मुख्य समाचार

सांग्रिला क्लब क्रिकेटको फाईनलमा

पोखरा-विपिन खत्रीले अलराण्डर प्रदर्शन गरेपछि सांग्रिला क्रिकेट क्लबले राईजिङ पोखरा क्रिकेट क्लबलाई १३४ रनले पराजित गर्दै कास्की क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङ गरेको सांग्रिलाले विपिन खत्रीको ९२ रनको योगदानमा २२३ रनको योगफल तयार पारेको थियो । ३८.५ ओभर खेल्ने क्रममा सांग्रिलाले कमजोर देखिएको टोलीमाथि व्याटिङ र बलिङ दुवैमा हावी बन्न पुग्यो । ५० बल खेल्ने क्रममा खत्रीले ९२ रन हिर्काउँदा ६… पुरा पढौ

सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन उपाधी प्रिन्सलाई

काठमाडौं-नेपालका उदियमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिता आफ्नो पक्षमा पारेका छन् । तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको शुक्रबार भएको फाईनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधी जितेका हुन् । प्रिन्सले नगद १ लाख ११ हजार १ सय ११, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेता नविनले नगद ५५ हजार, ५ सय, ५५ हात पारे । सेमिफाईनलमा… पुरा पढौ

माछापुच्छ्रेसँग अरण्यज्योति २०६ रनले पराजित

पोखरा-माछापुच्छ्रे क्रिकेट क्लबले दोस्रो जित निकाल्ने क्रममा अरण्यज्योति क्रिकेट क्लबलाई २०६ रनले पराजित गरेको छ । यो माछापुच्छ्रेको दोस्रो जित हो । अभिषेक थापा र तेजेन्द्र घर्ती मगरले सातौं विकेटको लागि १४० रनको साझेदारी गरेपछि बिहीबार क्लबस्तरीय क्रिकेट प्रतियोगितामा माछापुच्छ्रेले २७६ रनको विशाल योगफल तयार पारेको थियो । कप्तान दिपेश खत्रीलाई ४ रनमै गुमाएको माछापुच्छ्रेको दोस्रो विकेटको रुपमा क्रिजमा छिरेका थापाले उत्कृष्ट लयलाई कायमै राखे । उनले मनोज कोईरालासँग दोस्रो विकेटको लािग ३९ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे… पुरा पढौ

नवौंको मिति परिषद्को बोर्ड बैंठकबाट तय हुने

काठमाडौं- युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार(बिश्वाकर्मा)ले गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगमी राखेपको बोर्ड बैठकमा तय गरिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्आयोजनामा संचालन भएको अन्तक्रिया कार्यक्रममा खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न सक्दैन,कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिलाई कसरी लैजाने यो नै चुनौती र अबिभारा हो । उनले भने– १३औं साग सम्पन्न पश्चात १ बर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ,कोरानाको परिबेश नभएको भए नवौं राष्ट्रिय खेलकुद… पुरा पढौ

कास्की क्रिकेट क्लब सांग्रिलासँग चार विकेटले पराजित

पोखरा-विपिन खत्री र अरुण अधिकारीले चौथो विकेटको लागि ८४ रनको साझेदारी गरेपछि सांग्रिला क्रिकेट क्लबले क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगितामा बुधबार कास्की क्रिकेट क्लबमाथि चार विकेटले पराजित गरेको छ । १४७ रनको कमजोर लक्ष्य पछ्याएको सांग्रिलाले ३२.२ ओभरमा पुरा गर्ने क्रममा कप्तान विपिन खत्रीले भने शर्धशतकीय पारी खेल्दै अनुभवी क्रिकेटरको परिचय दिए । फ्रेन्चाईज क्रिकेटको अनुभव समेत रहेका अलराण्डर विपिनको अविजिति ७० रनको योगदानमा ६ विकेटको क्षतिमा सांग्रिलाले लक्ष्य पुरा गरेको थियो । १२–१ को अवस्थामा रहेको सांग्रिलाले थप पाँच रन… पुरा पढौ

बार्सिलोना युभेन्टससँग घरेलु मैदानमा स्तब्ध

एजेन्सी-युभेन्ट्सले बार्सिलोनालाई नोउ क्याम्पै लज्जास्पद हार चखाउँदा क्रिष्टियानो रोनाल्डो फेरी एक पटक नायक सावित भए । उनले दुई पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाइं उसैको घरमा युभेन्ट्सले ३-०ले पराजित गर्दै स्तब्ध बनाईदियो ।जितसँगै युभेन्टस समूहको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोना दोस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । दुवै अन्तिम खेल अगावै नकाउट चरणमा प्रवेश गरिसकेका थिए । यद्यपी यो खेल प्रतिष्ठाको लागि थियो । च्याम्पियन्स लिगको इटालीको टुरिनमा युभेन्टसको घरेलु मैदानमा मेस्सीले पेनाल्टीमा गोल गर्दै २-० नजिता निकाल्दै… पुरा पढौ

