प्रदेश

पुतलीबजार कप अन्तरपालिका भलिबल

पोखरा-पुतलीबजार नगरपालिकाको मुख्य प्रायोजनमा पुतलीबजार नगर युवा तथा खेलकुद विकास सञ्जालको आयोजनामा स्याङजामा ‘प्रथम पुतलीबजार कप अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता’ शुरु हुने छ । प्रतियोगिता आगामी फागुनको ८ गतेदेखि १३ गतेसम्म आँधीखोलाको तीरमा रहेको मालेबगर खेल मैदानमा खेलाईने सञ्जालले जनाएको छ । अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताका विजेताले दुईलाख रुपैयाँ नगदराशी पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगितामा राष्ट्रिय खेलाडीले सहभागिता जनाउन पाउने प्रतियोगिताका संयोजक… पुरा पढौ

आर्मी च्याम्पियन

काठमाडौं- एपिएफलाई ३३ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । ंकीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आर्मीले दिएको २ सय १२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा एपिएफले ४१।३ ओभर सबै विकेट गुमाएर १ सय ७८ रनमो समेटिएपछि आर्मी नयाँ च्याम्पियन बनेको हो । आर्मीले चौथो पटको प्रयासमा विजयी ट्रफी उचाल्यो । यस अघि सम्पन्न तीन संस्करण मध्ये पहिलो संस्करणमा संयुक्त रुपमा विजयी हुँदा त्यसपछिका संस्करणमा उपविजेता बनेको थियो । दोस्रो संस्करणमा… पुरा पढौ

हेटौंडा गोल्डकप- हर्दी र दूधौली विजयी

हेटौंडा-हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएको खेलमा हर्दी युवा समाज चितवन र दूधौली स्पोर्टस् क्लब सिन्धुली विजयी भएका छन् । हेटौंडा–१० स्थित बनविज्ञान खेलमैदानमा भएको खेलमा चितवनले बीरगञ्ज युनाइटेडलाई २–० र सिन्धुलीले बीरगञ्ज युथ एकेडेमीलाई पेनाल्टी सुटआउटमा मा ४–२ गोलअन्तरले पराजित गरेको हो । विजय युथ क्लब हेटौंडाको आयोजनामा जारी प्रतियोगितामा चितवनको जितमा निरज चौधरीले सातौं मिनेटमा र सुरेश कुमालले १३ औं मिनेटमा गोल गरेका थिए । चितवनको सुरेश म्यान अफ दी म्याच घोषित भए । निर्धारित समय १–१ गोलको… पुरा पढौ

माछापुच्छ्रेमा वडास्तरीय भलिबल, एथलेटिक्स रनिङ शिल्ड

पोखरा-युवा विकास तथा खेलकुद समन्वय समितिको आयोजना एवम् माछापुच्छ्रे गाउपालिका वडा नं. ८ को समन्वयमा माछापुच्छ्रे गाउपालिका–८ ठाटी र लुम्रेमा वडाध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिता माघ २२ गतेदेखि २४ गतेसम्म हुने भएको छ। स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदको मूल भाव बोकी सञ्चालन भएको प्रतियोगिताले गाउँपालिका ८ नं. वडाका टोल र गाउका खेलाडीहरु र खेलकुदको विकासमा टेवा पु¥याउने खेलकुद संयोजक जापान गुरुङले बताए। उनले मानिस शारिरीक, मानसिक, संवेज्ञात्मक र सामाजिक रुपमा स्वस्थ्य रहनको लागि खेलकुदले मुख्य भूमिका खेल्ने हुँदा खेलक्षेत्र… पुरा पढौ

गजराज जोशी कपको उपाधि वडा नं २ लाई

काठमाडौं- वडा नम्वर २ ले टोखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।टोखास्थित भुतखेल मैदानमा शुक्रबार भएको फाइनलमा वडा नम्वर ८ माथि ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । वडा नम्वर २ को जितमा दिनेश डंगोलले २ तथा सरोज श्रेष्ठले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा २ गोल भएको थियो । खेलको पहिलो मिनेटमा दिनेश डंगोलले गोल गर्दै वडा नम्वर २ लाई अग्रता दिलाएको थियो । ६७औं… पुरा पढौ

