मुख्य समाचार

डिफेन्डिङ च्याम्प्यिन मुम्बई पराजित

एजेन्सी, चैत २८ । डेफेन्डिङ च्याम्पियन मुम्बई इन्डिय शुक्रबारबाट भारतमा सञ्चालन भएको इन्डियन प्रिमियर लिग (आईपिएल) को उद्घाटन खेलमा पराजित भएको छ ।विराट कोहलीको कप्तानीमा मैदान उत्रिएको रोयल च्यालेन्जर्स बैंग्लोरसँग मुम्बई दुई विकेटले पराजित भएको हो । चेन्नेईमा मुम्बईले दिएक १ स य ६० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो ।ओपनर वासिंटन सुन्दर १० रनमा आउट हुँदा रजत पडिदारपनि ब्यक्तिगत आठ रनमा पेभेलियन फर्किएपछि बैंग्लोरले ४६ रनमा दुई विकेट गुमाउन… पुरा पढौ

कास्की रातोमाथि हरियोको ४८ रनको अग्रता

पोखरा-यु–१९ दुईदिवसीय टेष्ट सिरिज अन्तर्गत शुक्रबार कास्की हरियोले ४८ रनले अग्रता लिएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित टेष्ट सिरिजमाा टस हारेर व्याटिङमा उत्रिएको कास्की रातो केवल ७८ रन बनाउने क्रममा सबै विकेट गुमाउन पुग्यो । कास्की रातोले ३९ ओभर मात्रै खेल्यो । सस्तैमा समेटिने क्रममा सुवास भण्डारीले ५ विकेट लिए । अघिल्लो दिन कास्की निलोसँग बराबरीमा सिरिज टुग्याएको रातोले दोस्रो टेष्ट सिरिजमा भने प्रभावकारी खेल देखाउन भने सकेन् । आफनो पहिलो इनिङ शुरु गरेको कास्की हरियोले ५… पुरा पढौ

उपाधि जित्नेमा अफ्रिकन र संकटा क्लब विश्वस्त

पोखरा-आहा रारा गोल्डकप फाईनलको संघारमा छ । उपाधि प्रतिस्पर्धाको लागि शनिबार विदेशी टोली अफ्रिकन रुट्स एशोसियसन क्यामरुन र संकटा क्लब बीच हुने छ । दुवैको एउटै लक्ष्य हो उपाधि उचाल्ने । दुवै टोली पहिलो पटक फाईनलमा पुगेका हुन् । उपाधि आफनो नाममा लेखाएर इतिहास कोर्न दुवै टोली आतुर र संयमित छन् । पोखराको मैदानमा विदेशी टोली र घरेलु ए डिभिजन क्लब फाईनल प्रतिस्पर्धा भने पोखरामा दोस्रो पटक हो । यसभन्दा अघि चौथो आहा गोल्डकपको फाईनलमा अफ्रिकन युनाईटेडले विभागीय टोली नेपाल… पुरा पढौ

नेपाल सुपर लिगसँग जोडियो खुकुरी

काठमाडाैं, चैत २६ । पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगसँग मुख्य प्रायोजकका रूपमा नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजक सम्झौता गरेको छ । राजधानीमा भएको एक कार्यक्रममा नेपाल स्पोर्ट्स म्यानेजमेन्टले नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजनका लागि सम्झौता गरेको हो । सम्झौता पछि अब प्रतियोगिताको नाम खुकुरी एनएसएल हुनेछ । सात टिमको फ्रेन्चाइज फुटबल प्रतियोगिता अर्को महिना दशरथ रंगशालामा एनएसल हुँदै छ । मुख्य प्रायोजकको अनुबन्धमा प्रतियोगिताको आयोजकका प्रमुख आश्रयता चौधरी कार्की र नेपाल डिस्टिलरिजका लागि इभेन्ट्स म्यानेजर श्रीदा… पुरा पढौ

पुलिसलाई पन्छाउँदै अफ्रिकन रुट्स फाईनलमा

पोखरा-एकपछि अर्को गोल्डकपमा आफनो दरिलो उपस्थिति जनाएको अफ्रिकन रुट्स एशोसियसन क्यामरुनले बिहीबार पोखरा रंगशालामा विभागीय टोलीलाई नतमष्तक बनाउँदै उपाधि नजिक पुगेको छ । पोखराको मैदानमा क्लब फुटबलमा गर्विलो शाख बनाएको नेपाल पुलिस क्लब अफ्रिकन टोलीसँग २–० ले पराजित हुदैं १९ औं सस्करणको आहा रारा गोल्डकपबाट बाहिरिन पुग्यो । अफ्रिकन टोलीले हेटौडा गोल्डकप, बागमती गोल्डकपसँगै आहा रारा गोल्डकपमा प्रतिस्पर्धामा खरो उत्रिएको छ । हेटौडा गोल्डकपमा नेपाल आर्मीसँग पराजित हुदैं उपाधि विहीन, चौथो बागमती गोल्डकपमा उपविजेता बनेको अफ्रिकन टोली पोखरा फर्किएको हो… पुरा पढौ

