प्रदेश

दृष्टिविहीन महिला क्रिकेटमा प्रदेश ४ लाई सिरिजमा अग्रता

पोखरा(खेलाडी न्युज)— पोखरा रंगशालामा आयोजित प्रदेशस्तरीय महिला दृष्टिविहीन क्रिकेट प्रतियोगिताको पहिलो दिन प्रदेश नं ४ ले सात विकेटले पराजित गर्दै टी—२० को सिरिज १—० अग्रता लिएको छ । टस जितेर व्याटिङ गरेको प्रदेश नं १ ले १०८ रन बनाएको थियो । २० ओभरमा वि३ दिपेश गुरागाँईले ४ चौका र विमलार राईको ३६ रनको महत्वपूर्ण योगदान रह्यो । प्रदेश नं ४ की बलर वि१ रिता थापाले २, बी३ बलर भगवती भट्टराईले २ र वि२ भगवती अम्गाई र सरिता घिमिरेले १—१ विकेट… पुरा पढौ

पोखरामा प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता

पोखरा (खेलाडी न्युज)—नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा सोमबारदेखि प्रदेशस्तरीय महिला टी—२० क्रिकेट प्रतियोगता हुदैै छ । प्रतियोगिता पोखरा रंगशालाको क्रिकेट मैदानमा हुने छ । प्रदेश नं १ र प्रदेश नं ४ बीच टी—२० को त्रिदिवसिय सिरिज खेल्नेछन् । विजेता प्रदेशले शिल्ड तथा पदक प्राप्त गर्ने नेत्रहीन क्रिकेट संघ कास्कीका अध्यक्ष निलकण्ठ तिम्सिनाले पत्रकार सम्मेलनमा जानकारी दिए । फागुन १४ र १५ गते र समापन १६ गते कास्की नेत्रहीन संघको तालिम केन्द्र बुढीबजारमा हुने छ । प्रतियोगिताको पुर्व सन्ध्यामा प्रदेश नं… पुरा पढौ

मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा सम्मान

पोखरा(खेलाडी न्युज)— विश्वकप क्रिकेट लिग डिभिजन १ मा नेपाललाई उकाल्न महत्वपूर्ण योगदान दिएका क्रिकेटर करण केसीलाई बुधबार मदन भण्डारी स्पोर्टस एकेडेमीले नगद हस्तान्तरण गर्दै सम्मान गरेको छ । विश्वकप क्रिकेट लिग डिभिजन २ मा क्यानडा विरुद्धको अन्तिम खेलमा चमात्कारिक व्याटिङ गर्दै नेपाललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका २६ वर्षिय करणलाई नगद १५ हजारसहित सम्मान गरिएको हो । स्पोर्टस एकेडेमी प्रदेश नं ४ का इन्चार्ज राजेश गुरुङले नगद हस्तान्तरण गरे । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममै गुरुङले करणलाई… पुरा पढौ

तीन वर्षे क्रिकेट करियरमा करणको अविस्मरणीय प्रदर्शन

पोखरा(खेलाडी न्युज)— बाग्लुङबाट परिवारै सहित भारत प्रवासमा गए । त्यही क्रिकेट सिके । लामो भारत बसाईपछि पोखरा फर्किए । पोखरा फर्किएसँगै उनको क्रिकेट लत पोखरा रंगशालाबाट खारिन शुरु ग¥यो । प्रसंग चार वर्षको अघिको हो । जतिबेला उनी भर्खरै भारतबाट पोखरा आएका थिए । संयोग नै मान्नुपर्छ, पोखरामा क्रिकेटको राष्ट्रिय टोलीको क्याम्प चलिरहेको थियो । सन २०१४ को अन्त्यतिर पोखरा रंगशालामा चलेको क्याम्पमा करणले पनि ट्रायल दिए । ट्रायलमा उनी प्रशिक्षक जगत टमटाको आखाँमा परे । त्यसपछि उनको क्रिकेटको करियरले… पुरा पढौ

तनावपूर्ण खेल जित्दै मेयरकपको उपाधि वालिङलाई

बाग्लुङ (खेलाडी न्युज)—आफैंले चलाएको बल व्याकपासमा आउट गएपछि पाएको थ्रो बललाई सदुपयोग गर्दै वालिङ नगरपालिकलाले एक मिनेट वित्न पाउँदै गोल गरेपछि पोखरा लेखनाथ महानगरपालिका उपविजेतामा चिक्त बुझाउँदै फर्किएको छ । बाग्लुङको बाङ्गेचौर खेल मैदानमा फाईनलमा एक मिनेट बित्दै पोखराका डिफेन्सको सिल्ली मिष्टेकमा वालिङका सफल थापाले खाली पोष्टमा गोल गर्दै १—० को अग्रता दिलायो । जुन गोल उपाधिको लागि पर्याप्त बनिदियो । अजिजदिन मियाँले दिएको बल गोलकिपर र डिफेन्स समेत विट भईसकेको अवस्थामा सेकेण्ड बारमा अनमार्क रहेका थापाले गोल गर्दै उपाधि… पुरा पढौ

