मुख्य समाचार

राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकाल्दै दिल्ली शीर्ष स्थानमा फर्कियो

एजेन्सी, असोज २९ । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा बुधबार दिल्ली क्यापिटल्सलाई पराजित गर्दै पुनः शीर्ष स्थानमा फर्किएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले राजस्थान रोयल्समाथि १३ रनको रोमाञ्चक जित निकाल्दै आफ्नो लयलाय कायम राखेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२ रन… पुरा पढौ

कोरोना संक्रमित क्रिष्टियानो रोनाल्डो इटाली फर्किए

एजेन्सी-कोरोना भाईरस संक्रमित भएका पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डा इटाली फर्किएका छन् । कोरोना भाईरस संक्रमण भएपनि उनी पोर्चुगलको स्क्वाडबाट बाहिर रहेका छन् । पोर्चुगलले बिहीबार विहान स्वीडेनसँग नेसन्स लिग खेल्दै छ । सर्वाधिक गोलकर्ता बन्ने दौडमा रहेका रोनाल्डो कोरोना संक्रमित भएपछि उनको लक्ष्यमा धक्का लागेको छ । देशको लागि सर्वाधिक गोल गर्ने सूचीमा इरानका अली दाइको नाममा छ । उनले १०९ गोल गरेका छन् । रोनाल्डो १०२ गोलको अवस्थामा छन् । सात गोलले अलि दाइको रेकर्ड भन्दा पछि छन् ।… पुरा पढौ

राजस्थानलाई दिल्लीको मध्यम लक्ष्य

दुबई(एजेन्सी)-दिल्लीले राजस्थानलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । आईपिएलको ३० औं खेल अन्तर्गत बुधबार दुबईस्थित दुबई इन्टरनेशल स्टेडियममा भएको प्रतिस्पर्धामा दिल्लीले ७ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पार्यो । पृथ्वी शालाई गोल्डन डकको शिकार भए । उनी जोफ्रा आर्चरको बलमा पहिलो ओभरकै पहिलो बलमौ पभेलियन फर्किए । त्यसपछि दुई रनमा अजिंक्य राहाणे आउट भएपछि धर्मराएको दिल्लीलाई शिखर धवन र कप्तान श्रेयस आयरले सम्हाले । दुवैले अर्धशतक पारी खेल्दै महत्वपूर्ण साझेदारी समेत निभाए । राहाणेलाई पनि आर्चरले नै पभेलियनको बाटो… पुरा पढौ

पुलिसद्धारा रितेशको निलम्बन फुकुवा

काठमाडौं, असाेज २८ । म्याच फिक्सिङको आरोपमा विभागबाट निलम्बनमा परेका राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य रितेश थापामाथिको निलम्बन फुकुवा भएकाे छ । रितेशलाई प्रहरीले असोज १९ गतेबाट लागू हुने गरि कारबाही फुकुवा गरेको हो । देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा रितेश सहित राष्ट्रिय फुटबल टिमका ६ सदस्यविरुद्ध अदालतमा मुद्धा दायर भएको थियो । गत असार २ गते सर्वोच्च अदालतले म्याच फिक्सिङ्गको आरोपमा रितेश सहित ६ खेलाडीलाई सफाई दिने निर्णय गरेको थियो । अदालतले म्याच फिक्सिङको कार्यमा… पुरा पढौ

अर्जेन्टिनाको पुनरागमन जित, नेयमारको ह्याट्रिक

एजेन्सी-अर्जेन्टिनाले बोलिभिया विरुद्ध कमव्याक जित निकालेको छ । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत बुधबार विहान भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले बोलिभियामाथि २-१ गोलले पराजित गरेको हो । पहिलो हाफमै दुवैले एक एक गोलको बराबरी खेल्यो ।अर्जेन्टिनाले कमब्याक गोल गर्दै बराबरी गरेको थियो । २४ औं मिनेटमा बोलिभियाले अग्रता लियो । केही दिन अघि मात्रै ब्राजिलसँग लज्जास्पद हार व्यहोरेको बोलिभियाले अर्जेन्टिनासँग भने निकै सुधारिएको प्रदर्शन गर्यो । २४ औं मिनेटमा मार्सेलो मोरेनोको गोलबाट बोलिभियाले अग्रता लिएको थियो । तर पहिलो हाफ हुन इन्जुरी समय… पुरा पढौ

