गण्डकी

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित

पोखरा-अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ । कोभिड– १९ को दोस्रो लहर (नयाँ भेरियन्ट)फैलिएकोसँगै म्याराथन स्थगित गरिएको आयोजक समितिले जनाएको छ । अन्नपूर्ण आरोहण दिवसको अवसर गर्ने गरी तय गरिएको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ । समितिका अध्यक्ष ललित गुरुङले तेस्रो संस्करणका कार्यक्रम गर्ने तयारी गरिएको भएपनि ती सबै कार्यक्रम स्थगित गरिएको जनाएका छन् । ‘१९ कै कारण गत वर्षको कार्यक्रम पनि स्थगित गर्नुपरेको र अहिले पनि नयाँ भेरियन्ट… पुरा पढौ

फुटबल प्रशिक्षक विल तामाङको निधन

पोखरा-फुटबलको एकेडेमी(टेर्निङ सेन्टर) खोल्ने सपना सधैंको लागि अधुरो रह्यो । हङकङबाट डेढमहिना अघि मात्रै स्वदेश फर्किएका फुटबलर एवं प्रशिक्षक विल तामाङले मंगलबार मानवचोलाबाट विश्राम लिए । स्वास्थ्यमा समस्या आएपछि गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको थियो । कोभिड संक्रमणले स्वासप्रश्वासमा समस्या भएपछि तामाङ गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको सहारा क्लब पोखराले जनाएको छ । उनकै सक्रियतामा सहारा क्लब हङकङ समेत गठन गरिएको थियो ।उनको निधनले फुटबल क्षेत्रमा अपुरणीय क्षति पुगेको छ… पुरा पढौ

प्रदेश क्रिकेट प्रशिक्षक नियुक्त गर्न क्यानले लियो अन्तर्वार्ता

पोखरा-नेपाल क्रिकेट संघले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको केही समय नवित्दै प्रदेशस्तरीय प्रशिक्षक नियुक्तको लागि अन्तर्वाता लिएको छ । पहिलो चरणमा नेपाली राष्ट्रिय टोलीको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको क्रिकेट संघले दोस्रो चरणमा प्रदेशमा क्रिकेट प्रशिक्षक नियुक्त गर्ने प्रयास स्वरुप शनिबार अन्तर्वार्ता लिएको हो । १६ जनासँग अन्तर्वार्ता लिइएको जनाएको छ । प्रशिक्षकको लागि २४ जनाले आवेदन दिएका थिए । क्रिकेट संघले प्रदेश तथा जिल्ला तहमै प्रशिक्षक नियुक्तको लागि आवेदन माग गरेको थियो । गण्डकी प्रदेश क्रिकेट प्रशिक्षकमा… पुरा पढौ

प्यारापिटको छानो छाउँदै

पोखरा-लामो समयदेखि रोकिएको पोखरा रंगशाला फुटबल मैदानको प्यारापिटको छानो छाउने काम शुरु गरिएको छ । भारतीय प्राविधिक नआउँदा लामो समयदेखि प्यारापिटको छानो छाउने काम रोकिएको थियो । भारतीय प्राविधिक आईसकेपछि छानो छाउने कामले शुरु गरिएको हो ।‘भारतीय प्राविधिक आईपुगे । प्राविधिक आएपछि छानो छाउने काम बिहीबारबाट शुरु गर्यौं ।’ भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट मेनेजर दिपक बरालले भने–‘सात जना भारतीय प्राविधिक आएका छन् ।’ उनका अनुसार भारतीय प्राविधिकलाई कामदारले सहयोगी भूमिका(हेल्पिङ ह्याण्ड्स) गर्ने छन्… पुरा पढौ

खेल मैदान निर्माणको काम धमाधम

पोखरा-आर्थिक वर्ष सकिनै लाग्दा महानगरपालिकाको खेलकुद पूर्वाधार काम धमाधम गरिएको छ । कोरोनाको दोस्रो लहरले बजार क्षेत्र लपेटिएको अवस्थामा गाउँमा भने काम धमाधम गरिएको छ । पोखरा–२० आँटीघर मौजामा पोखरा महानगरपालिकाले उचाईको खेल मैदान निर्माण शुरु गरेको छ । फुटबल मैदान सहितको अन्य पूर्वाधार बनाईने छ । त्यसको आवश्यक विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरिसकिएको छ । डिपिआर अन्तर्गत नै महानगरपालिकाले बजेट विनियोजन गरेर काम अघि बढाएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा खेल मैदानको लागि ५० लाख रुपैयाँ उपलब्ध गराइएको… पुरा पढौ

