मुख्य समाचार

उपाधि जित्नेमा अफ्रिकन र संकटा क्लब विश्वस्त

पोखरा-आहा रारा गोल्डकप फाईनलको संघारमा छ । उपाधि प्रतिस्पर्धाको लागि शनिबार विदेशी टोली अफ्रिकन रुट्स एशोसियसन क्यामरुन र संकटा क्लब बीच हुने छ । दुवैको एउटै लक्ष्य हो उपाधि उचाल्ने । दुवै टोली पहिलो पटक फाईनलमा पुगेका हुन् । उपाधि आफनो नाममा लेखाएर इतिहास कोर्न दुवै टोली आतुर र संयमित छन् । पोखराको मैदानमा विदेशी टोली र घरेलु ए डिभिजन क्लब फाईनल प्रतिस्पर्धा भने पोखरामा दोस्रो पटक हो । यसभन्दा अघि चौथो आहा गोल्डकपको फाईनलमा अफ्रिकन युनाईटेडले विभागीय टोली नेपाल… पुरा पढौ

नेपाल सुपर लिगसँग जोडियो खुकुरी

काठमाडाैं, चैत २६ । पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगसँग मुख्य प्रायोजकका रूपमा नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजक सम्झौता गरेको छ । राजधानीमा भएको एक कार्यक्रममा नेपाल स्पोर्ट्स म्यानेजमेन्टले नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजनका लागि सम्झौता गरेको हो । सम्झौता पछि अब प्रतियोगिताको नाम खुकुरी एनएसएल हुनेछ । सात टिमको फ्रेन्चाइज फुटबल प्रतियोगिता अर्को महिना दशरथ रंगशालामा एनएसल हुँदै छ । मुख्य प्रायोजकको अनुबन्धमा प्रतियोगिताको आयोजकका प्रमुख आश्रयता चौधरी कार्की र नेपाल डिस्टिलरिजका लागि इभेन्ट्स म्यानेजर श्रीदा… पुरा पढौ

पुलिसलाई पन्छाउँदै अफ्रिकन रुट्स फाईनलमा

पोखरा-एकपछि अर्को गोल्डकपमा आफनो दरिलो उपस्थिति जनाएको अफ्रिकन रुट्स एशोसियसन क्यामरुनले बिहीबार पोखरा रंगशालामा विभागीय टोलीलाई नतमष्तक बनाउँदै उपाधि नजिक पुगेको छ । पोखराको मैदानमा क्लब फुटबलमा गर्विलो शाख बनाएको नेपाल पुलिस क्लब अफ्रिकन टोलीसँग २–० ले पराजित हुदैं १९ औं सस्करणको आहा रारा गोल्डकपबाट बाहिरिन पुग्यो । अफ्रिकन टोलीले हेटौडा गोल्डकप, बागमती गोल्डकपसँगै आहा रारा गोल्डकपमा प्रतिस्पर्धामा खरो उत्रिएको छ । हेटौडा गोल्डकपमा नेपाल आर्मीसँग पराजित हुदैं उपाधि विहीन, चौथो बागमती गोल्डकपमा उपविजेता बनेको अफ्रिकन टोली पोखरा फर्किएको हो… पुरा पढौ

राईलाई सुर्य नेपाल वेष्टर्न ओपन गल्फ उपाधि

पोखरा-सन्जय लामा र भुवन नगरकोटीलाई ६ स्ट्रोकले पछि पार्दै शुक्रबहादुर राईले ६ अण्डर २०१ को कार्डसहित २० औं संस्करणको सुर्य नेपाल वेष्र्टन ओपन गल्फको उपाधि जितेका छन् । बिहीबारको अन्तिम प्रतिस्पर्धामा समेत उस्तै लय कायम राख्दै उपाधि रक्षा गरेका हुन् । अन्तिम दिन उनले दुई अण्डर ६७ को कार्ड बनाए । समग्रमा उनको पोखरा छिनेडाडाँको हिमालयन गल्फ कोर्षमा उत्कृष्ट प्रदर्शन हो । राईले दोस्रो दिन आईपुग्दा चार अण्डर १३४ को कार्ड बनाउँदै अग्रता लिएका थिए । अन्तिम दिनमा पनि उनको… पुरा पढौ

कास्की रातो १०३ रनमा खेल्दै

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा बुधबार देखि पोखरा रंगशालामा यु–१९ दुई दिवसीय क्रिकेट टेष्ट सिरिज शु्रु भएको छ । पोखराको क्रिकेट इतिहासमा यो पहिलो पटक दुईदिवसीय क्रिकेट सिरिज आयोजना गरिएको हो । पहिलो दिन बुधबार क्रिकेट मैदानमा भएको खेलमा कास्की रातो ५ विकेटको क्षतिमा १०३ रन बनाई खेलिरहेको छ । रातो बिहीबार त्यही स्थितिबाट अगाडि खेल्ने छ । कास्की निलोले आफनो सबै विकेट गुमाउँदै १७२ रनको योगफल तयार पारेको थियो । पहिलो दिनको खेलमा रातो ६९ रनले पछाडी छ ।… पुरा पढौ

