प्रदेश

पूर्व राष्ट्रिय हक्की खेलाडी कर्माचार्यको निधन

पोखरा-पोखराको खेलकुद क्षेत्रले फेरी एउटा राष्ट्रिय खेलाडीलाई गुमाएको छ । केही दिनअघि मात्रै फुटबलका प्रशिक्षक विल तामाङलाई गुमाएको पोखराको खेलकुद क्षेत्रले बिहीबार अर्को खेलाडीलाई गुमाएको छ । बिहीबार विहान हक्कीका राष्ट्रिय खेलाडी रमेश कर्माचार्यको निधन भएको हो । उनको निधनले कास्की जिल्ला हक्की संघ स्तब्ध बनेको छ । २०४४ सालमा हेटौडामा आयोजित दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा गण्डकी अञ्चल उपविजेता बनेको थियो । उपविजेता बनेको गण्डकी अञ्चलको हक्की टोलीमा कर्माचार्य महत्वपूर्ण खेलाडी थिए । उनले हक्कीखेललाई लामो समय दिन सकेनन् ।… पुरा पढौ

स्वीमिङ पुल र सुटिङ रेन्जलाई बजेट छुट्टिदैं फिर्ता हुदैं

पोखरा-तीन वर्ष वित्यो । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिए लगत्तै बजेट विनियोजन गरियो । नेपालगन्जबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि झण्डा पोखरा ल्याईयो । त्यसपछि खेलकुद पूर्वाधार निर्माणको लागि बजेट बनाईयो । पूर्वाधारलाई बनाईएको बजेट अनुसार मन्त्रालयबाट छुट्टाईयो । तर बजेट लगातार फ्रिज हुदैं आएको छ । पूर्वाधारको योजना अघि सारेपनि काम भने ठप्पै छ । तयारी नवौंलाई थियो । नवौंको लागि पोखरामा अत्यावश्यक पूर्वाधार स्वीमिङ पुल र सुटिङ रेन्जको छ । २०७५ सालमा नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता… पुरा पढौ

इखाछें आईसोलेसनलाई अम्पायर समूहको सहयोग

ललितपुर- ललितपुरस्थित इखाछें आईसोलेसन वार्डको लागि नेपाल ब्याडमिन्टन अम्पायर समूहको तर्फबाट स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । उन्नति फाउण्डेशनको सहयोगमा अम्पायर समूहले वार्डमा खटिने ब्यक्ति तथा संक्रमितका लागि ५० पिसको ४० बक्स सर्जिकल मास्क प्रदान गरेको हो । मास्क समूहका सदस्य द्वय अन्तराष्ट्रिय अम्पायर सुमित शाक्य र राष्ट्रिय अम्पायर राजु देउजाले आईसोलेसन वार्डकी स्वास्थ्य स्वयंसेविका कृती शाक्यलाई प्रदान गरे । अघिल्लो बर्ष कोभिडको प्रकोप बृद्धि हुन थाले पश्चात समूदायलार्य संक्रमणबाट जोगाउन समूदायस्तरबाट संचालनमा आएकोकोभिड १९ को प्रकोपमा बृद्धिका कारण विभिन्न… पुरा पढौ

महानगर खेलकुद विकास समिति अध्यक्षमा गोदार

पोखरा-पोखराको खेलकुद क्षेत्रमा लामो समय विताएका प्रशिक्षक दिपकबहादुर गोदार पोखरा महानगरपालिका खेलकुद विकास समितिको अध्यक्षमा चयन भएका छन् ।साढे दुई दशक खेलकुद क्षेत्रमा विताएका गोदारलाई आज बुधबार महानगरको खेलकुद विकास समितिको अध्यक्षमा मनोनयन गरिएको हो । कार्यकाल तीन वर्षको हुने छ । क्योकुशिन कराँतेबाट आफनो खेलकुद करियर शुरु गरेको गोदार अहिले मुआथाई किक बक्सिङका नेपालका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा नेपाली खेलाडीले मकाउ, थाईल्याण्ड, कोरिया,टर्की लगायतका देशमा अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा उत्रिसकेका छन् । उनले आफैंले पोखरा रंगशालाभित्र कराँते तथा… पुरा पढौ

प्रदेश युवा तथा खेलकुद मन्त्रीमा दोहोरिए मनाङ्गे

पोखरा-विस्तार गरिएको गण्डकी प्रदेशको मन्त्री मण्डलमा स्वतन्त्र रहेको राजीव गुरुङं(दिपक मनाङ्गे) मन्त्रीको रुपमा सामेल भएका छन् । बुधबार विस्तार गरिएको मन्त्री मण्डलमा मनाङ्गेले दोस्रो पटक मन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । यद्यपी उनी काठमाडौं रहेकोले पनि सपथ भने लिन पाएनन् । विस्तार गरिएको मन्त्रीमण्डलमा पुरानै अनुहार छन् । पुरानै अनुहारलाई दोहोर्याउने क्रममा मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । गत बैशाख १६ गते मन्त्री बनेका उनी २६ गते भने मन्त्रीपदबाट मुक्त भएका थिए । प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध… पुरा पढौ

