मुख्य समाचार

साईक्लिङलाई ९८ किलोमिटरको ट्रयाक

पोखरा-पोखरा महानगरपालिकाले कास्कीका ९ वटै ताललाई जोड्ने गरी साईकल ट्रयाक निर्माणको प्रारम्भिक अध्ययन शुरु गरेको छ । पोखरा महानगरपालिका शहरी योजना आयोग तथा साईकल सिटीको सहयोगमा साईकल ट्रयाक निर्माणको लागि प्रारम्भिक अध्ययन शुरु गरेको हो । साईकल सिटी पोखराले प्रारम्भिक अध्ययन गर्दै म्याप बनाउने, भ्यु प्वाईन्ट राख्ने, रेखाकंन गर्ने लगायतका कामहरु गरेको छ । ‘बाराहीघाटबाट शुरु भएको ट्रयाक महानगरकै १६ वटा वडालाई छुन्छ ।’ साईकल सिटी पोखराका आजिवन सदस्य चिन्तामणि बास्तोलाले सुनाए–‘बाराहीघाटमै आएर ट्रयाक र रुट टुग्याईने गरी रेखाकंन गरिदै… पुरा पढौ

रंगशालामा प्रशिक्षण, बढ्यो चहलपहल

पोखरा-पोखरा रंगशाला प्रवेशको लागि खुलेको छैन् । तर रंगशालाभित्र इण्डोर तथा आउटडोरका खेलहरुको प्रशिक्षण भने शुरु भईसकेको छ । प्रशिक्षण शुरु गरिएपछि रंगशाला प्रवेशमा बन्देज भने छैन् । तर आधिकारिक रुपमा पोखरा रंगशाला भने प्रशिक्षणको लागि भने खुलाइएको छैन् । खेलाडीहरु नै स्वयं प्रशिक्षण गर्न प्रवेश गर्दै आएका छन् । उनीहरुलाई रोकतोक गरिएछैन् । जिल्ला खेलकुद विकास समिति कास्की तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरा राष्ट्रिय खेलकुद परिषदको खुलाइएको निर्देशन एवं पत्रचारको पखाईमा छ । पत्राचार एवं निर्देशन नभईकन… पुरा पढौ

कमिन्सको अर्धसतक,मुम्बईद्वारा कोलकत्ता पराजित

एजेन्सी, कात्तिक १ । कोलकत्ता नाईट राइडर्समाथि ८ विकेटको जित निकाल्दै साविकको च्याम्पियन मुम्बई इन्डियन्सले दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा आफ्नो लयलाई कायम राखेको छ । अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा पनि उक्लिएको छ । टस जितेर पहिला ब्याटिङ गरेपछि कठिन सुरुआत गरेको कोलकत्ताले मुम्बईलाई निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रस्तुत लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा… पुरा पढौ

स्वास्थ्यका लागि नियमित स्क्वास खेल्छु–मन्त्री गुरुङ

पोखरा-स्वास्थ्यका लागि खेलकुद । चढ्दो उमेरसँगै स्वास्थ्यप्रतिको सजगता र सचेतना बढदै छ । खास गरी बालबालिकादेखि युवापुस्ता खेलकुदमा होमिएकै हुन्छन् । तर बढ्दो उमेरसँगै व्यस्तताले अभ्यास गर्न निकै कठिन हुन्छ । खेलाडी खेल प्रशिक्षणको लागि लालायित छन् । तर रंगशाला भने आधिकारीक रुपमा खुलेको छैन् । पोखरा रंगशाला आधिकारीक रुपमा खुलाउन जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय खेलकुद परिषदको पत्र नै कुरेको छ । तर प्रशिक्षण भने शुरु भईसकेको छ । बास्केटबल, भलिबल, मुआथाई, टेनिस, स्क्वासको तथा क्रिकेटका खेलहरुको प्रशिक्षण केही… पुरा पढौ

उदाएको हक्की मैदान नहुदाँ अस्ताउँदै

पोखरा,-पोखरामा २०३४ सालदेखि हक्की खेल्न सुरु गरियो । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४०९पोखरा०मा हक्की समावेश थियो । २०४२ सालमा बीरगंजमा तेस्रो राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो ।२०४४ सालमा हेटौंडामा आयोजित राष्ट्रिय हक्कीका गण्डकी अञ्चलले दोस्रो स्थान प्राप्त गरेको थियो । गर्विलो छविको उदाएको हक्की विस्तारै क्षितिजको रेखाबाट टाढियो । दुई दशक हक्की शून्यको अवस्थामा पुग्यो । २०६२र६३ को जनआन्दोलन भयो । जनआन्दोलनले सुस्ताएको हक्कीलाई फेरी एकाएक व्युँतायो । अश्विनीकुमार अधिकारी हक्की प्रशिक्षकको रुपमा पोखरा आए । उनी आएसँगै कास्कीको हक्कीले… पुरा पढौ

