मुख्य समाचार

सडक महोत्सवमा खेलकुद प्रतियोगिता

पोखरा-कोरोना कहरकै बीचमा पोखरामा सडक महोत्सव हुदैं छ । महोत्सब तीन दिन मात्रै गरिने छ । अंगे्रजी नयाँ वर्षको अवसरमा रेष्टुरेण्ट एण्डबार एशोसियनअफ नेपाल(रेबान) पोखराले पुस १५देखि १७गतेसम्म सडक महोत्सव गर्ने निर्णय गरेको हो । सडक महोत्सवसँगै रेबान पोखराले खेलकुद प्रतियोगितालाई प्राथमिकता दिएको छ । खेलकुदकै माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा रेबानले गरेको छ । रेबानले २२ औं संस्करणसम्म आईपुग्दा टेनिस, आर्चरी(तारो हान्ने), डुंगा दौड र बिच भलिबल प्रतियोगितालाई समावेश गरेको छ । विगतमा डुंगा दौड बाहेक अन्य खेललाई… पुरा पढौ

अधिकांश खेल प्रशिक्षक विहीन, शाख जोगाउन सकस

पोखरा-यतिबेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक सुझाव राष्ट्रिय खेलकुद परिषदले मागेको छ । कोरोना कहर छ । कोरोनाले सबैक्षेत्र सन्त्रासमै छ । यद्यपी खेलकुद विस्तारै चलायमान हुदैं गएको छ । खेलकुद गतिविधि बढ्दै गएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी गण्डकी प्रदेशको काँधमा छ । चर्चासँगै प्रशिक्षण गराउनुपर्ने दायित्व समेत बढेको छ । ३५ खेल समावेश छन् । ३५ खेलमध्ये थोरै खेलका मात्रै प्रशिक्षक छन् । सितेरियो कराँते, तेक्वान्दो, उसु, भलिबल, शारीरिक… पुरा पढौ

क्लाईम्बिङको सम्भावना, सामानको अभाव

पोखरा-गण्डकी प्रदेश साहसिक खेल क्लाईम्बिङको लागि गन्तव्य बन्न सक्ने सम्भावना भएपनि आवश्यक उपकरणको अभावमा भने ओझेलमै परेको छ । प्रदेशमा साहसिक खेलको रुपमा वाल(पर्खाल), रक(चट्टान ) र आईस(हिमाल/पिक) क्लाम्बिङ गर्न सकिन्छ । क्लाईम्बिङ मार्फत साहसिक खेलसँगै पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा क्लाईम्बर्सले नै जोड दिदैं आएका छन् । तर आवश्यक उपकरणको अभावले अघि बढ्न सकिएको अवस्था भने छैन् । कुमारी माछापुच्छ्रेको फेदैमा रहेको मर्दी पिक चढ्ने बातावरण तयार ट्रेकिङ व्यवसायी एवं क्लाम्बर्सले गरेका छन् । पिक चढ्नको लागि अप्ठ्रो ठाँउहरुमा डोरी झुण्ड्याउन… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेटलाई कास्कीबाट खेलाडी छनोट

पोखरा-प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि दुई बैकल्पिक खेलाडीसहित १६ सदस्यीय कास्कीको टोली छनोट गरिएको छ । जिल्ला क्रिकेट संघ, कास्कीका सचिव दिपेन्द्रप्रताप चन्दले जारी गरेको विज्ञप्ति अनुसार छनोट गरिएको खेलाडीमा अधिकांश युवा र नयाँ छन् । कास्की जिल्लाको टोलीको नेतृत्व विपिन खत्रीले गर्ने छन् । सिनियर खेलाडीमा दिपेश खत्री रहेका छन् । त्यसैगरी अभिषेक थापा, साहिल कार्की, अरुण अधिकारी, सुदिप पौडेल, अर्जुन कुमाल, कृष्ण पौडेल, अमृत गुरुङ, विश्व कार्की, रमेश बस्नेत, सुवास भण्डारी, नितेश गिरी र देव साह रहेका… पुरा पढौ

सांग्रिला क्लबस्तरीय क्रिकेट च्याम्पियन

पोखरा-माछापुच्छ्रे क्रिकेट क्लबलाई २८ रनले पराजित गर्दै सांग्रिला क्रिकेट क्लब कास्की क्लबस्तरीय छनोट प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । अघिल्ला दुई खेलमा शतकीय पारी खेलेका माछापुच्छ्रेका कप्तान दिपेश खत्री र अभिषेक थापा सस्तैमा पभेलियन फर्किएपछि १५० रनको लक्ष्य पछ्याएको माछापुच्छ्रे क्रिकेट क्लब सोमबार पराजित हुन पुग्यो । पोखरा रगंशाला क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको सांग्रिला क्रिकेट क्लबले ३५.१ ओभर खेल्दै १४९ रनको स्कोर तयार पार्यो । चौथो विकेटको लागि सुदिप पौडेल र अरुण अधिकारीले ६६ रनको साझेदारी गर्दै सम्मानजनकस्थिति… पुरा पढौ

