गण्डकी

बागमती माथि सशस्त्रको जित

पोखरा-मध्यक्रमकी व्याटर रोमा थापाले २२ रनको महत्वपूर्ण इनिङ्स खेलेपछि सशस्त्र प्रहरी बलले मंगलबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ विकेटको जित निकालेको छ । एकसमय १७÷३ दयनीय अवस्थामा रहेको सशस्त्र प्रहरीलाई मध्यक्रममा रोमा थापा र ममता चौधरीले ३२ रनको साझेदारी निभाउँदै जितको सम्भावना बलियो बनाएका थिए । ८९ रनको लक्ष्य पछ्याएको सशस्त्रले ओपनर ज्योति पाण्डेलाई एक रनलाई गुमाउन पुग्यो । अर्की ओपनर सीता राना मगरले प्रतियोगिताकै पहिलो छक्का हिर्काउँदै १० बलमा १६ रन बनाउँदै राम्रो शुरुवात… पुरा पढौ

बागमती, आर्मी र सुदुरपश्चिमलाई एक एक स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेका छन् । उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत हुन् । नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए । महिला तर्फकै ईपीको प्रतिस्पर्धा नेपाली सेनाकी खेलाडी इन्दिरा पौडेलले स्वर्ण पदक जितेकी छन् । उनले आफनै विभागीय क्लबकी सीता… पुरा पढौ

व्यक्तिगत सेबर तर्फ बागमतीकी शिक्षालाई स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेका छन् । उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत हुन् । नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए । प्रतियोगिता ईपी,फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्ने छन् । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको… पुरा पढौ

गण्डकी प्रदेश खेलकुद सदस्य सचिव गुरुङको अवकाश

पोखरा-नवौं राष्ट्रिय खेलकुदको प्रतियोगिताको पूर्वसन्ध्यामा गण्डकी खेलकुद परिषद सदस्य सचिव विहीन बनेको छ ।२०७७ चैत १ गते नियुक्त भएका तेजबहादुर गुरुङको उमेरहदसँगै सदस्य सचिव अवकाश लिएका हुन् । उनको अवकाशसँग गण्डकी खेलकुद परिषद सचिव विहीन भएको हो । गुरुङ असोज २५ गतेदेखि ६१ वर्षको उमेर पुग्ने छन् । उमेद हदकै कारण उनी सदस्यसचिवबाट अवकाश पाएका हुन् । उनले सोमबार पत्रकार सम्मेलन गर्दै उमेदले प्रदेश खेलकुद परिषदबाट अवकाश लिएको बताए । आफनो दायित्व अनुसार जिम्मेवारी पुरा गरेको स्पष्ट पारे । तत्कालिन… पुरा पढौ

फेन्सिङ शुरु

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारदेखि फेन्सिङ शुरु भएको छ । पप्रतियोगितामादुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन् । नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । छ टोलीको १४४ जना खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्न एरिनामा छन् । ईपी(शरीरको जुनसुकै भागमा छोएपनि प्वाईन्ट आउने, तरबार(सोर्ड)को टुप्पोले छुने), फोयल(हाफ ज्याकेट लगाईन्छ जहाँ तार जडित हुन्छ, छोएपछि नम्बर आउँछ ।) र फाबेर(टाउकोदेखि कम्मरसम्म र हातको बाउलासम्म फुल ज्याकेट जुन… पुरा पढौ

मधेश विरुद्ध गण्डकीको फराकिलो जित

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार विहान बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको पुरुष ह्याण्डबलमा गण्डकीले विजयी शुरुवात गरेको छ । गण्डकी प्रदेशले मधेश प्रदेशलाई ६६–१३ को फराकिलो गोल अन्तरले पराजित गर्दै सुखद शुरुवात गरेको हो । गण्डकीको लागि चन्द्र केसीले सर्वाधिक १० गोल हिर्काए । मधेशको लागि अम्बर चौधरी थारुले ५ गोलको योगदान गरेका थिए ।ह्याण्डबल प्रतियोगिताको संघीय अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए । उनले विश्वमा खेलकुद मात्रै स्वास्थ्य प्रतिस्पर्धा हुने जिकिर गरे । प्रतियोगितामा सहभागित खेलाडीहरुलाई विजयीको शुभकामना… पुरा पढौ

गण्डकीको जित्ने धोको अधुरै,सुदुरमाथि बाग्मतीको ८ विकेटको जित

पोखरा-महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन् । आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो । मधेश प्रदेशले उदघाटन खेलमा जित आत्मसात गर्दै गण्डकी माथि सदाझैं दबाव कायमै राख्यो । शिला क्षत्रीको १० रन नै गण्डकी प्रदेशको सर्वाधिक स्कोर बन्न पुग्यो । ओपनर सृजना पौडेल र कुसुम गोदारको जोडी क्रिजमा टिक्नै सकेन् ।… पुरा पढौ

पहिलो जित निकाल्ने गण्डकी चाहना अधुरै , ४० रनले पराजित

पोखरा-घरेलु मैदानमा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन् । आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो । मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जित आत्मसात गर्दै गण्डकी माथि सदाझैं दबाव कायमै राख्यो । गण्डकीले मधेश प्रदेश विरुद्ध महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता जित निकाल्न सकेको छैन् । शिला क्षत्रीको १० रन नै गण्डकी प्रदेशको सर्वाधिक स्कोर बन्न पुग्यो । ओपनर सृजना पौडेल र कुसुम गोदारको जोडी क्रिजमा… पुरा पढौ

पहिलो जितको खोजीमा गण्डकी प्रदेश

पोखरा-आईतबारदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियागिता शुरु हुदैं छ । महिला क्रिकेटमा गण्डकी प्रदेशको इतिहास त्यही अब्बल छैन् । महिला क्रिकेटमा कमजोर देखिएको गण्डकी प्रदेशले सिनियर तर्फ राष्ट्रिय प्रतियोगितामा पहिलो जितको खोजीमा हुने छ । महिला क्रिकेटको इतिहास कोट्याउँदा गण्डकी प्रदेशले राष्ट्रिय प्रतियोगितामा जितको खुशी मनाउन सकेको छैन् । तर उमेर समूहको प्रतिस्पर्धामा भने गण्डकी प्रदेशले सुदुरपश्चिममा आयोजित यु–१९ को उपाधि जितेर फर्किएको थियो । घरेलु मैदानमा होस या अन्य क्रिकेट मैदानमा गण्डकीको प्रदर्शन लोभ लाग्दो छैन्… पुरा पढौ

१० खेलका २३ इभेण्ट रद्द

पोखरा-गण्डकी प्रदेशका बन्द प्रशिक्षणमा रहेको केही खेलका खेलाडीहरु नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा केवल दर्शक बनेर फर्किने छन् । बन्द प्रशिक्षण सकेर दशैं मनाउन घर गएका खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा दर्शक बनेर उपस्थिति जनाउने छन् । इभेण्टहरु रद्द हुदाँ प्रशिक्षण खेलाडीहरु दर्शक बनेर फर्किनुपर्ने बाध्यता राष्ट्रिय खेलकुद परिषदले सृजना गरिदिएको हो । खेलाडीहरु निराश बनेका छन् । प्राप्त सूचना अनुसार १० खेलका २३ वटा इभेण्ट रद्द गरिएको छ । झण्डै एक महिना बन्द प्रशिक्षण गरेर आफुले खेल्ने इभेण्ट रद्द हुदाँ खेलाडीमा नैराश्यता… पुरा पढौ