मुख्य समाचार

पोल्याण्डकी १९ वर्षिय स्वायटेकलाई फ्रेन्चओपनको उपाधि

एजेन्सी-५४ औं स्थानमा रहेकी १९ वर्षिया पोल्याण्डकी ईगा स्वायटेकले चौथो बरियताकी अमेरिकन सोफिया केनिनलाई सोझो सेटमा पराजित गर्दै करियरको पहिलो ग्राण्डस्लामको रुपमा फ्रेन्च ओपन जितेकी छन् । फ्रान्सको फिलिपे चाटरियर कोर्टमा शनिबार भएको फाईनलमा स्वायटेकले केनिनमाथि ६-४, ६-१ को सेटले पराजित गर्दै फ्रेन्च ओपनको उपाधि उचालिन् । पहिलो सेट ४-४ को स्थितिमा रहदाँ केनिनले आफनो सर्भिस प्वाइन्ट गुमाउँदा सेट स्वायटेकको पक्षमा गएको थियो । ५-४ ले अग्रता लिएपछि स्वायटेकले आफनो सर्भिसमा प्वाईन्ट जोड्दै पहिलो सेट लिन लामै समय खर्चिनु परेन्… पुरा पढौ

किंग्स कोलकोत्तासँग दुई रनले पराजित

अबुधावी-केएल राहुल र मायांक अग्रवालले पहिलो विकेटको लागि ११५ रनको साझेदारी गरेपछि किंग्स इलेभन पन्जाबले कोलकोत्ता राईट राइर्डसले दिएको १६५ रनको लक्ष्य पछ्याउँदा पछ्याउँदै अन्तिममा २ रनले हारसँगै शनिबारको खेल टुग्याएको छ । अन्तिम ओभरमा १४ रन चाहिएको थियो जितको लागि । तर १ बल बाँकी हुदाँ ७ रनको खाँचो थियो । त्यही बेला सुनिल नरानेले विकेट लिए । दबावमा पुर्याएपछि किंग्सले सम्भावित जित नजिक पुगेर हार व्यहोर्न पुग्यो । ओपनर व्याट्सम्यान दुवैले शतकीय साझेदारी गर्दै उत्कृष्ठ शुरुवात दिलाएपछि किंग्सले… पुरा पढौ

कोलकोत्ता नाईट राईडर्सले बनायो १६४ रन

एजेन्सी-ओपनर सुभम गिलले अर्धशतक हिर्काएपछि धर्मराएको कोलकोत्ता नाईट राइर्डसको इनिंग सम्हाल्दै किंग्स इलेभन पन्जाबलाई १६५ रनको चुनौति दिएको छ । अबुधावीस्थित जियाद क्रिकेट स्टेडियममा भारतीय फ्रेन्चाईज लिग आईपिएलको २४ औं खेलमा राहुल त्रिपाठी(४) र नीतिश राना(२) आउट भएपछि ओपनरको रुपमा रहेका सुभमले धैर्यताका साथ व्याटिंग गर्दै ५७ रनको पारी खेले । ४७ बल खेल्दै ५७ रन बनाउँदा कोलकोत्ताले सम्मानजनक स्कोर बनाउने लक्ष्य तर्फ उन्मुख थियो । इयोन मोर्गानलाई समेत २४ रनमै गुमाएको कोलकोत्तालाई सम्हाल्ने जिम्मेवारी दिनेश कार्तिकको काँधमा आईपर्यो ।… पुरा पढौ

राखेप बोर्ड सदस्यमा गुरुङको ह्याट्रिक

पोखरा-राष्ट्रिय खेलकुद परिषदका पूर्व बोर्ड सदस्य राजेश गुरुङ तेस्रो पटक परिषदको बोर्ड सदस्यमा नियुक्त भएका छन् । खेलकुद परिषदकै इतिहासमा एउटै व्यक्ति तीन पटकसम्म बोर्ड सदस्य भएको सम्भवत गुरुङ पहिलो हुन् । नेपाल बक्सिङको उपाध्यक्ष भएको समयमा गुरुङले महिला तथा पुरुष बक्सिङ प्रतियोगिता आयोजनाको अगुवाई गरे । त्यही प्रतियोगितामा खेलाडीलाई पुरस्कार स्वरुप सुन जडित मेडल प्रदान गरिएको थियो । गुरुङ पहिलो पटक २०६५/६६ को लागि राखेपको बोर्ड सदस्य नियुक्त भएका थिए । तत्कालिन हरिबावु चौधरी सदस्य सचिव हुदाँ गुरुङ बोर्ड… पुरा पढौ

