मुख्य समाचार

नवनियुक्त बोर्ड सदस्यद्वारा शपथ ग्रहण

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले सोमबार शपथ ग्रहण गरेका छन् । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त ११ बोर्ड सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । मन्त्रीपरिषद्को गत असोज २९ गतेको बैठकले हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहम्मद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई र सुमित्रा चौधरीलाई राखेपको सदस्यमा नियुक्त गरेको थियो । त्यस्तै मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद संघको सिफारिसमा रेणुका श्रेष्ठ तथा सुवर्णाकेशरी… पुरा पढौ

आईपिएलकै इतिहासमै एकैदिन तीन सुपर ओभर

दुबई(एजेन्सी)-भारतीय फ्रेन्चाईज क्रिकेट लिग(आईपिएल)को इतिहासमा गएराती दुई खेलको नतिजा तीन सुपर ओभरमा टुंगियो । पहिलो सनराईज हैदरावाद र कोलकोत्ता नाईट राइर्डस बीचको खेल टाई हुदैं सुपर ओभरमा हारजितको टुंगो लगाइएको थियो । सुपर ओभरमा कोलकोत्ताले सनराईजलाई पराजित गर्यो । अर्को खेलमा मुम्बई इण्डियन्स र किंग्स इलाभेन पन्जाब बीचको खेल पनि टाई हुदैं सुपरओभरमा पुग्यो । मुम्बई र पन्जाबको पहिलो सुपर ओभर समेत टाई हुदाँ नजिता दोस्रो सुपर ओभरमा निर्णय भएको थियो । मुम्बई र पन्जाबले समान ६ विकेटको क्षतिमा दुवैले… पुरा पढौ

सात वर्षपछि बेलको डेब्यु, वेष्टह्यामसँग बराबरी

एजेन्सी-सात वर्षपछि टोटनह्यामबाट वेल्सका स्ट्राईकर गारेथ बेलले डेब्यु गरेका छन् । उनले ७२ औं मिनेटमा मैदान छिर्दै टोटनह्याममा सातवर्ष पछि डेब्यु गरेका हुन् । उनी स्टेफन बर्गविजेनको स्थानमा मैदान छिरेका थिए । इंग्लिस प्रिमियर लिगबाट सात वर्ष अघि टोटनह्यामबाट बेल सर्वाधिक महंगा खेलाडीको रुपमा रियल मड्रिड गएका थिए । पछिल्लो समय रियल मड्रिडमा रोजाईमा पर्न नसकेपछि बेन्चमै बसेर सिजन विताएका बेल यसै सिजन लोनमा रियलबाट टोटनह्याम आएका हुन् । डेब्यु गरेको खेलमा उनले स्कोरिंग नगरेपनि नजिता भने बराबरीमै चिक्त बुझाए… पुरा पढौ

फुलह्याम र सेफिल्ड युनाईटेड बराबरी

एजेन्सी-अन्तिम समयमा दश खेलाडीमा सीमित भएको ब्रिङटनले अन्तिम समयमै कमब्याक गर्दै क्रिष्टल प्यालेसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । इंग्लिस प्रिमियर लिग अन्तर्गत आईतबार राती भएको प्रतिस्पर्धामा प्यालेसले पहिलो हाफमा गोल गर्दै जित तर्फ उन्मुख भएपनि अन्तिम समयमा सम्हालिन नसक्दा दुई अंक गुमाउँदै एक अंकमा सीमित हुन पुग्यो । विल्फ्रेड जाहाले १९ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै दिलाएको अग्रता खेलको अन्तिम मिनेटमा जितको खुशी मनाउने क्षणमा क्रिष्टल प्यालेस निराश हुन पुग्यो । ९० औं मिनेटमा एलिक्स म्याक… पुरा पढौ

कोलकोत्ता सुपरओभरमा भाग्यमानी

अबुधावी-सुपर ओभरमा कोलकोत्ता नाईट राईडर्सले सनराईज हैदराबादलाई पराजित गरेको छ । ३ रनको लक्ष्य पाएको कोलकोत्ताले दिनेश कार्तिक र इओईन मोर्गानमा क्रिजमा थिए । कार्तिकले दुई रन लेगबाई मार्फत लिएपछि कोलकोत्ता सुपर ओभरमा भाग्यमानी बन्यो । सुपर ओभरमा कोलकोत्ताका लोकी फर्गुसनको बलिंग निकै घातक बन्यो । फर्गुसनको पहिलो वलमै सनराईजका कप्तान डेविड वार्नर आउट हुन पुगे । तीन बलमा दुई विकेट गुमायो । केवल दुई रन मात्रै जोडियो । लोकी फर्गुसनले सुपर ओभरमा दुई विकेट लिदैं दुई रन मात्रै खर्चिए… पुरा पढौ