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित

पोखरा-अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ । कोभिड– १९ को दोस्रो लहर (नयाँ भेरियन्ट)फैलिएकोसँगै म्याराथन स्थगित गरिएको आयोजक समितिले जनाएको छ । अन्नपूर्ण आरोहण दिवसको अवसर गर्ने गरी तय गरिएको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ । समितिका अध्यक्ष ललित गुरुङले तेस्रो संस्करणका कार्यक्रम गर्ने तयारी गरिएको भएपनि ती सबै कार्यक्रम स्थगित गरिएको जनाएका छन् । ‘१९ कै कारण गत वर्षको कार्यक्रम पनि स्थगित गर्नुपरेको र अहिले पनि नयाँ भेरियन्ट… पुरा पढौ

फुटबल प्रशिक्षक विल तामाङको निधन

पोखरा-फुटबलको एकेडेमी(टेर्निङ सेन्टर) खोल्ने सपना सधैंको लागि अधुरो रह्यो । हङकङबाट डेढमहिना अघि मात्रै स्वदेश फर्किएका फुटबलर एवं प्रशिक्षक विल तामाङले मंगलबार मानवचोलाबाट विश्राम लिए । स्वास्थ्यमा समस्या आएपछि गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको थियो । कोभिड संक्रमणले स्वासप्रश्वासमा समस्या भएपछि तामाङ गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको सहारा क्लब पोखराले जनाएको छ । उनकै सक्रियतामा सहारा क्लब हङकङ समेत गठन गरिएको थियो ।उनको निधनले फुटबल क्षेत्रमा अपुरणीय क्षति पुगेको छ… पुरा पढौ

खेलकुद महासंघको सहयोग

पोखरा-नेपाल खेलकुद महासंघले कोभिड १९ बिरुद्धको राष्ट्रिय अभियानलाई जारी राखेको छ । सोहि अभियान अन्तरगत अघिल्लो मोर्चामा खटिने बिशेष गरि सुरक्षा निकायलाई मध्यनजर राख्दै महासंघका केन्द्रिय स्थाई कमिटि सदस्य सुरेश कार्कीको नेतृत्वमा सुनसरी जिल्लाको विभिन्न ६ ठाउँमा रहेका प्रहरीको संस्थालाई स्वास्थ्य सामाग्री मास्क, सेनेटाईजर, सावुन, फेससिल्ड प्रधान गरेको हो । खेलकुद महासंघले कोभिड नो भिड भन्ने नाराका साथ देशका ७७ जिल्लामा स्वास्थ्य सामाग्री बितरण गर्ने कार्यक्रम रहेको छ । यसै क्रममा स्थाई कमिटि सदस्य कार्कीको नेतृत्वमा सुनसरी जिल्ला संयोजक पुष्प… पुरा पढौ

क्योकुशिन कराँतेका प्रशिक्षक बैजनाथ यादवको निधन

पोखरा-नेपाल लोकतान्त्रिक खेलकुद संघले संघका केन्द्रिय सदस्य, २ नं. प्रदेश संयोजक, क्योकुसिनका अन्तराष्ट्रिय खेलाडी, नेपाल क्योकुसिनकान कराते संघ २ नं. प्रदेश अध्यक्ष एवं प्रदेश प्रमुख प्रशिक्षक बैजनाथबाबा यादवको निधन भएको छ । जनकपुर निवासी यादवको हिजो राती कोभिडका कारण बीर अस्पताल काठमाण्डौमा उपचारका क्रममा निधन भएको हो । स्व. यादव ९ दिन देखि बीर अस्पतालमा उपचाररत थिए । स्व. यादवको श्रीमती र एक छोरा रहेका छन् । नेपालमा देखिएको कोभिडको महामारीको कारण नेपाली प्रजातन्त्रका होनहार युवा योद्धा, नेपाली खेलकुदको नेतृत्व,… पुरा पढौ

प्रदेश क्रिकेट प्रशिक्षक नियुक्त गर्न क्यानले लियो अन्तर्वार्ता

पोखरा-नेपाल क्रिकेट संघले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको केही समय नवित्दै प्रदेशस्तरीय प्रशिक्षक नियुक्तको लागि अन्तर्वाता लिएको छ । पहिलो चरणमा नेपाली राष्ट्रिय टोलीको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको क्रिकेट संघले दोस्रो चरणमा प्रदेशमा क्रिकेट प्रशिक्षक नियुक्त गर्ने प्रयास स्वरुप शनिबार अन्तर्वार्ता लिएको हो । १६ जनासँग अन्तर्वार्ता लिइएको जनाएको छ । प्रशिक्षकको लागि २४ जनाले आवेदन दिएका थिए । क्रिकेट संघले प्रदेश तथा जिल्ला तहमै प्रशिक्षक नियुक्तको लागि आवेदन माग गरेको थियो । गण्डकी प्रदेश क्रिकेट प्रशिक्षकमा… पुरा पढौ