महताराले जिते व्यास अल्ट्रा दौडको उपाधि

पोखरा-त्रिभुवन आर्मी क्लबका धावक देवराज महताराले ८५ हजार नगद राशीको व्यास अल्ट्रा दौडको उपाधि जितेका छन् । उनले ४४ किलोमिटरको दौडलाई ३ घण्टा ३ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । साविक विजेता सोलुखुम्बुका सुमन कुलुङ राईलाई पछि पारे । व्यास–५ मानहुँकोटबाट व्यास–८ पुलिमराङमा पुगेर टुंगिएको दौडमा सोलुखुम्बुका सुमन कुलुङ राई दोस्रो स्थानमा रहे । सुमनले गत पुस २७ गते आयोजित ऋषिङ म्याराथनमा तेस्रो स्थानमा रहेका थिए । राईले ३ घण्टा ८ मिनेट १ सेकेण्डमा दौड पुरका गरेका… पुरा पढौ

खेलकुद पूर्वाधार निर्माणमा महानगरको सक्रियता

पोखरा-महानगरपालिकाको दुई वटा महत्वपूर्ण खेलकुदका योजना छन् । महानगरकै उचाईको फुटबल मैदान(पोखरा–२० मौजामा निर्माणाधिन फुटबल मैदान) र पोखरा–१३ मा निर्माणाधिन खेलमैदानका योजना हुन् । योजनलाई कार्यान्वयनमा लैजान महानगरपालिकाले टेण्डर आह्वान गरेर निर्माणको प्रक्रियामा अघि बढाईसकेको छ । आँटीघर मौजाको फुटबल मैदानको टेण्डर प्रक्रिया गरेर मूल्यांकनको चरणमा छ । पोखरा–१३ को खेल मैदान भने अघिल्लो आर्थिक वर्षमा टेण्डर आह्वान गरेर यसै आर्थिक वर्षदेखि काम शुरु गरिएको छ । दुवैलाई महानगरपालिकाले क्रमश ५० लाख र १ करोड रुपैयाँ छुट्टाएको थियो । ‘मौजाको… पुरा पढौ

शनिबार विभागीय डर्बीमा उपाधि प्रतिस्पर्धा

काठमाडौ- बागमती प्रदेशमाथि ९४ रनको शानदार जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आर्मीले राष्ट्रिय खेलाडीले भरिपूर्ण बगमती प्रदेशमाथि जित निकाल्दै विभागीय क्लब एपिएफसँगको भेट पक्का गरेको हो । उपाधिकालागि यी दुई टोली शनिबार प्रतिस्पर्धा गर्नेछन् । आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले ४०.२ ओभरमा सबै विकेट गुमाएर मात्र… पुरा पढौ

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी र वाग्मती प्रदेश दोस्रो सेमिफाइनल खेल खेल्दै

काठमाण्डाैं, माघ १५ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । खेल कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे हुने छ । आजको विजेताले फाइनलमा एपीफसँग खेल्ने छन् । वाग्मती समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने, आर्मी समूह ‘ए’ को उपविजेता हो । फाइनल खेल शनिबार हुनेछ । हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफ फाइनलमा पुगेको छ  ।   पुरा पढौ

आर्मी एपीएफसँग पराजित

काठमाडौं-त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले तेस्रो खेलमा स्पष्ट जित निकाल्दा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिका स्याङसँग बराबरीमा रोकिएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा भएको खेलमा एपिएफले लगातारका तीन खेलमा स्पष्ट जित निकालेको हो । यस्तै अर्को खेलमा पुलिसले मोफसलको वालिङसँग १–१ को बराबरी खेलेको हो ।- एपिएफले स्पष्ट तेस्रो खेलमा जित निकाल्दा पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । एपिएफका लागि अञ्जली योनजन र सरुलिम्बुले पहिलो हाफमा गोल गरेका… पुरा पढौ