स्पेन युक्रेनसँग पराजित, जर्मनी र स्वीट्जरल्याण्ड बराबरी

एजेन्सी-नेसन्स लिग अन्तर्गत स्पेन युक्रेनसँग पराजित भएको छ । युक्रेनले स्पेनमाथि १-० गोलले पराजित गरेको हो । युक्रेनका लागि निर्णायक गोल ७६ औं मिनेटमा भिक्टोर साईगान्कोचले गरेका थिए । उनको निर्णायक गोलसँगै स्पेन युक्रेनसँग स्तब्ध बन्न पुग्यो । उता अर्को खेलमाजर्मनीले गएराती स्वीट्जरल्याण्डसँगको खेल बराबरीका टुंग्याएको छ । अन्तिम समयमा १० खेलाडीमा समेटिएको स्वीट्जरल्याण्डले जर्मनीसँगै ३-३ गोलको बराबरी खेल्यो । जर्मनीमाथि अग्रता लिदैं शुरुवात गरेको स्वीट्जरल्याण्डको अन्तिम समय भने निकै खराब रह्यो । मारियो गाभ्रानोभिले महत्वपूर्ण दुई गोल गर्दै जर्मनीमाथि… पुरा पढौ

५ हजार रनको कोशेढुंगा पार गर्न १० रनले चुके वार्नर

दुबई-५ हजार रन पुरा गर्न केवल १९ रनमात्रै थियो । तर डेविड वार्नर ९ रनमै पभेलियन फर्किएपछि अर्को खेलको प्रतिक्षा गर्नुपर्ने छ । सनराईज हैदरावादका कप्तान अष्ट्रेलियन व्याट्सम्यान डेविड वार्नरले आईपिएलको करियरमा ५ हजार रन पुरा गर्नबाट १० रनले चुकेका छन् । ओपन व्याट्सम्यानको रुपमा रहेको वार्नरले ५ हजार रन पुरा गर्न अर्को खेल कुर्नुपर्ने छ । उनी साम कुरुनको बलमा क्याच आउट हुदैं कोशेढुंगा पार गर्नबाट चुक्न पुगे । उनको आईपिएलको १३५ औं खेलमा ५ हजार रन पुरा हुने… पुरा पढौ

सनराईजलाई चेन्नईको १६८ रनको चुनौति

एजेन्सी,दुबई-चेन्नई सुपर किंग्सले छ विकेटको क्षतिमा १६७ रन बनाउँदै जितको लागि सनराईज हैदरवादलाई १६८ रनको चुनौति दिएको छ । दुबईस्थित दुबई इन्टरनेशनल स्टेडियममा भारतीय फ्रेन्चाईज लिग(आईपिएल)को २९ औं खेलमा मंगलबार फाफ डु फ्लेसिसलाई शून्य रनमै पभेलियनको बाटो समाएपछि कमजोर बनेको चेन्नईलाई साम कुरन, सेन वाट्सन, अम्बाती रयुदुले सम्हाले । उनीहरुले गरेको योगदानमा कप्तान महेन्द्रसिहं धोनी तथा नटआउट रहँदै रविन्द्र जडेजाले पनि महत्वपूर्ण भूमिका खेले । कुरन ३३ बरन बनाए । २१ बल खेले । ३ चौका र दुई छक्का खातामा… पुरा पढौ

सरकार र राखेपलाई किरण चेम्जोङको खुलापत्र… खेलाडी सधैँ काठमाडौंको धुलोमा, तपाईंहरू चाहिँ चिल्लो गाडीमा?

काठमाडौं, असाेज २७ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जाेङले सरकार र खेलकुद परिषद्लाई खुलापत्र लेखेका छन्। फेसबुकमार्फत् उनले खुलापत्र लेखेका हुन्।  यस्ताे छ उनले लेखेकाे खुलापत्र आदरणीय राष्ट्रिय खेलकुद परिषद तथा सम्माननीय सरकारलाई म सानो खुला पत्र लेख्न चाहन्छु। म नेपाली राष्ट्रिय फुटबल टोलीको तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगत तर्फबाट र अखिल नेपाल फुटबल संघ (एन्फा)को तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर आवश्यक मापदण्ड पूरा गरी सम्पूर्ण खेलकुद पूर्ण रूपमा सुचारु गर्न हजुरहरूलाई अनुरोध गर्दछु।… पुरा पढौ

पेरु र ब्राजिल भिड्दै, पेरुका दुई खेलाडी कोरोना संक्रमित

एजेन्सी-आजराती पेरुले ब्राजिलसँग विश्वकप छनोटको लागि प्रतिस्पर्धा गर्दै छ । प्रतिस्पर्धाकै पूर्वसन्ध्यमा पेरुका दुई खेलाडी कोरोना संत्रमण पुष्टि भएको छ । कोरोना पुष्टिभएसँगै दुई खेलाडी अनुपस्थिति हुने छ । राउल रुइडियज र एलेक्स भलेरालाई कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सोमबारको प्रशिक्षणको दौरान उपस्थिति भएनन् । लिम्बाज राष्ट्रिय स्टेडियममा पाँच पटकको विश्व विजेतासँग पेरुले प्रतिस्पर्धा गर्ने छ । पेरुको फुटबल संस्था एफपिएफले खेलाडीहरुका जटिल संक्रमणको अवस्था नभएको जनाएको छ । उनीहरु टिमबाट बाहिर एकान्तबास बसेका छन् । कतारमा २०२२… पुरा पढौ