प्रदेश

शनिबार विभागीय डर्बीमा उपाधि प्रतिस्पर्धा

काठमाडौ- बागमती प्रदेशमाथि ९४ रनको शानदार जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आर्मीले राष्ट्रिय खेलाडीले भरिपूर्ण बगमती प्रदेशमाथि जित निकाल्दै विभागीय क्लब एपिएफसँगको भेट पक्का गरेको हो । उपाधिकालागि यी दुई टोली शनिबार प्रतिस्पर्धा गर्नेछन् । आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले ४०.२ ओभरमा सबै विकेट गुमाएर मात्र… पुरा पढौ

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी र वाग्मती प्रदेश दोस्रो सेमिफाइनल खेल खेल्दै

काठमाण्डाैं, माघ १५ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । खेल कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे हुने छ । आजको विजेताले फाइनलमा एपीफसँग खेल्ने छन् । वाग्मती समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने, आर्मी समूह ‘ए’ को उपविजेता हो । फाइनल खेल शनिबार हुनेछ । हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफ फाइनलमा पुगेको छ  ।   पुरा पढौ

आर्मी एपीएफसँग पराजित

काठमाडौं-त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले तेस्रो खेलमा स्पष्ट जित निकाल्दा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिका स्याङसँग बराबरीमा रोकिएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा भएको खेलमा एपिएफले लगातारका तीन खेलमा स्पष्ट जित निकालेको हो । यस्तै अर्को खेलमा पुलिसले मोफसलको वालिङसँग १–१ को बराबरी खेलेको हो ।- एपिएफले स्पष्ट तेस्रो खेलमा जित निकाल्दा पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । एपिएफका लागि अञ्जली योनजन र सरुलिम्बुले पहिलो हाफमा गोल गरेका… पुरा पढौ

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ

धनगढी-धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको माया मेट्रो हस्पिटलले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आईकन पुरुष विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गरेको हो । स्पोर्टस अवार्डमा दिइने ९ वटा विधा मध्येको सुदूरपश्चिम आईकन पुरुष अवार्डको नाम माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष अवार्ड हुने छ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावद र नेपाल खेलकुद पत्रकार मञ्च… पुरा पढौ

सेमिफाइनल समिकरण पूरा

काडमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबार कै अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । मूलपानी क्रिकेट मैदानमा पुलिस प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ‘बी’ उपविजेता बन्दै अन्तिम चारमा प्रववेश गरेको हो । प्रदेश–२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८… पुरा पढौ

चन्द्रपुर नगरपालिकाको पहिलो जित

काठमाडौं-चन्द्रपुर नगरपालिका रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ अन्तरले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । चन्द्रपुरको जितमा सविता राना मगरले ह्याट्रिक गर्दा रजनी थोकरले दुई, दिल कुमारी राना मगर र सनिता भोलाले एक–एक गोल गरे । चौदण्डीगढीकी अञ्जन थुलुङले एक गोल फर्कान् । पुरा पढौ

पोखरामा महिला तथा पुरुष क्लब च्याम्पिनसिप भलिबल

पोखरा-टाईगर ग्रुप पोखराले माघ २७ गतेदेखि पोखरा रंगशालामा टाईगर ग्रुप कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पिनयसिप भलिबल प्रतियोगिता आयोजन गर्ने उदघोष गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै लिगकम नकाउट साथै बेष्ट अफ फाईभको आधारमा महिला र पुरुषको एकैसाथ क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले बताए । महिला तर्फ तीन विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र न्यु डायमण्ड एकेडेमी काठमाडौंले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । अध्यक्ष शर्माका… पुरा पढौ

महिला राष्ट्रिय लिगः चौदण्डीगढी VS चन्द्रपुर (लाईभ भिडियो)

काठमाडौं । महिला राष्ट्रिय लिगमा अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै छ । यस अघिका खेलमा पराजय भोगेका टोलीद्वय चौदण्डीगढी र चन्द्रपुर जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् । दुबै टोलीको समूह तालिकामा अंक विहिन छन् । चौदण्डी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६–० ले पराजित भएको थियो । यस्तै पहिलो खेलमा चन्द्रपुर पनि एपीएफ क्लबसँग ६–० ले पराजित भएको थियो । पुरा पढौ

सुदूरपश्चिमको सान्त्वना जित

काठमाडौं प्रदेश–२ माथि ३ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्तोवना जित निकालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको त्रिवि मैदानमा प्रदेश–२ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूर पश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर भेटाउँदै प्रतियोगितामा सान्तोवना जित निकालेको हो । यस अघि सम्पन्न तीन खेल मध्ये तीन खेलमा नतिजा सुम्पिएको थियो एक खेल अगावै बाहिरिएको सुदूर पश्चिमसँगै पराजित प्रदेश २ पनि प्रतियोगिताबाट बाहिरिएको छ । तीन खेल खेलेको प्रदेश २ ले… पुरा पढौ

नवीन र आयशा सम्मानित

काठमाडौं-सुमेरु ग्रुपको सहयोगमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले पल्सर स्पोर्ट्स अवार्ड– २०७६ अन्तर्गत वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड विजेता नवीनकुमार श्रेष्ठ र स्पेसल अवार्ड विजेता आयशा शाक्यलाई सम्मान गरेको छ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ तामाङको स्वागतमा आयोजित कार्यक्रम दुवैलाई सम्मान गरिएको हो । बागमती प्रदेशका अध्यक्ष केशव पुरीले खेलकुद मन्त्री तामाङलाई कार्यकाल सफलताका लागि शुभकामना दिदै प्रशंसा पत्र प्रदान गरे । नवीन र आयशालाई बागमती प्रदेश र सुमेरु ग्रुपले छुट्टाछुट्टै प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो… पुरा पढौ