प्रदेश

फाईनल प्रवेश रोमाञ्चक, अन्तिम खेलको प्रतिक्षा

पोखरा-एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै हेल्प नेपाल स्पोर्टस क्लबले विभागीय क्लब शसस्त्र प्रहरीलाई ३–१ को सेटले पन्छाएपछि दोस्रो संस्करणको टाईगर कप फाईनल प्रवेशको लागि अंक तालिका रोमाञ्चक बनेको छ । टाईगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा सञ्चालित क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ नेपाल पुलिस क्लब तीन जितसँगै शीर्षस्थानमा छ । पुलिसको ८ अंक छ । हेल्प नेपालले तीन खेलमा दुई जित र एक हार व्यहोरेको छ । हेल्प नेपालको ७ अंक छ । नेपाल पुलिससँग पाँचै सेट खेलेर हार… पुरा पढौ

प्रदेश आर्चरी च्याम्पियन पुनलाई रिकर्भ बो सेट हस्तान्तरण

पोखरा-गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन बनेका म्याग्दीका सुजन पुनलाई आर्चरीको खेल सामाग्री(रिकर्भ बो सेट) हस्तान्तरण गरिएको छ । बेलायत बस्दै आएको प्रदेशका पूर्व राष्ट्रिय खेलाडी कृष्ण तुलाचनको सहयोगमा आर्चरीको खेल सामाग्री हस्तान्तरण गरिएको हो । तुलाचनले बिहीबार आफनो जन्मदिनको अवसरमा सहयोग गरेको कास्की जिल्ला आर्चरी संघले जनाएको छ । हस्तान्तरण गरिएको रिकर्भ बो सेट एक लाख रुपैयाँ बराबरको हो । खेल सामाग्रीलाई गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले च्याम्पियन बनेका पुनलाई हस्तान्तरण गरेका हुन् । कास्की जिल्ला आर्चरी संघले नवौं… पुरा पढौ

सहारा युकेबाट शिल्ड, मेडल र ट्रफी हस्तान्तरण

पोखरा-२० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको संघारमा रहेको सहारा क्लबलाई गोल्डकपको विभिन्न विधाको पुरस्कार हस्तान्तरण गरिएको छ । सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ । पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङलाई विभिन्न विधाका शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् । विजेता, उपविजेता, बेष्ट प्लेयर, स्ट्राइकर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक, गोलकिपर, प्रत्येक म्याचको प्लेयर अफ दि म्याचलाई सहारा युकले विगत ६ वर्षदेखि नगदसहित शिल्ड, मेडल र ट्रफी… पुरा पढौ

सञ्जु र जुनुमायाको नयाँ किर्तिमान

काठमाडौं-बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय किर्तिमान बनाएका छन् । १३ औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियर तर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी र कुलमा १७१ केजी तौलमा सुधार गर्दै स्नाचमा ७८ केजी, क्लिन एण्ड जर्कमा ९८ केजी सहित कुलमा १७६ केजी तौलका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् । उनले स्नाचमा… पुरा पढौ

न्यु डायमण्डमाथि शसस्त्रको संघर्षपूर्ण जित

पोखरा-शसस्त्र प्रहरी बलले न्यु डायण्ड स्पोर्टस क्लबलाई पाँचै सेटमा संघर्ष जित निकाल्दै दोस्रो टाईगर कप आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि यात्रालाई बलियो बनाएको छ । बुधबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा शसस्त्र प्रहरीले दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै पाँचौ सेटमा जित निकाल्न सफल भयो । पहिलो सेट २१–२५ मा गुमाएको शसस्त्र प्रहरीले दोस्रो सेटमा कम ब्याक गर्यो । दोस्रो सेट शसस्त्रले २५–२१ म लिदैं बराबरी गरेपछि खेल रोचक बन्यो । दर्शकले पनि भलिबलको पूर्ण मनोरन्जन लिने पाएको… पुरा पढौ

