प्रदेश

खेलकुद निकायको ध्यान नपुग्दा चारवर्षदेखि थलियो कभर्ड हल

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चासँगै पूर्वाधार निर्माण र मर्मत सम्भारको आवाज उठिरहँदा लेखनाथ भण्डारढीक रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमाथि भने कसैको आखाँ पर्न सकेको छैन् । स्थानीय तह, प्रदेश खेलकुद र राष्ट्रिय खेलकुद परिषदले कभर्ड हल निर्माण पुरा गर्ने तर्फ चासो नदिदाँ निर्माणकै चरणबाट अगाडि बढ्न सकेको छैन् । फुटबल मैदान भन्दा उत्तर तर्फ रहेको कभर्ड हलमा चारवटा व्याडमिन्टन कोर्ट अटाउँछ । ढलाने पिलर ढडिएको छ । पिलरको रड खिया लाएको छ । तत्कालिन लेखनाथ नगरपालिकाको गौरवको योजना भएपनि अहिलेसम्म पुरा… पुरा पढौ

खुमलटार भेट्रान र विजयी युथ हेटौंडाको विजयी सुरुआत

काठमाडौं- मेयर कप भेट्रान फुटलब प्रतियोगिता अन्तर्गत आएको भएको खेलमा एफई खुमलटार भेट्रान र विजय युथ क्लब हेटौंडा भेट्रानले जित निकालेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा खुमलटारले ललितपुर वडा नं १४ लाई पराजित गर्दा अर्को खेलमा विजय युथ हेटौंडाले काभ्रे भेट्रान क्लबलाई हराएको हो । खुमलटारले ललितपुरलाई ४–१ हराउँदा अर्को खेलमा हेटौंडाले काभ्रेमाथि ३–० को सहज जित निकालेका हो । मलटारलाई स्पष्ट तीन अंक दिलाउन दुई गोल गरेको खुमलटारका जुमानु राई म्यान अफ दि… पुरा पढौ

भेट्रान्स मेयरकपमा सहभागि पोखरेली टिमलाई बरपिपलको जर्सी सहयोग

पोखरा- मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि हुने पखरा–११ भेट्रान्स टिमलाई बरपिपल रिसोर्टले जर्सी सहयोग गरेको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा काठमाडौँमा हुन लागेको लिगका लागि पोखरा महानगरको भेट्रान्स टिमलाई बरपिपल रिसोर्टले २० थान जर्सी सहयोग गरेको हो । आइतबार पोखरा रंगशाला फुटबल मैदानमा रिसोर्टका संचालक जितु गुरुङले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई जर्सी हस्तान्तरण गरेका हुन् । असोज ६ गतेदेखि १६ गतेसम्म संचालन हुन लागेको लिगमा १६ खेलाडी सहित पोखरा भेट्रान्सले सहभागिता जनाउन लागेको टिम संयोजक… पुरा पढौ

मनीष र रोनिशा पहिलो

काठमाडौं- मनीष खरेल र रोनिशा महर्जन प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । सिंगल्सको पुरुषमा मनीष तथा महिलामा रोनिशाले स्वर्ण जितेका हुन् ।पुरुषमा आरिस महर्जन दोश्रो तथा सुमन शाक्य र जयराम महर्जन तेश्रो भए । महिलामा मनीता सुनुवार दोश्रो तथा सनी अवाले र सुरम्या शाक्य तेश्रो भए । गोड स्पिन टेबलटेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल ६० वर्षमाथि भेट्रानमा जगदिश्वर जोशीले स्वर्ण, उदयमोहन श्रेष्ठले रजत तथा रोशन प्रधान र खगेन्द्र ढकालले कांस्य जिते । ४० वर्षमाथि जयराम… पुरा पढौ

अक्स स्ट्रेन्थकी वानु महिला पावरलिफ्टिङ च्याम्पियन

पोखरा-अक्स स्ट्रेन्थ जिम काठमाडौंकी नेहा बानु महिला पावरलिफ्टिङ च्याम्पियन बनेकी छन् । शनिबार पोखरामा आयोजित प्रतियोगितामा ६० केजी तौल समूहको प्रतिस्पर्धामा ३४१ केजी उठाँएदै वानु च्याम्पियन बनिन् । गोर्खा क्लासिकको आयोजनामा पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा वानुले आफनो तौलको ५.७ गुण तौल उठाँउदै च्याम्पियन बनेकी हुन् । च्याम्पियन बनेकी वानुले १ लाख ५ हजार रुपैयाँ प्राप्त गरिन् । उनले स्क्वाड तर्फ १२८ केजी, बेन्च प्रेसमा ७० केजी र डेडलिफ्टमा १४३ केजी भार उठाईन् । आफनो तौल समूहमा प्रथम… पुरा पढौ

