मुख्य समाचार

पुलिसले बागमतीलाई हराउँदा एपिएफको आर्मीमाथि रोमाञ्चक जित

काठमाडौं- दुई बल बाँकी रहदा त्रिभुवन आर्मी क्लबले दिएको २ सय ३६ रनको मध्यम लक्ष्यलाई पूरा गर्दै एपिएफ क्लबले मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गर्दा बागमती प्रदेश विभागीय टोली नेपाल पुलिससँग २ रनले पराजित भएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा एपिएफले ९ विकेट गुमाएर आर्मीले प्रस्तुत गरेको लक्ष्य भेटाउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । पहिलो पटक आयोजना भएको प्रतियोगितामा एपिएफलाई जिताउनका लागि सुमित महर्जनले ६० रनको अर्धशतकीय इनिङ्स महत्वपूर्ण रह्यो… पुरा पढौ

पुलिसद्वारा लुम्बिनी युनाइटेड सोझो सेटमा पराजित

नेपालगन्ज- साबिकको विजेता नेपाल पुलिस क्लबले नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा शनिबार पनि जित लयलाई निरन्तरता दिएको छ । दिनको दोस्रो खेलमा पुलिसले लुम्बिनी युनाइटेड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिससामु निरीह देखिएको लुम्बिनी २५–८, २५–१२ ,२५–१४ ले पराजित भएको हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा लुम्बिनी त्रिभुवन आर्मी क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । यता पुलिसले भने शुक्रबार नै उद्घाटन खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि ३–२ को रोमाञ्चक जित… पुरा पढौ

रत्न र नविनको जोडीलाई उपाधी

भोजपुर- भोजपुरका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी भोजपुरमा जारी प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचाल्न सफल भएका छन् ।रत्न र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी माथि २१-१८, २१-८ को सहज जित निकाल्दै उपाधी उचालेका हुन् । बिजयी जोडीले नगद ५० हजारका साथै मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपबिजेता टोलीले नगद ३० हजार मेडल र प्रमाण पत्र तथा तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद १५ हजार मेडल, प्रमाण… पुरा पढौ

सेमिफाईनल प्रवेश रोमाञ्चक मोडमा

पोखरा-मिक्समाण्डु, जनकपुर र तनहुको पेलिगन्स क्रिकेट क्लब सुपर जनरल अन्तर क्लब टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाईनलको सम्भावना छ । भोलि हुने अन्तिम खेलले दुई टोलीको सेमिफाईनल पक्का हुदाँ दुई टोलीले बिदा लिने छ । दुई टोली मध्ये बाग्लुङ यस अघि नै बाहिरिसकेको छ । अब जनकपुर, मिक्समाण्डु र पेलिगन्स बीचको प्रतिस्पर्धासँगै रनरेटकै आधारका सेमिफाईनल प्रवेश गर्ने छन् । मिक्समाण्डुले जनकपुरको सामना गर्ने छ । बाग्लुङले भने पेलिगन्स क्रिकेटसँग खेल्ने छ । मिक्समाण्डुले जितेका अवस्थामा स्वतह सेमिफाईनल प्रवेश गर्ने छ । उत… पुरा पढौ

जनकपुरले जित्दा बाग्लुङ बाहिरियो

पोखरा-बाग्लुङ क्रिकेट संघलाई १९ रनले पराजित गर्दै जनकपुर क्रिकेटले पोखरा आयोजित सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट लिगमा समूह बीमा पहिलो जित दर्ता गरेको छ । बाग्लुङको दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । अब अन्तिम खेल बाग्लुङले मिक्समाण्डुसँग खेल्ने छ । के.एन स्पोर्टसको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजनामा पोखरा रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धामा जनकपुर क्रिकेट क्लबले टस जितेर इनिङ शुरु गर्दै ११७ रनको योगफल तयार पार्यो । सुध्रिन चौधरीले २५ बलमा २० रन बनाउँदै गतिलो शुरुवाती दिए । ओपनरको रुपमा… पुरा पढौ