रियल र बार्सिलोना स्तब्ध,एथलेटिकोलाई तीन अंक

एजेन्सी-स्पेनिस ला लिगामा रियल मड्रिड काडिफसँग स्तब्ध हुदाँ एथलेटिको मड्रिडले भने सेल्टिक भिगोलाई २-० गोलले पराजित गरेको छ । आईतबार बिहान भएको खेलमा रियल काडिफसँग १-० गोलले स्तब्ध बन्न पुग्यो । काडिफको लागि निर्णायाक गोल भने एन्थोनी लोजानोले गरेका थिए । उनले १६ औं मिनेटमा गरेको गोल निर्णायक हुदाँ काडिफले तीन अंक जोड्दै शीर्षस्थानको रियलसँग १० अंकसहित बराबरीमा रह्यो । उता बार्सिलोना पछि गेटाफेसँग स्तब्ध हुन पुग्यो । पहिलो हाफ गोलरहित टुंगिएको खेलमा दोस्रो हाफमा पाएको पेनाल्टीमा गेटाफेले बार्सिलोनालाई स्तब्ध… पुरा पढौ

मुम्बई र दिल्लीको शीर्ष होडबाजी, दिल्ली पुनः शीर्ष स्थानमा फर्कियो

एजेन्सी, कात्तिक २ । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्सलाई हराएको छ । सारजाहमा शनिबार भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानामा फर्किएको हो । सारजाह क्रिकेट मैदानमा चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले एक बल बाँकी रहँदा ५ विकेट गुमाएर पुरा गरेको थियो । दिल्लीको जितका लािग शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन… पुरा पढौ

चेल्सीसँग साउथह्यामटनको बराबरी

एजेन्सी-साउथ ह्यामटनले इन्जुरी समयमा जेन्निक भेष्टरगार्डले गोल गरेपछि चेल्सीसँगको खेलमा सम्भावित हारबाट जोगाएका छन् । इंग्लिस प्रिमियर लिगमा चेल्सी र साउथह्यामटनमाथि ३-३ गोलको बराबरी गोलसँगै एक एक अंक बाँडेका छन् । । शनिबार राती भएको प्रतिस्पर्धामा टिमो वार्नरले चेल्सीका लागि दुई गोल गरेका थिए । खेलको १५ औं मिनेटमा टिमोले पहिलो गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल पनि उनैले गरे । दोस्रो गोल २८ औं मिनेटमा गर्दै अग्रतालाई दोब्बर बनाए । तर पहिलो हाफ हुनु अघि नै… पुरा पढौ

रोयलद्वारा दुई बल बाँकी छदा राजस्थानमाथि ७ विकेटको जित

दुबई-अन्तिम ओभरमा जितको लागि रोयल च्यालेन्ज बैंग्लोरलाई १० रन चाहिएको थियो । चौथो बलमा एबी डि भिलियर्सले छक्का प्रहार गर्दै दुई बल बाँकी छँदा रोयल च्यालेन्ज बैंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । राजस्थानले १७७ रनको योगफल तयार पारेको थियो । असम्भव बन्दै गएको जितलाई चौथो विकेटको रुपमा एबी र गुर्किरात सिंहले ७४ रनको साझेदारी गरेपछि रोयलले १७८ रनको लक्ष्यलाई दुईबल बाँकी छदा पुरा गर्दै बैंग्लोरलाई जित दिलाए । देवदत्त पड्डीकल र आरोन फिन्चले राम्रै शुरुवात गरेका थिए… पुरा पढौ

एभर्टन र लिभरपुल बराबरीमा, अंक बाडे

एजेन्सी-इंग्लिस प्रिमियर लिगको शनिबार साँझ भएको मर्सी डर्बी प्रतिस्पर्धामा लिभरपुलले एभरर्टनसँग २-२ गोलको बराबरी टुग्याएको छ । एभर्टनले लिभरपुलसँग पहिलो हाफ बराबरीमा टुंग्याउँदा दोस्रो हाफमा पनि समान एक एक गोल गर्दै बराबरीमा टुंगिएको हो । दुवैले एक एक अंक बाडेका छन् । सादियो मानेले लिभरपुललाई गोल गर्दै अग्रता दिलाए । उनले ३ मिनेटमा एन्ड्री रोबर्ट्सनको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर एभरर्टनले पनि पहिलो हाफ हुनु अघि नै गोल गर्दै बराबरीमा ल्यायो । जेम्स रोड्रिगुईजको पासमा माईकल… पुरा पढौ