प्रदेश सरकारको दोहोरियो प्रतिबद्धता, तटबन्धको लागि आएन बजेट

पोखरा-छेवैमा खोला छन् । दुई खोलाको कटान वर्षेनी छ । खोलाकै दोभानमा रहेको मैदानमा फिफाको ड्रिम प्रोजेक्ट छ । कटान रोक्न तटठबन्धको लागि ठुलै बजेट चाहिन्छ । बजेट अहिलेसम्म सरकारले छुट्टाउन सकेको छैन् । गण्डकी प्रदेश सरकारले पटकपटक तटबन्धको लागि प्रतिबद्धता जनाएपछि रकम निकासा नहुदाँ ड्रिम प्रोजेक्टले सार्थकता पाउन सकस भएको छ । गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि कास्कीको माछापुच्छ्रे गाँउपालिकाको भेडाबारीस्थित निर्माण गरिने भनिएको एन्फा टेक्निकल सेन्टरको अवलोकन गरेका थिए । अवलोकनकै क्रममा तटबन्धको लागि गण्डकी… पुरा पढौ

चौथो अभियान भलिबल कात्तिक ११ गतेदेखि, १२ टिमको सहभागिता

पोखरा-अभियान युवा क्लवको आयोजनामा हुने चौथो अभियान भलिबल प्रतियोगिता कात्तिकको ११, १२ र १३ गते हुने भएको छ । संघ संस्था तथा क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिमले सहभागिता जनाउनेछन् । जसमा सशस्त्र प्रहरी बल कालिका गण, कृस्ती युवा मिलन मञ्च, शान्त भलिबल ट्रेनिङ सेन्टर भकुण्डे, नव सृजनशिल युवा क्लब पुरन्चौर, बियन्का कृषि फर्म तथा पशुपालन मझेरीपाटन, मालेपाटन भलिबल ट्रेनिङ सेन्टर, मट्टीखान युवा क्लव, खुँदी डाँडा युवा क्लब, जागृति युवा क्लव सराङकोट पँदेली, बाराही मावि मालेपाटन, पोखरा टप्स एजुकेशन… पुरा पढौ

‘पोखरा रंगशाला संरक्षणसँगै भोगाधिकार प्रदेशलाई दिनुपर्छ’

पोखरा-कास्की जिल्लामा खेलकुदका धेरै पूर्वाधार थपिएको छन् । पोखरा रंगशालाभित्रै राष्ट्रिय खेलकुद परिषदले अर्बौ लगानी गरेको छ । संघहरुले पनि पूर्वाधार निर्माण गरेका छन् । कतिपय पूर्वाधार संघ र परिषद बीच साझेदारीमा बनेका छन् । पोखरा रंगशालाभित्र फुटबल मैदानसहित प्यारापिट निर्माणको क्रममै छ । १ अर्ब २८ करोडको लागत छ । चार वर्ष अघि देशकै ठूलो बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिएको छ । झण्डै १६ करोड लागतमा बनाईएको हो । त्यो बाहेक पोखरा–१९ लामाचौरमा राष्ट्रिय खेलकुद परिषद मार्फत फुटबल मैदान… पुरा पढौ

गणेशमान सिंह राष्ट्रिय टेनिस ९ गते देखि

काठमाडौं-नेपाली राजनीतिका लौह पुरुष वीर गणेशमान सिंहको स्मृतीमा गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटिले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक ९ देखि १६ गते सम्म आयोजना गर्ने भएको छ । वीर गणेशमानको आदर्श, मुल्य, मान्यता र समग्र जीवन सन्देशलाई खेलकुद मार्फत नयाँ पुस्ता सम्म पु¥याउँदै विभिन्न खेलहरुको आयोजना गर्ने उद्धेश्य अनुरुप टेनिस पनि आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस अघि एथलेटिक्स र बक्सिङ्ग आयोजना गर्दै आईरहेकोमा यस पटक टेनिसलाई पनि समावेश गरिएको पत्रकार… पुरा पढौ

बिदाई कार्यक्रममा खेलाडी अनुपस्थित

काठमाडौं- नेपाल लोकतान्त्रीक खेलकुद संघ, बागमती प्रदेशले सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईवा बिश्व बक्सिङ्ग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई बिहिबार खेल पोशाक सहित बिदाई गर्ने कार्यक्रम तय गरेको थियो । त्यसका लागि संघले नेपाल बक्सिङ्गलाई पत्राचार समेत गरिएकोमा अन्तमा खेलाडीहरुको उपस्थिति भने रहेन । खेलाडी अनुपस्थित रहेता पनि लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङ्गले खेलाडीहरुलाई लोकतान्त्रीक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको र खेलाडीहरुको हक अधिकारका लागि सदा अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ… पुरा पढौ