गण्डकी

आहा रारा पोखरा गोल्डकपको पुरस्कार राशी बृद्धि

पोखरा-मुख्य प्रायोजकले तेस्रो पटक सम्झौता नविकरण गरेसँगै सहारा क्लबले यही पुस १४ गतेदेखि पोखरा रंगशालामा खेलाउने आहा रारा गोल्डकपको २२ औं सस्करणको पुरस्कार राशीमा बृद्धि गरेको छ । मुख्य प्रायोजक रहँदै आएको हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउले दशवर्षे सम्झौता गरेसँगै क्लबले गोल्डकपको नाम समेत परिवर्तन गरेको छ । आहा रारा गोल्डकपबाट आहा रारा पोखरा गोल्डकप बनाउँदै क्लबले पुरस्कार राशी बढाएको हो । सहारा क्लबले २२ औं संस्करणको विजेतालाई १२ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । दश… पुरा पढौ

बुधबार दोस्रो मेयरकप साईकल दौड

पोखरा-वर्षेनी इन्धन आयातमा खर्बौ खर्च हुन्छ । दैनिक रुपमा इन्धन प्रयोग घटाउने प्रयास गर्नुपर्छ । बातावरणीय संरक्षणसँगै इन्धन बचाउने अभियानलाई आत्मसात गर्नुपर्छ । इन्धन विना जीवन चल्दैन् । तर विस्तारै कटौती गर्दै लैजानुपर्छ । पोखराको साईकल सिटीले अभियान नै चलाएको छ( ‘बोसो पगाल, इन्धन नबाल’ । साईकल सिटी पोखराले ‘टुर दि पोखरा’ आयोजना गर्दै छ । खास गरी साईक्लिङ टुरको अभियान फ्रान्सबाट शुरु भएको थियो । साईकल सिटीका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यका अनुसारपर्यावरण जोगाउँदै साईकल सँस्कृतिलाई बलियो बनाई पोखरालाई साईकल… पुरा पढौ

बुधबारदेखि पोखरामा प्रथम गण्डकीस्तरीय पुरुष भलिबल प्रतियोगिता

पोखरा-गण्डकी प्रदेश भलिबल संघको आयोजनामा प्रथम गण्डकीस्तरीय पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि पोखरा रंगशालामा शुरु हुदैं छ । नेपाल भलिबल संघ स्वीकृति तथा गण्डकी प्रदेश खेलकुद परिषदको समन्वयमा आयोजना हुने प्रतिस्पर्धामा गण्डकी प्रदेशका ११वटै जिल्लाको सहभागिता रहने गण्डकी प्रदेश भलिबल संघका महासचिव टहलसिंह थापामगरले जानकारी दिए । कास्की, तनहुँ, स्याङजा,बाग्लुङ, पर्वत, म्याग्दी, लमजुङ, नवलपुर, मनाङ र मुस्ताङ जिल्लाको सहभागिता रहने छ । पोखरा रंगशाला भलिबल कोर्टमा हुने प्रतिस्पर्धा बेष्ट अफ फाईभमा खेलाईने छ । प्रतियोगिताका संयोजक एवं उपाध्यक्ष रमेश रानाका अनुसार… पुरा पढौ

पुस १३ देखि पोखरामा प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता

पोखरा-पोखरामा यही पुस १३ गतेदेखि प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना हुदैं छ । कास्की जिल्ला व्याडमिन्टन संघले विभिन्न १० वटा इभेण्टमा राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ । पोखरामा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता समेत हो । प्रतियोगितामा नेपालका शीर्ष बरियता खेलाडीहरुसहित विभिन्न जिल्लाबाट सहभागिता रहने कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठले बताए । उनका अनुसार संघले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता पहिलो पटक हो । यसभन्दा अघि संघले विद्यालयस्तरीय र जिल्लास्तरीय एवं महानगरस्तरीय… पुरा पढौ