पल्सर स्पोर्टस अवार्ड पुस अन्तिम साता

काठमाडौं-नेपाल खेलकुद पत्रकार मन्च काठमाडौंले पुसको अन्तिम साता ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ गर्ने घोषणा गरेको छ । मन्चले पुस २८ गते आयोजना गर्ने निर्णय आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी गरायो । खेलकुद लामो समयपछि फर्किएको छ । झण्डै नौ महिना कोरोना कहरमा खेलकुद जेलियो । गत वर्ष साग सम्पन्न लगत्तै कोरोना कहरले विश्वलाई छोप्यो । कोरोना कहरकै अवस्थामा स्पोर्टस अवार्डलाई निन्रतरता दिने अठोट मन्चले लिएको छ । स्पोर्टस अवार्ड २०६० सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको छ । २०७२… पुरा पढौ

कास्की क्रिकेट क्लब सात विकेटले विजयी

पोखरा-रमेश बस्नेतले अविजित ५४ रन हिर्काएपछि ७५ रनको लक्ष्य पछ्याएको कास्की क्रिकेट क्लबले १४.१ ओभरमा पुरा गर्दै राईजिङ पोखरा क्रिकेट क्लबमाथि ७ विकेटको जित दर्ता गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा आईतबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा राईजिङ पोखरा क्रिकेट क्लबले दिएको ७५ रनको लक्ष्यलाई बस्नेतले ८ चौका र दुई छक्का हिर्काउँदै अविजित रहेर तीन विकेटको क्षतिमा लक्ष्य पुरा गरेका थिए । ओपनर बस्नेतले ४३ बल खेले । यु–१६ का राष्ट्रिय खेलाडी समेत रहेका अर्जुन कुमालसँगको साझेदारी… पुरा पढौ

डर्बी प्रतिस्पर्धामा रियलको जित

एजेन्सी-मड्रिड डर्बीमा शीर्षस्थानको एट्लेटिकोलाई पराजित गर्दै रियल भने ला लिगको उपाधि रेसमा बलियो बनेर फर्किएको छ । शनिबार राती भएको डर्बी प्रतिस्पर्धामा रियलले एट्लेटिकोमाथि २-० गोलले पराजित गर्यो । पहिलो गोल रियलले गर्दा दोस्रो गोल भने उपहार पाउँदै तीन अंक सुनिश्चित बनाएको थियो । खेलाडी घाईतेले तनाबमा रहेको रियलले एट्लेटिकोलाई पराजित गर्न कासिमिरोले गोल गरे । स्पेनिस ला लिगामा उनले खासै स्कोरिंग गरेका छैनन् । यद्यपी रियलका सबैजसो खेलाडीले गोल गर्दै आएका छन् । कासिमिरोले १५ औं मिनेटमा गोल गर्दै… पुरा पढौ

क्रिकेटर सन्तोष न्यौपानेको घाईते

पोखरा-क्लबस्तरीय क्रिकेट छनोटको पाँचौ दिन आईपुग्दा पोखरा रंगशाला क्रिकेट मैदानमा खेलाडी गम्भीर घाईते भए । पहिलो इनिंग सकिएर दोस्रो इनिंग शुरु गर्ने क्रममा फिल्डिंग गरिरहेका अरण्यज्योति क्रिकेट क्लबका सन्तोष न्यौपाने घाईते भए । उनले डिप मिड विकेटमा चौका जोगाउने क्रममा घाईते भए । उनको बायाँ खुट्टा भाँचिएको छ । कास्की सेवा हस्पिटलमा उपचार गरेपछि चितवन लगिएको छ । उनको देब्रे खुट्टा भाँचिएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । चितवन घर भएका २६ वर्षिय न्यौपाने विगतदेखि नै पोखराबाट क्लबस्तरीय क्रिकेट… पुरा पढौ

पोखरा क्रिकेट क्लब सात विकेटले विजयी

पोखरा-पोखरा क्रिकेट क्लबले क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगितामा शनिबार अरण्यज्योति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ । १३१ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लबले तीन विकेटको क्षतिमा लक्ष्य पुरा गर्ने गोविन्द प्रधान र साहिल कार्कीले अविजित खेले । ३४.१ अ‍ोभरमा लक्ष्य पुरा गर्ने क्रममा प्रधान २९ रनमा नटआउट रहे । उनीसँगे कार्कीले पनि २८ रन नटआउट खेल्दै जितको हकदार बनाए । मुस्कान थापाले ३१ रनको महत्वपूर्ण योगदान दिएपछि पोखरा क्रिकेट क्लबलाई केही सहज हुन पुग्यो । विकास अधिकारीले २२ रन… पुरा पढौ