गण्डकी प्रदेश दुई विकेटले पराजित

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा मंगलबार गण्डकी प्रदेशले दिएको १ सय १७ रनको लक्ष्य प्रदेश नम्बर २ ले १८.१ ओभरमा ८ विकेट गुमाएर पुरा ग¥यो । पहिलो खेलमा नेपाल एपीएफ क्लबसँग २४ रनको पराजय भोगेको प्रदेश नम्बर २ ले गण्डकीविरुद्ध जित हात पार्दा कप्तान हसिम अन्सारीले सर्वाधिक २६ रन जोडे । सन्तोष कार्कीले २३, हरिकृष्ण झाले १७ रन बनाए । बलिङ तर्फ गण्डकीका कृष्ण पौडेलले सर्वाधिक ३ विकेट हात पार्दा विशाल पौडेल र सुवास भण्डारीले… पुरा पढौ

कर्णाली प्रदेशको फराकिलो जित

काठमाडौं-मूलपानी क्रिकेट मैदानमा भएको मंगलबारको अर्को खेलमा प्रदेश नम्बर १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले जारी प्रधानमन्त्र कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । पहिलो खेलमा आर्मीलाई ६३ रनको नतिजा सुम्पिएको कर्णालीले १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश १ लाई ८९ रनमा रोक्दै ३१ रनको विजयी नतिजा निकालेको हो । १७.५ ओभरमा प्रदेश नम्बर १ ले सबै विकेट गुमाउन पुगको थियो । प्रदेश १ का लागि फिर्दोश अन्सारीले सर्वाधिक २३ रन जोड्दा दिपेश कडेल… पुरा पढौ

त्रिभुवन आर्मीसँग शसस्त्रको दुवै टोली पराजित

पोखरा-टाईगर कप दोस्रो आमन्त्रित महिला तथा पुरुष क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मीको महिला तथा पुरुष टोलीले जित आत्मसात गरेको छ । विभागीय डर्बी प्रतिस्पर्धामा आर्मीले शसस्त्र प्रहरी बलको टोलीलाई पराजित गरेको थियो । आर्मीको महिला तथा पुरुष दुवै टोलीले जित निकाल्ने क्रममा चार सेट खेलेका थिए । नेपाल पुलिस क्लब दोस्रो जितसँगै टाईगर कप क्लब च्याम्पियनसिपको उपाधि निकट पुग्दा शसस्त्र प्रहरी बल दोस्रो हारसँगै दोस्रो टाईगर कप क्लब च्याम्पियनसिपको उपाधिबाट लगभग बाहिरिएको अवस्था छ । विभागीय डर्बी प्रतिस्पर्धामा त्रिभुवन आर्मीसँग… पुरा पढौ

ए डिभिजनको लक्ष्यमा सहारा क्लब

पोखरा-मोफसलकै अग्रणी क्लब सहाराले सी डिभिजन लिग खेल्दै ए डिभिजनको यात्रा तय गर्ने अभियानमा छ । मोफसलकै क्लबलाई ए डिभिजन सिधै नदिने भन्दै क्लबले ए डिभिजनको लागि सी डिभिजनबाट अघि बढ्ने सहारा क्लबले जनाएको छ । ‘ए डिभिजन खेल्न सी डिभिजनबाटै अघि बढ्छौं ।’ सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए । क्लबले एक दशक अघि नै बी डिभिजन खेल्ने क्रममा सहारा क्लबलाई रोक लगाएको थियो । बी डिभिजनमा उत्कृष्ट नजिता आत्मसात गर्दै ए डिभिजनमा उक्लिने सम्भावना… पुरा पढौ

गण्डकी प्रदेश तेक्वान्दो संघमा जगन गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति

पोखरा-गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद अवस्था अझै लघु अवस्थामा रहेको उल्लेख गर्दै सरकारको दृष्टिकोण अझै नपुगेको बताएका छन् । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै प्रदेश प्र्रमुख गुरुङले खेलकुदको विकासमा राज्यको दृष्टिकोण पर्नुपर्नेमा जोड दिए । ‘राज्यले खेलकुदको विकासमा दृष्टिकोण दिनुपर्छ । खेलकुद प्रशिक्षण दिनेकाम राज्यले दिनुपर्छ ।’ आईतबार संघको अधिवेशनमा बोल्दै प्रदेश प्रमुख गुरुङले भने–‘खेलकुदको विकासमा राज्यले मात्रै नभई निजी क्षेत्रको पनि सहयोग भए प्रवद्र्धन हुन सक्छ ।’ सरकार चलाउने दलका नेताहरु… पुरा पढौ