क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता शुरु

पोखरा-प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि पोखरामा क्रिकेट छनोट प्रतियोगिताको शुरुवातसँगै नौ महिनापछि खेलकुद गतिविधि शुरु भएको छ । मंगलबारदेखि लामो समयपछि क्रिकेटको छनोट प्रतियोगिता शुरुभएसँगै खेलकुद गतविधिको शून्यताको अन्त्य भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबारदेखि शुरु भएको छनोट प्रतियोगिताको उदघाटन खेल माछापुच्छ«े क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबमाथि १४ रनको जित निकाल्दै शुरुवात गरेको छ । टस हारेर व्याटिङ्गमा उत्रिएको माछापुच्छ«े क्रिकेट क्लबले दोस्रो विकेटको लागि कप्तान दिपेश खत्री र अभिषेक थापाको उत्कृष्ट… पुरा पढौ

आजराती रोनाल्डो र मेस्सीको प्रतिस्पर्धा

एजेन्सी-क्रिष्टियानो रोनाल्डो विनाको युभेन्टसलाई उसैको घरमा बार्सिलोनाले २-० गोलले पराजित गर्यो । पहिलो लेगमा टुरिनमा भएको प्रतिस्पर्धामा बार्सिलोनाले जित्दा रोनाल्डो मैदानमा उपस्थित थिएनन् । आजराती बार्सिलोना र युभेन्टस बीच च्याम्पियन्स लिगको दोस्रो लेगमा प्रतिस्पर्धा गर्दै छन् । क्याम्प नोउमा दोस्रो लेग हुदाँ बार्सिलोनाले युभेन्टसलाई मात्रै नभई क्रिष्टियानो रोनाल्डो एक पटक स्पेन फर्किने छन् । दुई वर्ष अघि स्पेन छोडेर इटाली पुगेका रोनाल्डो दुईवर्षपछि स्पेन फर्किने तयारीमा छन् । उनको फकाई सार्थक हुने आशा र विश्वासमा युभेन्टस छ । पहिलो लेगमा… पुरा पढौ

सिकागो ओपनमा नेपाली खेलाडीलाई सफलता

काठमाडौं– सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार तेक्वान्दो खेलाडीले पदक जितेका छन् । ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका सन्दीपा अमगाईं, सन्जीब नेपाली, राजु नगरकोटी र प्रेमकुमार दर्नालले पुम्सेतर्पm विभिन्न उमेर समूहमा पदक जितेका हुन् । सन्दीपा र सन्जीबले दुई पदक जित्दा राजु र प्रेमकुमारले १÷१ पदक जितेका थिए । सन्दीपाले महिला ३० वर्षमुनि र सन्जीबले ३१ वर्षदेखि ४० वर्ष उमेरसमूहको स्पोट्र्स पुम्से र ट्रेडिसनल (परम्परागत) पुम्सेमा पदक जितेका थिए । सन्दीपाले ट्रेडिसनल पुम्सेमा रजत पदक… पुरा पढौ

‘माउन्टेन स्पोर्टस गेम’को योजना

पोखरा-स्पोर्टस(खेलकुद) अनि टुरिज्म । एउटै सिक्का दुई पाटा हुन् । खेलकुद पर्यटन प्रवद्र्धनको मेरुदण्ड हो । दीगो पर्यटन प्रवद्र्धनको लागि आगामी पाँचवर्षभित्रमा ‘माउन्टेन स्पोर्टस गेम’ आयोजना गर्ने तयारी छ । पर्वतीय खेलकुद महासंघका अनुसार खेलकुदसँगै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अभियानसहित सन २०२३ देखि २०२५ भित्रमा गेम गर्दै अन्तराष्ट्रिय विश्वव्यापी अभियान चलाउने योजना छ । सन २०२१ को अप्रिलमा पोखरा–जोमसोम क्षेत्रमा अफरोड मोटर रेस गर्ने योजना थियो । तर कोभिड–१९ को महामारीले स्थगित गरिदियो । कालीगण्डकी क्षेत्रमा आयोजना गरिने अफरोड रेस… पुरा पढौ