कुष्मा नगरपालिकामाथि महानगरपालिकाको फराकिलो जित,सेमिफाईनल प्रवेश

पोखरा(खेलाडी न्युज)— विसन गुरुङको ह्याट्रिक गरेपछि पोखरा लेखनाथ महानगरपालिका बाग्लुङमा सञ्चालित प्रदेश नं ४ स्तरीय मेयरकपको सेमिफाईनल प्रवेश गरेको छ । शुक्रबार बाग्लुङको बाङ्गेचौर खेलमैदानमा भएको अन्तिम क्र्वाटरफाईनलमा कुष्मा नगरपालिका पर्वतलाई ६—० को फराकिलो गोल अन्तरले पराजित गर्दै महानगरपालिका सेमिफाईनल प्रवेश गरेको हो । अब फाईनल प्रवेशको लागि महानगरपालिकाले गोर्खासँग खेल्ने छ । पहिलो हाफको २२ औं मिनेटमा महानगरपालिकाले गोलको खाता खोल्यो । विनोद गुरुङको गोलबाट शुरुवात गरेको महानगरपालिकाले पहिलो हाफमा २—०को अवस्थामा टुग्याएको थियो । दोस्रो गोल भने ३१औं… पुरा पढौ

करापुटारमा पुरुष तथा महिला भलिवल प्रतियोगिता हुने

पोखरा (खेलाडी न्युज)— महाशिवरात्री पर्वको पावन अवसरमा लमजुङको मध्यनेपाल नगरपालिकाको इशानेश्वर महादेव मन्दिर परिसरमा विगतका वर्षहरु जस्तै यस वर्ष पनि भलिवल तथा छेलो प्रतियोगिता हुने भएको छ । करापुटार क्लबको आयोजनामा आगामी फागुन १ गतेदेखि ३ गते सम्म नवौँ करापुटार खुल्ला रनिङ शिल्ड महिला तथा पुरुष भलिवल एवं छेलो प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष कमप्रसाद गुरुङले जानकारी दिए । प्रतियोगितामा सहभागि हुने टिमले फागुन १ गते बिहान ११ बजेसम्म टिम दर्ता गर्न सक्ने गुरुङको भनाई छ । टिम दर्ता गर्न… पुरा पढौ

मेयर कपको लागि महानगरपालिकाको टोलीको विदाई

पोखरा(खेलाडी न्युज)-बाग्लुङमा सञ्चालित प्रदेश नं ४ स्तरीय मेयर कप फुटबल प्रतियोगिताको लागि आज पोखरा लेखनाथ महानगरपालिकाको टिमलाई विदाई गरिएको छ । महानगरपालिकाले भोलि शुक्रबार कुष्मा नगरपालिका पर्वतसँग खेल्ने छ । पोखराबाट विशाल बस्नेत, विशाल श्रेष्ठ(गोलकिपर) छन् । राष्ट्रिय टोलीबाट समावेश भईसकेको मानबहादुर गुरुङ, लक्ष्मण जिसी, सरोज योन्जन, रमेश थापामगर, हरि गुरुङ, अन्जन देवकोटा(डिफेन्स) छन् । त्यस्तै उत्तम गुरुङ, विशन गुरुङ, टंक गुरुङ, त्रिदेव गुरुङ, शुशिल लामा(मिडफिल्ड)मा खेल्ने छन् । अनिल गुरुङ र बेलप्रसाद गुरुङ(स्ट्राइकर)को भूमिका छन् । सन्दिप पौडेल, सुशान… पुरा पढौ

प्रथम प्रदेश नम्बर ४ स्तरीय मेयर कप शुरु, बाग्लुङको पालुङटार विजयी

बागलुङ,(खेलाडी न्युज)- बाग्लुङ नगरपालिकाको आयोजना तथा बाग्लुङ जिल्ला फुटबल संघको व्यवस्थापनमा आजदेखि बाग्लुङको बाङ्गेचौर खेल मैदानमा प्रदेश नं ४ स्तरीय मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । आयोजक बाग्लुङको पालुङटार नगरपालिकालाई पेनाल्टी सुट आउटमा ४—३ गोल पराजित गर्दै क्र्वाटरफाईनल सुरक्षित गरेको छ । निर्धारित समयमा २–२ गोलमा टुगिएको खेल अतिरिक्त समयमा समेत दुबैले समान एक एक गोल गरे । तर निर्णय भने पेनाल्टी सुटआउटमा हुन पुग्यो । पेनाल्टीमा बागलुङका युगेस थापा, निसान थापा, कमल थापा र प्रमेश थापाले गोल गरेका थिए… पुरा पढौ

मेयर कपको लागि पोखरा लेखनाथ महानगरपालिकाको टिम छनोट

पोखरा(खेलाडी न्युज)- बाग्लुङमा आजदेखि प्रदेश नं ४ स्तरीय मेयरकप फुटबल प्रतियोगिता शुरु भएको छ । बाग्लुङको गल्कोट नगरपालिका र कुष्मा नगरपालिका पर्वत बीचको विजेतासँग पोखरा लेखनाथ महानगरपालिकाले १९ गते क्र्वाटरफाईनल खेल्ने छ । क्र्वाटरफाईनल खेल्ने पोखरा लेखनाथ महानगरपालिकाले मंगलबार मात्रै टिमको छनोट गरेको छ । टोलीमा विशाल बस्नेत, विशाल श्रेष्ठ(गोलकिपर) छन् । राष्ट्रिय टोलीबाट समावेश भईसकेको मानबहादुर गुरुङ, लक्ष्मण जिसी, सरोज योन्जन, रमेश थापामगर, हरि गुरुङ, अन्जन देवकोटा(डिफेन्स) छन् । त्यस्तै उत्तम गुरुङ, विशन गुरुङ, टंक गुरुङ, त्रिदेव गुरुङ, शुशिल… पुरा पढौ