मुख्य समाचार

सदस्य–सचिव सिलवाल, थापा र संगिना विभूषित

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन् । खेल क्षेत्रबाट विभूषित उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक विशेष समारोहबीच पदक प्रदान गरिन् । सदस्य–सचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय श्रेणी तथा थापा र संगिना प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भए । सदस्य–सचिव सिलवाल २०७६ साल असार २३ गते पहिलोपटक राखेपको सदस्य–सचिवमा नियुक्त हुँदा नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं… पुरा पढौ

वालिङका मेयर खाँड प्रथम

पोखरा-नयाँवर्षको अवसरमा पोखरामा आयोजना गरिएको ‘मेयर साइकल दौड प्रतियोगिता’ मा वालिङ नगरपालिका प्रमुख दिलिपविक्रम खाँड प्रथम भएका छन् । उनले ४ किलोमिटरको दुरीलाई १५ मिनेट ३१.५३ सेकेण्डमा पुरा गर्दै प्रथम पुरस्कार जित्न सफल भए । पोखरा–६ हल्लनचोकबाट शुरु भएको साईकल दौड पोखरा सभागृहमा आएर टुंगिएको थियो । हुम्ला नाम्खा गाँउपालिकाका अध्यक्ष विष्णुबहादुर लामा दोस्रो भए । उनले १५ मिनेट ३८.८८ सेकेण्डको समयमा पुरा गर्दै दोस्रो भए । तेस्रो स्थानमा भने कास्की माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ रहे । उनले १६… पुरा पढौ

सिरिज खेल्न आईपुग्यो नेदरल्याण्ड टोली

पोखरा-चार दिनपछि शुरु हुने त्रिकोणात्मक टी-२० सिरिजको लागि नेदरल्याण्डको टोली मंगलबार नेपाल आईपुगेको छ । नेपाल, नेदरल्याण्ड र मलेसिया बीचको त्रिकोणात्मक सिरिज १७ अप्रिलदेखि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शुरु हुने छ । कोरोनाको कहरले एक वर्षदेखि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न नपाएको क्रिकेट टोलीले घरेलु मैदानमा त्रिकोणात्मक सिरिज खेल्ने छ । बजाज पल्सरको मुख्य प्रायोजन रहेको त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्डसँग पहिलो खेल खेल्ने छ ।नेपाली टोली पनि त्रिकोणात्मक सिरिजको लागि व्यस्त रहेको छ । पुरा पढौ

कास्की निलो र हरियो उपाधिको लागि भिड्ने

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु–१९ दुईदिवसीय क्रिकेट टेष्ट सिरिजको उपाधिको लागि कास्की हरियो र कास्की निलो बीच प्रतिस्पर्धा हुने छ । कास्कीले हरियोले निलोलाई पराजित गर्दै शीर्षस्थानमा रहँदै फाईनल प्रवेश गर्दा कास्की निलो अंकको आधारमा कास्की रातोलाई पछि पार्दै उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएको हो ।कास्की हरियोले दिएको २०३ रनको लक्ष्य पछ्याएको कास्की निलो केवल ८६ रनमा समेटिएपछि सहज पराजित हुन पुग्यो । ११७ रनको फराकिलो हार व्यहोरेको कास्की निलोले भने कास्की रातोलाई १ अंकले पछि पार्दै फाईनल… पुरा पढौ

जर्सी सार्वजनिक

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई मोबाइल एप्लिकेसन माई सेकेण्ड टिचरले प्रायोजन गरेको छ । सोमबार आईएनजी ग्रुपका संस्थापक तथा माई सेकेण्ड टिचरका सहसस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जर्सी सार्वजनिक गरे । माई सेकेण्ड टिचरले एक वर्षको लागि राष्ट्रिय टिमको जर्सी प्रायोजन गर्नेछ । मुख्य प्रायोजन रहेको माई टिचरले सम्झौता रकम भने खुलाएको छैन । सम्झौतासँगै नेपाली टिमको जर्सीमा माई सेकेण्ड टिचरको लोगो रहनेछ । यस्तै आईएनजी ग्रप र इस्लिङ्गटन कलेजको लोगो प्रयोग सोमबारगर्नेछ । जर्सीको… पुरा पढौ