मनाङ्गेको मन्त्री पद गुम्यो

पोखरा-मन्त्रीको सपथ खाँदै यो सरकार १०/१२ दिन टिक्ने अभिव्यक्ति दिएको गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनाङ्गे)को मन्त्री पद गुमेको छ । केवल दश दिने मन्त्री बनेका उनको १० दिने कार्यकाल मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आईतबार राजीनामा दिएसँगै उनी कामचलाउ हुन पुगे । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आफु विरुद्धको अविश्वासको प्रस्ताव पारित हुने छनक पाएपछि आईतबार मुख्यन्त्रीबाट राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गर्दै तीन दिनभित्रमा नयाँ सरकार गठनको आह्वान समेत… पुरा पढौ

पार्केटिङ र फेन्सिङको लागि सम्झौता, महिना वित्यो आएन बजेट

पोखरा-गत चैतमा पोखरा रंगशालामा दुईवटा काम गर्न उपभोक्ता समितिसँग राष्ट्रिय खेलकुद परिषदले सम्झौता गर्यो । चैतको १२ गते रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न सम्झौता भयो । चैत २३ गते पोखरा रंगशालाभित्रकै क्रिकेट मैदान संरक्षण गर्ने उद्देश्यसहित तारजाली(फेन्सिङ) लगाउन उपभोक्ता समितिसँग सम्झौता गरियो । दुवै सम्झौता गरिएको महिना दिन वित्यो । उपभोक्ता समितिले बैंकमा खाता खोले । अस्थायी लेखा नम्बर(पान) समेत लिए । तर राष्ट्रिय खेलकुद परिषदबाट सम्झौता अनुसार रकम भने खातामा आईपुगेन् । रकम खातामा नआउँदा काम अघि बढेन्… पुरा पढौ

कोरोनाले थलियो खेलकुद पूर्वाधारको काम

पोखरा-कोरोनाले पोखरा रंगशालास्थित फुटबल मैदान तथा प्यारापिट निर्माण कार्य एकवर्षदेखि थलिएको छ । काम फत्ते भएर राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरण गरिनुपर्ने समयमा एकवर्षदेखि कामको प्रगति हुनै सकेको छैन् । पछिल्लो समय कोरोनाको महामारी बढ्दै गएपछि भारतबाट आउनुपर्ने प्राविधिकहरु आउन सकेका छैनन् । यस अघि पनि विभिन्न समयमा भारतमा भएको लकडाउनकै कारण प्राविधिकहरु पोखरा आउन नसक्दा काम अघि बढ्न सकेन् । कोरोनाकालमै भौतिक पूर्वाधार निर्माणको प्रगति बढीमा ३÷४ प्रतिशत मात्रै भएको ठेकेदार कम्पनीले जनाएको छ । फुटबल मैदान र प्यारापिट निर्माणको… पुरा पढौ

कोरोनाले रोकियो प्रदेशस्तरीय आर्चरी च्याम्पियनसिप

पोखरा-कोरोनाको दोस्रो लहरसँगै आयोजनाको तयारीमा रहेको खेलकुदका प्रतियोगिता रोकिएको छन् । कास्की जिल्ला आर्चरी संघले गण्डकी प्रदेशस्तरीय पहिलो पटक आर्चरी च्याम्पियनसिपको तयारी गरेपनि कोरोनाकै कारण स्थगित गरिएको छ । संघले बैशाख १८ र १९ गते दुई दिन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेपनि कोरोनाको संक्रमण बढ्दै गएपछि स्थगित गरिएको संघका अध्यक्ष योगेन्द्र शेरचनले सुनाए । ‘प्रदेशस्तरीय र्आचरी च्याम्पियनसिप गर्ने तयारीमा थियौं । कोरोनाको संक्रमणको दोस्रो लहरले रोकिन पुग्यो ।’ उनले भने–‘दर्शक विहीन प्रतियोगिता आयोजना गर्ने योजना बनाएपनि खेलकुद समितिले स्वीकृति दिएन्… पुरा पढौ

पोखरा स्पोर्टस अवार्ड स्थगित

पोखरा-आगामी सोमबार आयोजना हुने तयारी गरिएको पोखरा स्पोर्टस अवार्ड दोस्रो पटक स्थगित हुन पुगेको छ । कोरोना भाईरसको दोस्रो लहरसँगै निषेधाज्ञा लगाइएपछि पाँचौ पोखरा स्पोर्ट्स अवार्ड स्थगित गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । गत वर्षपनि चैतमा आयोजना गर्ने तयारी गरिरहँदा कोरोना भाईरसकै कारण लकडाउन भएपछि स्थगित गरिएको थियो । मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीका अनुसार नयाँ भेरियन्टको संक्रमण फैलिरहँदा स्वास्थ्यप्रतिको गम्भीरतालाई ध्यानमा राख्दै अवार्ड अर्को सूचना नभईन्जेलसम्म स्थगित गरिएको छ । मञ्चले खेल पत्रकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित… पुरा पढौ