विवेकको यात्रा सेमिफाईलनमा सिमित

भोजपुर- लामो समय पश्चात कोर्टमा फर्किएका भोजपुरका बिवेक श्रेष्ठको यात्रा सेमिफाईनलमा नै सिमित भएको छ । पूर्व जुनियर च्याम्पियन श्रेष्ठ भोजपुरमा जारी प्रदेश नं १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को पुरुष सेमिफाईनलमा पाँचथरका दिवस शंकर संग १९-२१, ८-२१ ले पराजित हुन पुगे । अव उपाधीका लागि दिवसले आफ्नै जिल्लाका एशिया जवेगु संग प्रतिस्पर्धा गर्ने छन् । जवेगुले संखुवासभाका पविन लिनथेप माथि १५-२१, २१-८, २१-१७ को जित निकाले । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजुपर नगरपालिकाको प्रायोजनमा भएको… पुरा पढौ

मिक्समाण्डु एक विकेटले पराजित

पोखरा-पेलिगन्स क्रिकेट क्लब तनहुँले दोस्रो जित निकाल्ले क्रममा काठमाडौंको मिक्समाण्डुलाई एक विकेटले पराजित गर्दै पोखरा आयोजित सुपर जनरल अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेशको सम्भावना बलियो बनाएको छ । टस हारेर पहिलो इनिङ व्याटिङ गरेको मिक्समाण्डुले निर्धारित २० ओभर खेल्दै १०८ रन बनाउँदै पेलिगन्सलाई लक्ष्य प्रस्तुत गरेको थियो । सामान्य लक्ष्य पछ्याएको तनहुँले १७.४ ओभरमा लक्ष्य पुरा गर्ने क्रममा ९ विकेट गुमाउन पुग्यो । छैटौं नम्बरमा आएका दिपक डुम्रेले ६ चौका हिकाउँदै ४७ रनको महत्वपूर्ण इनिङ खेलेपछि तनहुँले जितको… पुरा पढौ

भगवतीको संघर्षपूर्ण जित,आरसिटी र कुमारीले अंक बाडे

काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजिन लिगमा बिहीबार रानीपोखरी कर्नर टिम (आरसिटी) र श्री कुमारी क्लबले बराबरी खेल्दा श्री भगवती क्लबले झम्सीखेल युथ क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा आरसिटीले लिएको सुरुआती अग्रतालाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । तेस्रो मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा कुमारीका युवराज राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दोस्रो… पुरा पढौ

पोखरा–११ टी–२० क्रिकेट लिगको सेमिफाईनल प्रवेश

पोखरा-चार बल बाँकी रहँदा बालुवाटार क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै पोखरा–११ सुपर जनरल अन्तरक्लबस्तरीय टी–२० क्रिकेट लिगको सेमिफाईनल प्रवेश गरेको छ । चौथो विकेटको लागि रिजन प्रजु र विधान श्रेष्ठले ७६ रनको साझेदारी गरेपछि पोखरा–११ को जित सम्भव हुन पुग्यो । बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा दुवै टिमलाई सेमिफाईनल प्रवेश गर्न जितको विकल्प थिएन् । १२६ रनको लक्ष्य पछ्याएको पोखरा–११ ले मध्यक्रममा प्रजु र श्रेष्ठले सम्हालिएर क्रिजमा टिक्दै रन जोडेपछि जितको आधार तयार भएको थियो । अन्तिम ओभरमा जितको… पुरा पढौ

पाँचौ आरबिबी एनभिए चैत १९ देखि

काठमाडौं-पाँचौ राष्ट्रिय बाणिज्य बैंक (आरबिबी) एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता आगामी चैत १९ गतेदेखि काठमाडौंमा शुरु हुदैं छ । नेपाल भलिबल संघले आज बिहीबार पत्रकार सम्मेलन प्रतियोगितालाई एक वर्ष अघि आयोजनाको तयारी गरिएको भएपनि गर्दै कोभिड–१९ ले रोकिएको थियो । राष्ट्रिय बाणिज्य बैंकको सहकार्यमा नेपाल भलिबल संघले वर्षेनी राष्ट्रिय क्लबस्तरीय लिग महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माका अनुसार प्रतियोगितामा पुरुष तर्फ हेल्प नेपाल स्पोर्टस क्लब, शसस्त्र प्रहरी… पुरा पढौ