राईलाई सुर्य नेपाल वेष्टर्न ओपन गल्फ उपाधि

पोखरा-सन्जय लामा र भुवन नगरकोटीलाई ६ स्ट्रोकले पछि पार्दै शुक्रबहादुर राईले ६ अण्डर २०१ को कार्डसहित २० औं संस्करणको सुर्य नेपाल वेष्र्टन ओपन गल्फको उपाधि जितेका छन् । बिहीबारको अन्तिम प्रतिस्पर्धामा समेत उस्तै लय कायम राख्दै उपाधि रक्षा गरेका हुन् । अन्तिम दिन उनले दुई अण्डर ६७ को कार्ड बनाए । समग्रमा उनको पोखरा छिनेडाडाँको हिमालयन गल्फ कोर्षमा उत्कृष्ट प्रदर्शन हो । राईले दोस्रो दिन आईपुग्दा चार अण्डर १३४ को कार्ड बनाउँदै अग्रता लिएका थिए । अन्तिम दिनमा पनि उनको… पुरा पढौ

कास्की रातो १०३ रनमा खेल्दै

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा बुधबार देखि पोखरा रंगशालामा यु–१९ दुई दिवसीय क्रिकेट टेष्ट सिरिज शु्रु भएको छ । पोखराको क्रिकेट इतिहासमा यो पहिलो पटक दुईदिवसीय क्रिकेट सिरिज आयोजना गरिएको हो । पहिलो दिन बुधबार क्रिकेट मैदानमा भएको खेलमा कास्की रातो ५ विकेटको क्षतिमा १०३ रन बनाई खेलिरहेको छ । रातो बिहीबार त्यही स्थितिबाट अगाडि खेल्ने छ । कास्की निलोले आफनो सबै विकेट गुमाउँदै १७२ रनको योगफल तयार पारेको थियो । पहिलो दिनको खेलमा रातो ६९ रनले पछाडी छ ।… पुरा पढौ

संकटा फाईनलमा प्रवेश

पोखरा-पोखराको मैदानमा एपीएफ निकै अभागी टोली हो । उपविजेतासम्मको यात्रा तय गरेको एपीएफले पोखराको मैदानमा आहाराराको संस्करणका उपाधि उचाल्नै सकेको छैन् । १९ औं सस्करणमा आईपुग्दा फेरी एक पटक सेमिफाईनल भन्दा माथि उठ्न सकेन् । संकटा क्लबसँग २–० को हारसँगै एपीएफ बाहिरिदाँ संकटाले भने फाईनल सुरक्षित गर्यो । संकटाको संकटमोचन ३३ औं मिनेटमा हुन पुग्यो । नेराज बस्नेतको लामो फ्रिकिकलाई सुवास गुरुङले गोल गर्दै अग्रता दिलाए । उनको पहिलो हाफमा भएको गोल नै निर्णायक हुदाँ एपीएफलाई आहा रारा गोल्डकपबाट बाहिरन… पुरा पढौ

राईको दुई स्ट्रोकको अग्रता

पोखरा-दोस्रो दिनको ३६ होल समाप्ती हुदाँ शुक्रबहादुर राईले चार अण्डर १३४ को स्कोरसहित शीर्षस्थानमा रहेका छन् । अघिल्लो दिए एक अण्डर ६८ खेलेका राईले दोस्रो दिन भने निकै लयमा रहे । उनले दोस्रो र तेस्रो होलमा बर्डी हिर्काउँदै फ्रन्ट नाईनमा दुई अण्डर राखे । फ्रन्ट नाईनको दुई स्ट्रोकलाई अन्तिम समयसम्म जोगाई राखे । राईले १२ औं मा भने बोगी खेप्दै अघि बढेका १५ औं र १७ औं होलमा समेत बर्डी हिर्काउँदै ३ अण्डर ६६ को स्कोरमा टुग्याएका छन् । अघिल्लो… पुरा पढौ

लामा र राई शीर्षस्थानमा टाई

पोखरा-सन्जय लामा र शुक्रबहादुर राईले समान १ अण्डर ६८ को कार्ड बनाउँदै सुर्य नेपाल वेष्टर्न ओपन गल्फको शीर्षस्थानमा छन् । मंगलबारदेखि पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फको पार ६९ को कोर्षमा लामा र राईले समान १ अण्डर खेल्दै शीर्षस्थानमा रहेका छन् । धरानका गल्फर बलभद्र राई भने लेभल पार ६९ को कार्ड बनाउँदै तेस्रो स्थानमा छन् । केही दिन अघि मात्रै सेन्टर ओपन विजेता भुवन नगरकोटीले भने पोखरामा कमजोर शुरुवात गरे । उनले पहिलो दिन १ ओभर ७० को कार्ड बनाउँदै चौथोस्थानमा… पुरा पढौ