प्रदेश

क्रिकेट मैदान स्तरोन्नति गर्न बजेट माग

पोखरा-संघीय बजेटले पोखराको क्रिकेट मैदानको स्तरोन्नतिको लागि सम्बोधन नभएपछि कास्की जिल्ला क्रिकेट संघले गण्डकी प्रदेश मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्दै क्रिकेट मैदानको लागि आवश्यक बजेट छुट्टाउन आग्रह गरेको छ । गण्डकी प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउँदै छ । प्रदेश सरकारले ल्याउने बजेटमा पोखरा रंगशाला क्रिकेट मैदानलाई स्तरोन्नति गर्न आवश्यक बजेट उपलब्ध गराउन संघले आईतबार विहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष ज्ञापनपत्र पेश गरेको छ । आगामी सन २०२७मा यु–१९ महिला क्रिकेटको विश्वकप बंगलादेशसँग सह आयोजना गर्ने तयारी… पुरा पढौ

प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङमा बागमती च्याम्पियन

पोखरा-पोखरामा आयोजित प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ८ स्वर्ण पदकको लागि भएको टिम तथा व्यक्तिगत प्रतिस्पर्धामा बागमती प्रदेशले ५ स्वर्ण पदकसहित च्याम्पियन बन्यो । गण्डकी प्रदेश दोस्रो स्थानमा रह्यो । गण्डकीले दुई स्वर्ण पदकमा चित्त बुझायो । एपीएफले एक स्वर्ण पदक जितेको छ । जुनियर मेन्स ईपीमा गण्डकीका नवराज कार्कीले स्वर्ण पदक जितेका छन् । उनले बागमती प्रदेशका अक्चेत शेरचनलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । सोही इभेण्टमा कोशी प्रदेशका सन्देश… पुरा पढौ

बस्नेतलाई लेखनाथ हाफ म्याराथनको उपाधि

पोखरा-लेखनाथ हाफ म्याराथनको उपाधि रामजी बस्नेतले जितेका छन् । २१.९८ किलोमिटरको दुरीलाई बस्नेतले १ घण्टा १३ मिनेट ३३ सेकेण्डको समयमा पुरा गर्दै पहिलो पटक आयोजित लखेनाथ हाफ म्याराथनको उपाधि जितेका हुन् । शनिबार पोखरा–२९ भण्डारढीकस्थित प्रस्तावित लेखनाथ रंगशालाबाट शुरुभएको दौड खल्याँड लेखनाथ साना तथा शहरी खानेपानी, बेगनासताल, पार्किङबाट ड्यामहुदै बेगनास बसपार्क, शिशुवा, कविशिरोमणि गेटहुदै कालीगण्डकी चोक पुग्ने छ । त्यसपछि खास्टेताल चोक, बुढीबजार सिमलमार्ग लक्ष्मीमावि हुदैं लेखनाथ चोक, डाडाँनाकबाट तालचोक, शिशुवा, नौविसे आदर्शचोक निस्केर भण्डारढीकस्थित लेखनाथ रंगशालामा पुगेर दौड टुंगिएको… पुरा पढौ

पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ शुरु

पोखरा-आज शुक्रबारदेखि पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा इन्डिभिजुअल र टिम इभेन्टमा गरी १० स्वर्ण, १० रजत र ४० कास्य गरी कुल ६० पदकका लागि प्रतिस्पर्धा हुने छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला फेन्सिङ संघको समन्वयमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिएको छ । प्रतियोगितामा दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबसहित कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश गरी ६ टिमका खेलाडीहको… पुरा पढौ

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी, प्रशिक्षकलाई ‘गण्डकी खेलकुद पदक’

पोखरा-गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडी, पशिक्षक तथा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याउने निकाय एवं व्यक्तिहरुलाई गण्डकी खेलकुद पदकबाट सम्मानित गरिने छ । आईतबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै खेलाडी तथा प्रशिक्षक एवं खेलकुदमा योगदान पुर्याउनेलाई गण्डकी खेलकुद पदकबाट सम्मानित गरिने उल्लेख गरेका छन् । विगतको नीति तथा कार्यक्रममा झैं प्रदेश सरकारले सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण… पुरा पढौ

