मुख्य समाचार

स्याङजामाथि बालुवाटारको महत्वपूर्ण जित

पोखरा-बालुवाटारले स्याङजा क्रिकेट संघलाई २७ रनले पराजित गरेपछि सेमिफाईनल प्रवेशको सम्भावना जिवितै राखेको छ । अब लिगको अन्तिम खेल पोखरा ११ सगँ खेल्ने छ । विजेताले सेमिफाईनल प्रवेश गर्दा पराजित हुने टोलीले प्रतियोगिताबाट विदाई लिने छ । के.एन स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजन रहेको सुपर जनरल अन्तरक्लबस्तरीय टी-२० क्रिकेटको बुधबार भएको दोस्रो खेलमा बालुवाटारले स्याङजामाथि महत्वपूर्ण जित निकाल्दै अन्तिम चारको लागि आफनो सम्भावना जिवितै राख्यो । यो समुहमा पोखराले पनि २ अंकनै जोडेको छ । समुहबाट सेमिफाइनल… पुरा पढौ

खुमलटारको शीर्ष डिभिजनमा फर्किने सम्भावना जिवितै

काठमाडौं -राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनलाई हराउँदै खुमलटार युथ क्लबले शीर्ष डिभिजनमा उक्लिने सम्भावनलाई जिवितै राखेको छ । लालितपुर स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा खुमलटारले ब्वाईज युनियनमाथि ३–० को जित निकाल्दै ‘ए’ डिभिजन लिगमा उक्लिने सम्भावनलाई जिवितै राखेको हो । खुमलटारले शीर्ष स्थानको सातादोबाटोसँग २२ अंकको बराबरी गर्दा सम्भावन जिवितै रहेको हो । यद्यपि एक खेल कम खेलेको सातदोबाटोको पनि समान २२ अंक नै रहेको छ । स्तरीय खेल देखाएको खुमलटारको… पुरा पढौ

पोखरा–११ पराजित,चितवन सेमिफाईनलमा

पोखरा-टी–२० क्रिकेटमा पहिलो ओभर नै मेडन खेलेपछि चुनौतिपूर्ण लक्ष्य पछ्याएको पोखरा चितवन क्रिकेट संघसँग १८ रनले पराजित हुदैं सेमिफाईनल यात्रा अर्को खेलको प्रतिक्षा गर्नुपरेको छ । १५० रनको लक्ष्य पछ्याएको सुपर जनरल पोखरा–११ ले अन्तिम ओभरसम्म खेल्दै १३१ रनमा समेटिएपछि सुपर जनरल अन्तरक्लबस्तरीय टी–२० क्रिकेटको सेमिफाईनल प्रवेश गर्न अब बालुवाटारलाई जित्नै पर्ने दबावमा परेको छ । ६ ओभरमा केवल २३ रन जोडेर कमजोर शुरुवात गरेको पोखरा–११ ले पहिलो ओभर नै मेडन खेल्यो । गौतम केसीको बललाई ओपनर गोविन्द प्रधानले पुरै… पुरा पढौ

पोखरा ११ सँग स्याङजा पराजित

पोखरा-स्याङजा क्रिकेट संघलाई २३ रनले पराजित गर्दै सुपर जनरल पोखरा ११ ले घरेलु मैदानमा जित निकाल्दै सखुद शुरुवात गरेको छ । मंगलबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको सुपर जनरल अन्तरक्लबस्तरीय टी(२० क्रिकेट लिगमा स्याङजामाथि जित निकाल्दै ३ अंक जोड्दै अंक तालिकामा दोस्रो स्थानमा छ । के. एन स्पोर्टस प्रालिको आयोजनामा सञ्चालित प्रतियोगितामा टस जितेर व्याटिङमा उत्रिएको पोखराले मध्यक्रममा व्याट्सम्यान दिपेश खत्रीको सर्वाधिक १९ रनको योगदानमा ११४ रनको योगफल तयार पार्यो । ओपनर अनिल गुरुङ र गोविन्द प्रधानको जोडी भने लामो… पुरा पढौ

निशान सुनारको गोलमा बाँसबारीको स्पष्ट जित

काठमाडौं- निशान सुनारको गोलको मद्दतमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार जित निकाल्दा अर्को खेलमा मध्यपुर युथ एसोसियनले श्री कुमारी क्लबविरुद्ध पुनरागमन जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा बाँसरबरीले पुल्चोक स्पोर्ट्स क्लबमाथि २–० को जित निकाल्दा दिनको पहिलो खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ ले हराएको हो । जारी लिगमा छैटौं जित निकाल्दा बासँबारीका निशानले दोस्रो हाफमा दुई गोल गरेका हुन् । प्रतिस्पर्धात्मक खेलेको बाँसबारीले… पुरा पढौ

