पोखरा-दुईवर्षपछि पोखराको टेनिस कोर्टमा विदेशी युवा खेलाडी प्रतिस्पर्धाको लागि उत्रिदैं छन् । नोभेम्बरकै आगामी २९ तारिखमा पोखरा रंगशालाको ६ वटै कोर्ट व्यस्त रहने छ । कास्की जिल्ला टेनिस संघको आयोजना र व्यवस्थापनमा नेपाल टेनिस संघको सहयोगमा नोभेम्बर २९ तारिखमा नेपाल आईटिएफ जुनियर(यु–१८) च्याम्पियनसिप हुदैं छ । पहिलो साता सर्किट १ को प्रतिस्पर्धा हुने छ । सर्किट १ सकिए लगत्तै सर्किट २को प्रतिस्पर्धा शुरु हुने छ ।पोखराको कोर्टमा प्रतिस्पर्धा गर्न नेपालसहित भारत,अमेरिका, जर्मन, स्पेन, चीन, थाईल्याण्ड, फिलिपिन्स, मलेसिया, हङकङ लगायत देशका…
पुरा पढौ