–२१ कमेरेबाट शुरुभएको रेस मट्टिखान हुदैं विभिन्न ठाँउ घुमेर कमेरेमै आएर टुंगिएको थियो । ५० किलोमिटरको दुरी(दुई फन्को लगाएर)लाई विकले ३ घण्टा १२ मिनेटमा पुरा गर्दै उपाधि जिते । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा साईक्लिङ संघ कास्कीको प्राविधिक सहयोग र साईकल सिटीको समन्वयमा भएको प्रतिस्पर्धामा सन्दीप सुन्धौलीले ३ घण्टा २८ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा आए । त्यसैगरी सुमित… पुरा पढौ

हिक्मत र लक्ष्मीलाई दोस्रो मेयर कप साईकल रेस उपाधि

पोखरा-दोस्रो मेयर कप साईकल रेसको पुरुष तर्फको उपाधि हिक्मत विकले जितेका छन् । महिला तर्फको प्रतिस्पर्धामा लक्ष्मी मगरले जित्न सफल भईन् । विक नवौं राष्ट्रिय खेकलुद प्रतियोगिताका रोड रेस विजेता समेत हुन् । पोखरा–२१ कमेरेबाट शुरु भएको साईकल रेस रामदी, मट्टिखान, धुवाँरकोट, ठकुरीगाँउ, कृष्ति, बाघखोर, भालुडाडाँ हुदैं कमेरेमा दुरी तय गरिएको छ । दुरी २५ किलोमिटरको छ । तय गरिएको रुटलाई दुई फन्को लगाउँदै ५० किलोमिटरको दुरी गरेका थिए । महिला र पुरुष प्रतिस्पर्धीले ५० किलोमिटरको दुरी पुरा गरेका थिए… पुरा पढौ