आगामी बजेटमा खेलाडीलाई पुरस्कार व्यवस्था गर्न माग

पोखरा-ग्ण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमकै पूर्व सन्ध्यामा कास्की जिल्ला क्रिकेट संघले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र पेश गरेको छ । संघले प्रदेश सरकारको आगामी बजेट मार्फत सम्बोधन गरिदिन आग्रहसहित सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडालाई एघारवुदें ज्ञापनपत्र पेश गरेको हो । संघका अध्यक्ष सन्जयकान्त सिग्देल, क्रिकेट प्रशिक्षक जगत टमटा, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम तथा प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेनसन प्रजूसहितको टोलीले ज्ञापन पत्र पेश गरिएको हो । मागपत्रमा संघले गत वर्ष प्रदेशलाई प्रतिनिधित्व… पुरा पढौ

गण्डकी प्रदेश सरकारले आफ्नै प्रदेशका ओलम्पियनलाई भत्ता दिने

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका ओलम्पियनहरुलाई मासिक भत्ता उपलब्ध गराउने बताएका छन् । पोखरामा आयोजित ओलम्पियन पूर्नमिलन तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले मासिक भत्ता उपलब्ध गराउने उदघोष गरेका हुन् । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका सात ओलम्पियनलाई नगद ५ हजार रुपैयाँ मासिक भत्ता दिने उदघोष गरेका हुन् । भत्ता दिने घोषणा गर्ने गण्डकी प्रदेश सरकार पहिलो हो । ५६ वर्षको ओलम्पिक इतिहासमा सात जना ओलम्पियनले गण्डकी प्रदेशको प्रतिनिधित्व गरे । टिका बोगटी (एथलेटिक्स १९८८… पुरा पढौ

तेस्रो अन्नपूर्ण म्याराथनको उपाधि बुढा र भण्डारीलाई

पोखरा-तेस्रो अन्नपूर्ण म्याराथनको उपाधि नेपाल पुलिस क्लब(जुम्ला)का धिरबहादुर बुढाले जितेका छन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरीलाई ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यसैगरी नेपाल आर्मीका होमलाल श्रेष्ठ दोस्रो भए । उनले निर्धारित दुरीलाई ४ घण्टा १२ मिनेट १९ सेकेण्डमा पुरा गरेका थिए । त्यसैगरी नेपाल आर्मीकै बेदबहादुर सुनुवार तेस्रो स्थानमा आए । उनले ४ घण्टा १६ मिनेट ४८ सेकेण्डको समयमा पुरा गरेका थिए । दौड ४ हजार… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय क्रिकेटको उपाधि कास्कीलाई

पोखरा-नवलपुरलाई १८ रनले पराजित गर्दै कास्कीले पोखरामा पहिलो पटक आयोजित गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी खेलकुद खेलकुद परिषदको आयोजनामा पहिलो पटक आयोजित प्रतियोगिताको शनिबार भएको फाईनलमा नवलपुरलाई पराजित गर्दै कास्की नगद १ लाख रुपैयाँ राशीसहित च्याम्पियन बन्यो । उपविजेता रहेको नवलपुरले नगद रु ५० हजार प्राप्त गरेको छ । नवलपुरले टस जितेर व्याटिङको निम्तो दिएको कास्कीलाई आफ्नो घरेलु मैदानमा २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १४२ रन बनाएको थियो । खेलमा अभिषेक थापाले २५ बलमा… पुरा पढौ

जेठ अन्तिम शनिबार ‘लेखनाथ हाफ म्याराथन’

पोखरा-जेठको अन्तिम साता लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ प्रतियोगिता हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा एथलेटिक्स संघ कास्कीको प्राविधिक सहयोगमा जेठ २७ गते शनिबार पुरुष खुल्ला हाफ म्याराथन आयोजना गरिएको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । हाफ म्याराथनसँगै महिला तथा पुरुष १० किलोमिटर दौड हुने छ । पोखरा महानगर खेलकुद विकास समितिले विद्यालयलाई समेट्न छात्रा तथा छात्र दौड समेत समावेश गरिएको सदस्य सचिवले सुनाए । ‘हाफ म्याराथनको लागि विभागीय क्लबसँगै विभिन्न संघसंस्थालाई पत्रचार गरिसकिएको… पुरा पढौ