चार खेलाडी प्रिमियर लिगमा डेब्युको प्रतिक्षा

एजेन्सी-चार खेलाडीले प्रिमियर लिगमा डेब्यु कहिले गर्छन् यतिबेला सबैलाई चासोको विषय बनेको छ । रियल मड्रिडबाट सातवर्षपछि फर्किएका गारेथ बाले टोटनह्यामबाट डेब्यु कहिले खेल्छन् उनका शुभचिन्तकले चासो व्यक्त गरेका छन् । बाले टोटनह्यामबाटै रियल मड्रिडमा किर्तिमानी मूल्यमा गएका थिए । पछिल्लो समय उनी रियलमा अधिकांश समय बेन्चमै बसेर सिजन विताएपछि यसै सिजन टोटनह्याममा फर्किएका हुन् । उनीमात्रै नभई भर्खरै फ्रि ट्रान्सफरबाट पिएसजीबाट म्यानचेष्टर युनाईटेड भित्रिएका एडिसन काभानीको पनि डेब्यु प्रतिक्षा छ । उनले रातो जर्सी लगाई मैदान उत्रिदैं डेब्यु गर्ने… पुरा पढौ

क्रिस गेलको आगामनमा पञ्जाबको दोस्रो जित

एजेन्सी, असोज ३० । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल)मा बिहीबार तालिकाको पुछारमा रहेको किंग्स इलाभेन पञ्जाबले विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोरमाथि रोमाञ्चक जित निकालेको छ । सारजाहमा बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले दोस्रो जित निकाल्दा प्ले अफ सम्भावनालाई कामयै राखेको छ । सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्न सफल भएको थियो । पन्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय… पुरा पढौ

किंग्सलाई रोयलको १७२ रनको लक्ष्य

सारजहा(एजेन्सी)-कप्तान विराट कोहली अर्धशतक बनाउनबाट दुईरनले चुक्दा रोयल्स च्यालेन्ज बैंग्लोरले किंग्स इलेभन पन्जाबलाइ १७२ रनको चुनौति दिएको छ । सारजहा क्रिकेट मैदानमा भारतीय फ्रेन्चाईज लिग(आईपिएल) बिहीबार राती भएको प्रतिस्पर्धामा मोहम्मद सामीको बलमा आउट हुदाँ कप्तान कोहली ४८ रनमा खेलिरहेका थिए । कप्तान जिम्मेवारी पुरा गर्ने ध्येय देखिएपछि उनको पतनले किंग्सलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । टस जितेर व्याटिंग शुरु गरेको रोयलले ओपनर आरोन फिन्च र देवदत्त पड्डीकलको जोडीलाई छिटै आउट गरेपछि किंग्सले मध्यम लक्ष्य सामना गर्ने तयारी गरेको हो ।… पुरा पढौ

छिटो डिपिआर, ढिलो पूवार्धार

पोखरा-पोखरामा खेलकुदको पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार भएपनि कार्यान्वयनमा आउन सकेको छैन् । पोखरा महानगरपालिकाले पनि डिपिआर बनाएको खेलकुदको पूर्वाधारको काम अघि बढाउन सकेको छैन् । डिपिआर बनेर आउँदा देखिने उत्साह कर्यान्वयनमा हुने ढिलाईले भने खेलकर्मीलाई निराश बनाएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानको डिपिआर बनेको दुई वर्ष भयो । दुई वर्षको अवधिमा सरकारले डिपिआर अन्तर्गत कुनैपनि विकासको काम भने गरेको छैन् । रंगशाला क्रिकेट मैदानको लागि १ अर्ब ८५ करोडको डिपिआर तयार भएको छ । डिपिआर निर्माण… पुरा पढौ

विश्वकप विजेता फ्रान्ससँग उपविजेता क्रोयसिया नेसन्स लिगमा पराजित

एजेन्सी-विश्वकप विजेता फ्रान्सले उपविजेता क्रोयसियामाथि नेसन्स लिगमा २-१ गोलले पराजित गरेको छ । बिहीबार विहान भएको प्रतिस्पर्धामा बार्सिलोनामा आफनो अस्थित्व देखाउन प्रयासरत एन्टोनई ग्रिजमनले फ्रान्सका लागि पहिलो गोलको खाता खोले । विश्वकपमा झैं क्रोयसियामाथि दबाव सृजना गर्ने क्रममा फ्रान्सले ८ औं मिनेटमा पहिलो गोल गरेका थिए । आठौं मिनेटमा पाएको फ्रिककलाई फ्रान्सले सदुपयोग गर्ने क्रममा पहिलो गोल निस्किएको थियो । ग्रिजमनको प्रहार गोलमा परिणत भएपछि क्रोयसिया दबावमा पर्यो । त्यसपछि पहिलो हाफ १-० गोल अन्तरको अग्रतासँग फ्रान्सले दोस्रो हाफ अघि… पुरा पढौ