मुआथाई सेमिनारको लागि नेपाली टोली त्रिपुरा प्रस्थान

काठमाडौं-नेपाली मुआथाई टोली भारतको त्रिपुरा अग्रतलामा आयोजना हुने प्रथम दक्षिण एशियाली मुआथाई सम्मेलन सहभागि हुन प्रस्थान गरेको छ । भारतमा आगामी डिसेम्बर १५ देखि १७ गतेसम्म हुने सम्मेलनमा नेपाल मुआथाई संघका खेलाडी तथा प्रतिनिधि मंगलबार प्रस्थान गरेका हुन् । सम्मेलनमा विशेष गरी दक्षिण एशियाली मुआथाई महासंघको अधिवेशन, रेफी तथा प्रशिक्षक सेमिनार लगायत साम फाईट नाईट समेत हुने जनाइएको छ । सम्मेलनमा महासचिव सुदिप पण्डित, तुलसी थापा मगर र योगकुमार थापाले सहभागिता जनाउने संघका कार्यबहाक अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए ।… पुरा पढौ

छोम्रोङ ‘सेन्चुरी ल्होसार मेला’मा बास्केटबल, भलिबल प्रतियोतिगा

पोखरा-अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा सेन्चुरी युवा क्लबले २१ औं सेन्चुरी ल्होसार मेलामा मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, थ्री अन थ्री बास्केटबल प्रतियोगिता, ठेलो हान्ने, रस्साकस्सी लगायतका खेलकुद प्रतियोगिता आयोजना गरिने छ । तमु समुदायको पर्व ल्होसारको अवसरमा आगामी पौष १० गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गरिने क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए । उनका अनुसार मेलामा मनोरन्जनसँगै खेलकुद प्रतियोगिताले युवा पुस्तालाई आकर्षण गर्ने छ । उनले पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र… पुरा पढौ

पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय म्याराथन(एम्स) सदस्यता

पोखरा-पोखरा म्याराथनले आन्तराष्ट्रिय मान्यता प्राप्त गरेको छ । नेपालकै जेठो म्याराथन प्रतियोगिता भएपनि यसभन्दा अघि पोखरा म्याराथनले अन्तराष्ट्रिय म्याराथनको मान्यता भने पाईसकेको थिएन् । विश्वका दौड ‘वर्ल्ड रनिङ’को छाता संगठन एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)ले पोखरा म्याराथनलाई सदस्यता प्रदान गरेको छ । सदस्य प्राप्तसँगै पोखरा म्याराथन एम्सको सदस्य बनेको हो । यसअघि नेपालगन्ज म्याराथनले एम्सको सदस्यता प्राप्त गरेको थियो । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्दै आएको पोखरा म्याराथनको १७ औं संस्करण आगामी फागुन… पुरा पढौ

मेयरकप साईकल दौडको लागि खेलाडीको दर्ता शुरु

पोखरा-आगामी दुईसातापछि पोखरामा मेयरकप साईकल दौड प्रतियोगिता शुरु हुदैं छ । प्रतियोगिताको लागि खेलाडी दर्ता शुरु भईसकेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा रुट पोखरा २१ स्थित युवावर्ष आधार विद्यालय फुस्रेखोलाको पुल नजिकबाट शुरु हुने छ । पुलबाट सिधै मट्टीखान रिसोर्ट पुग्नुपर्ने छ । पुलदेखि रिसोर्टसम्म २५ किलोमिटरको दुरी छ । ईलाटई तर्फको प्रतिस्पर्धीले दुई ल्याप गर्नुपर्ने छ । भने ४० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धीलाई एक ल्याप मात्रै गर्नुपर्ने साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए । विजेतालाई… पुरा पढौ

पाँचौ अभियान भलिबल प्रतियोगिता पुषको ७ गतेदेखि

पोखरा-अभियान युवा क्लवको आयोजनामा हुने पाँचौ अभियान पुरुष भलिबल प्रतियोगिता पुषको ७, ८ र ९ गते हुने भएको छ । पोखरा ५ मालेपाटन खेलमैदानमा हुने क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिम मात्र सहभागिता रहने क्लब अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न र उदीयमान खेलाडीको प्रोत्साहन गर्न प्रतियोगितालाई नियमित गरिएको संयोजक गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले ८० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै… पुरा पढौ

नवौंका पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र संघलाई नगदसहित सम्मान

पोखरा-पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट पदक विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदले नगदसहित आईतबार सम्मान गरेको छ । गएको असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ऐतिहासिक नजिता ल्याउने क्रममा ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदक जितेको थियो । प्रतियोगितामा एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिएको छ । त्यसै टिमतर्फ स्वर्ण पदक… पुरा पढौ