पाहुना टोली बार्सिलोनामाथि रियालको जित

मड्रिड, चैत २९ । डिफेन्डीङ च्याम्प्यिन रियाल मड्रिडले भ्रमणकारी टोली बार्सिलोनालाई पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि २–१ गोलको जित निकाल्दै रियाल शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा रियाललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक÷एक गोल गरे गर्दा बार्सिलोनाका ओस्कार मिन्गुएजाले एक गोल फर्काउँदै अन्तर घटाएका थिए । खेलको १३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा क्रुसले गोल… पुरा पढौ

दिल्लीद्वारा चेन्नेई ७ विकेटले पराजित

दिल्ली, चैत २९ (एजेन्सी) – इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्समाथि ७ विकेटको जित निकालेको छ । १ सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पुरा गर्दा दिल्लीले प्रतियोगितामो विजयी सुरुआत गरेको हो । शिखर धवनको ८५ रनको ईनिङ्समा अर्का ओपनर पृथ्वी शाले ७२ रनको योगदान गर्दा दिल्लीको जित पक्का जस्तै भएको थियो । ऋषभ पन्त १५ रनमा अविजित रहदाँ मार्कुस स्टोनिसले १४ रनको योगदान दिए । चेन्नेईका सार्दुल… पुरा पढौ

टाईब्रेकरमा अफ्रिकन रुट्सलाई स्तब्ध पार्दै संकटाले उचाल्यो उपाधि

पोखरा, चैत २८ । अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्न १९औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको छ । गोलकिपर राजा बाबु थापाको उत्कृष्ट खेलको प्रदर्शबाट संकटले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो । यससँगै संकटाले पोखरामा सम्पन्न आहा रारा गोल्डकपको १९औं संस्करणको उपाधि उचाललेको छ । टाई–ब्रेकरमा अफ्रिकन रुट्सका दुई खेलाडीले सदुपयोग गर्न नसक्दा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे । सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले… पुरा पढौ

अपराजित रहँदै एपिएफ ललितपुर मेयर्स कप क्रिकेटको च्याम्प्यिन

काठमाडौं, चैत २८ । विभागीय टोली एपिएफले ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा विभागीय टोली एपिएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । विजयी एपिएफले सम्पन्न प्रतियोगिता अपराजित यात्रालाई अन्तिम खेलमा पनि निरन्तरता दिँदै पाधि उचाल्न सफल भएको हो । सुदूरपश्चिम प्रदेशले पस््रतुत गरेको १ सय ७ रनको लक्ष्य एपिएफले २२ बल बाँकी छँदै भेटाउन सफल भएको थियो । खेलमा ओपनर ज्योति पाण्डेले ३६ रनको योगदान… पुरा पढौ

कास्की हरियोको ३२ रनको जित

पोखरा-कास्की रातोलाई यु–१९ क्रिकेट सिरिज अन्तर्गत कास्की हरियोले ३२ रनले पराजित गरेको छ । शनिबार आफनो दोस्रो इनिङ शुरु अगावै कास्की हरियोले जित निकाल्यो । अघिल्लो दिन १२६ रनबाट कास्की हरियोले दोस्रो दिन शुरु गरेको थियो । यद्यपी आफनो पहिलो इनिङको पारी घोषणा गर्नुअघि कास्की हरियोले १७८ रन बनाउँदै ९ विकेट गुमाईसकेको थियो । हरियोले १७८ मै आफनो इनिङको घोषणाा गरेपछि कास्की रातोले आफनो दोस्रो इनिङ शुरु गरेको थियो । सुवास भण्डारीले इनिङमा ६० रन बनाए । पहिलो दिन उनी… पुरा पढौ