संकटा फाईनलमा प्रवेश

पोखरा-पोखराको मैदानमा एपीएफ निकै अभागी टोली हो । उपविजेतासम्मको यात्रा तय गरेको एपीएफले पोखराको मैदानमा आहाराराको संस्करणका उपाधि उचाल्नै सकेको छैन् । १९ औं सस्करणमा आईपुग्दा फेरी एक पटक सेमिफाईनल भन्दा माथि उठ्न सकेन् । संकटा क्लबसँग २–० को हारसँगै एपीएफ बाहिरिदाँ संकटाले भने फाईनल सुरक्षित गर्यो । संकटाको संकटमोचन ३३ औं मिनेटमा हुन पुग्यो । नेराज बस्नेतको लामो फ्रिकिकलाई सुवास गुरुङले गोल गर्दै अग्रता दिलाए । उनको पहिलो हाफमा भएको गोल नै निर्णायक हुदाँ एपीएफलाई आहा रारा गोल्डकपबाट बाहिरन… पुरा पढौ

राईको दुई स्ट्रोकको अग्रता

पोखरा-दोस्रो दिनको ३६ होल समाप्ती हुदाँ शुक्रबहादुर राईले चार अण्डर १३४ को स्कोरसहित शीर्षस्थानमा रहेका छन् । अघिल्लो दिए एक अण्डर ६८ खेलेका राईले दोस्रो दिन भने निकै लयमा रहे । उनले दोस्रो र तेस्रो होलमा बर्डी हिर्काउँदै फ्रन्ट नाईनमा दुई अण्डर राखे । फ्रन्ट नाईनको दुई स्ट्रोकलाई अन्तिम समयसम्म जोगाई राखे । राईले १२ औं मा भने बोगी खेप्दै अघि बढेका १५ औं र १७ औं होलमा समेत बर्डी हिर्काउँदै ३ अण्डर ६६ को स्कोरमा टुग्याएका छन् । अघिल्लो… पुरा पढौ

लामा र राई शीर्षस्थानमा टाई

पोखरा-सन्जय लामा र शुक्रबहादुर राईले समान १ अण्डर ६८ को कार्ड बनाउँदै सुर्य नेपाल वेष्टर्न ओपन गल्फको शीर्षस्थानमा छन् । मंगलबारदेखि पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फको पार ६९ को कोर्षमा लामा र राईले समान १ अण्डर खेल्दै शीर्षस्थानमा रहेका छन् । धरानका गल्फर बलभद्र राई भने लेभल पार ६९ को कार्ड बनाउँदै तेस्रो स्थानमा छन् । केही दिन अघि मात्रै सेन्टर ओपन विजेता भुवन नगरकोटीले भने पोखरामा कमजोर शुरुवात गरे । उनले पहिलो दिन १ ओभर ७० को कार्ड बनाउँदै चौथोस्थानमा… पुरा पढौ

नेपाल पुलिससँग थ्रीस्टारको फराकिलो हार

पोखरा-बागमती गोल्डकप उचालेर थकित मुद्रामा आएको रुस्लान थ्रीस्टारलाई नेपाल पुलिस क्लबले लज्जास्पद हार चखाउँदै १९ औं आहा रारा गोल्डकपबाट बिदाई गर्दै उपाधि दावेदारी प्रस्तुत गरेको छ । मंगलबार पोखरा रंगशालामा नेपाल पुलिस क्लबले विभागीय बर्चस्व एवं शाख जोगाउने क्रममा थ्रीस्टार विरुद्ध ४–० गोलको फराकिलो जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो । अफ्रिकन रुट्स एशोसियनसँग सोमबार मात्रै हेटौंडामा चौथो बागमती गोल्डकपमा पराजित गर्दै उपाधि उचालेर उत्साहित बनेको थ्रीस्टारलाई नेपाल पुलिस क्लबले मत्थर बनाईदियो । २९ औं मिनेटमा नेपाल पुलिस क्लबले फ्रिकिकको… पुरा पढौ

पोखरामा पहिलो पटक यु–१९ दुईदिवसीय क्रिकेट सिरिज

पोखरा-पोखराको क्रिकेट इतिहासमै पहिलो पटक यु–१९ दुईदिवसीय क्रिकेट सिरिज बुधबारदेखि शुरु हुदैं छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा क्रिकेट एकेडेमीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा तीन टोली सम्मिलित दुईदिवसीय सिरिज हुने छ । कास्की क्रिकेट क्लबको व्यवस्थापनमा हुने प्रतियोगितामा कास्कीको रातो, निलो र हरियो गरी तीन टोलीले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए । क्रिकेटको विकासमा नयाँ आयाम हुने विश्वास पोखरा क्रिकेट एमेडेमीले लिएको छ । ‘गण्डकी प्रदेशबाट खेलाडी छनोट गरी तीन टिममा विभाजन… पुरा पढौ