चितवनको दोस्रो जित

पोखरा-प्रतिक शर्माको अर्धशतकीय योगदानमा चितवन क्रिकेट टिमले बालुवाटार क्रिकेट क्लब काठमाडौंलाई चार विकेटले पराजित गर्दै सुपर जनरल क्लबस्तरीय टी–२० क्रिकेट लिगको सेमिफाईनल सम्भाबना बनेको छ । बालुवाटारले दिएको १२७ रनको लक्ष्यलाई चितवनले ६ विकेटको क्षतिमा पुरा गर्यो । के.एन स्पोर्टस प्रालिको आयोजनामा पोखरा रंगशालामा आयोजित प्रतियोगिताको दोस्रो दिन मंगलबार शर्माले ३१ बलमा ५३ रनको महत्वपूर्ण इनिङ खेले । पहिलो ओभरको दोस्रो बलमा पहिलो विकेट गुमाएको चितवन केही दबावमा परेको थियो । दोस्रो विकेट पनि सस्तैमा गुमेपछि चितवनको इनिङलाई शर्माले सम्हाल्दै… पुरा पढौ

लालिगा क्लब बार्सिलोनाको अफिसमा प्रहरीको छापा, ४ जना पक्राउ

एजेन्सी, फागुन १८ । स्पेनिस फुटबल क्लब बार्सिलोनाको कार्यालयमा प्रहरीले छापा मारेको छ । आर्थिक अपचलन र कर छलीको आशंकामा क्लबका चार जना कर्मचारी पक्राउ समेत परेका छन । प्रहरीले आफ्नो छानविन जारी रहेको भन्दै पक्राउ गरिएकाहरुको परिचय खुलाएको छैन । तर स्पेनिस मिडियाले क्लबका निवर्तमान अध्यक्ष जोसेप मारिया बार्तोमेउ पनि पक्राउ परेका दावी गरेका छन । बार्सिलोनाले गत आइतवार मात्रै क्लबको नयाँ अध्यक्षको निर्वाचन गरेको थियो । सोमवार प्रहरीले कार्यालयमा छापा मारेर धरपकड गरेको बताईएको छ । गत वर्ष… पुरा पढौ

घरेलु मैदानमा रियाल मिड्रड बराबरीमा राेकियाे

एजेन्सी, फागुन १८ । भ्रमणकारी टाेली रियाल साेसिडाडसँग बराबरी खेल्दै रियाल मड्रिड स्पेनिस ला लिगा तालिकाकाे दाेस्राे स्थानमा उक्लिने माैका गुमाएकाे छ । ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले क्लबका लागि एक सयौं खेलको अन्तिम मिनेटमा बराबरी गोल फर्काएपछि स्पेनिस ला लिगामा रियल मड्रिड घरेलु मैदानमा रियल सोसिडाडसँग स्तब्ध भएकाे हाे । पहिलो हाफ सान्टियागो बर्नबाउमा घरेलु टोलीले बर्चश्व बनाएको थियो । मारियानो र रफायल भारानेले दुई मिनेटको अन्तरमा गरेको हेड क्रसबारमा लागेपछि गोल हुन सकेन । दोस्रो हाफमा सोसिडाडले निकै नै… पुरा पढौ

धरम र गोपीको जोडीलाई ४५ वर्षमाथिको उपाधि

पोखरा-बुटवल टेनिस संघको आयोजनामा सञ्चालित चौथो बुटबल ओपन टेनिस अन्तर्गत पोखरेली खेलाडी गोपी भट्टराई र धरमबहादुर लामिछानेको जोडीले ४५ वर्षमाथिको उमेर समूहको उपाधि आफनो नाममा लेखाएका छन् । सोमबार बुटवलमा भएको फाईनल प्रतिस्पर्धामा काठमाडौंका राजु श्रेष्ठ र चन्द्र शाहीको जोडीलाई सुपर टाईमा पराजित गर्दै उपाधि जितेका हुन् । भट्टराई र लामिछानेको जोडीले श्रेष्ठ र शाहीको जोडीलाई ६–२, १–६ र १०–८ को सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् । यसैगरी सोही उमेर समूहको प्रतिस्पर्धामा लामिछाने फाईनल प्रवेश गरेका छन् । लामिछानेले… पुरा पढौ

चितवनको विजयी शुरुवात

पोखरा-चितवनको विजयी शुरुवातसँगै पोखरामा सोमबारदेखि सुपर जनरल अन्तरक्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । स्याङजामाथि ६६ रनले पराजित गर्दै चितवनले सुपर जनरल अन्तरक्लबस्तरीय टी–२० मा जित निकाल्दै ३ अंक जोड्यो । के एन स्पोर्टस प्रालिको आयोजनामा सञ्चालित प्रतियोगिताको टस हारेर व्याटिङ गरेको चितवनले २० ओभर पुरै खेल्दै १५४ रनको योगफल तयार पार्यो । पहिलो विकेट ५६ रनमा गुमाएको चितवनले दोस्रो विकेट ८८ रन बनाउँदा खस्यो । केवल ८ ओभरमा ८८ रन बनाएर अगाडि बढेको चितवन बाँकी १२ ओभर खेल्दा… पुरा पढौ