बोलिभिया विरुद्ध ब्राजिलको गोलवर्षा

एजेन्सी-विश्वकप छनोट अन्तर्गत ब्राजिलले बोलिभियामाथि एकपक्षीय नजिता निकालेको छ । पहिलो हाफमै २-०ले पछि परेको बोलिभियाले दोस्रो हाफमा भने अझै गोलको भार बोक्यो । मर्र्किन्होसले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो गोल भने रोबर्टो फिरमिनले व्यक्तिगत पहिलो गोल ३० औं मिनेट गर्दै अग्रता दोब्बर बनाए । उनले व्यक्तिगत दोस्रो गोल भने ४९ औं मिनेटमा गर्दै ब्राजिलको अग्रतालाई तेब्बर बनाए । जोसे कारास्को आत्मघाती गोलको उपहार ब्राजिलको पोल्टामा हालिदियो । खेलको अन्तिम गोल भने ७३ औं मिनेटमा फिलिप… पुरा पढौ

राजस्थानलाई हराउँदै दिल्ली क्यापिटल्सआईपीएलको शीर्ष स्थानमा फर्कियाे

एजेन्सी, असाेज २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति सारजाह क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले हराएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको दिल्लीले १२ रनमा पहिलो विकेट गुमायो । दिल्लीका लागि ओपनर शिखर धवन मात्र ५ रनमा आउट भए। अर्का ओपनर पृथ्वी श १९ रनमा आउट भएपछि दिल्लीले ४२… पुरा पढौ

नाडाल फ्रेन्च ओपनको फाईनलमा

एजेन्सी-स्पेनिस राफाल नाडाल फ्रेन्चओपन टेनिसको फाईनल प्रवेश गरेका छन् । फिलिपे चाटरियर कोर्टमा शुक्रबार भएको सेमिफाईनलमा नाडालले १२ औं बरियताका अर्जेन्टिनाको डियागो सचवार्थमेनलाई सोझो सेटमा पराजित गर्दै उपाधि निकट पुगेका हुन् । अर्को सेमिफाईनल खेल नोभाक जोकोभिच र ग्रिसका स्टेफानोस सिसिपाससँग खेल्ने छन् । शुक्रबार भएको प्रतिस्पर्धामा नाडालले डियागोलाई ६-३, ६-३ र र अन्तिम सेट टाइ्रबेकमा ७-६(०) पन्छाएका थिए । पहिलो र दोस्रो सेट सहज लिएपछि नाडालले तेस्रो सेट लिन भने निकै मेहनत गर्नुपर्यो । क्र्वाटरफाईनलमा डियागोले डोमेनिक थीमलाई पाँचै… पुरा पढौ

विश्वकप छनोट, अर्जेन्टिनालाई पेनाल्टीको भाग्य

एजेन्सी-लियोनेल मेस्सीको निर्णायक गोलसँगै अर्जेन्टिनाले विश्वकप छनोट प्रतिस्पर्धामा इक्वाडोरमाथि १-०को कठिन जित निकालेका छ । बार्सिलोनाका स्टार मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै अजेन्टिनाको जित सम्भव बनाएका थिए । उनको पेनाल्टी गोलले अर्जेन्टिनाले आफनो इज्जत जोगाउन सफल भयो । अर्जेन्टिनाका लुकास ओकम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पेनाल्टीको अवसर पाएको थियो । लुकासले अर्जेन्टिनाकाा प्रभिस इस्तुपिनानलाई लडाएपछि प्राप्त पेनाल्टीलाई मेस्सीले सहज गोल गर्दै जित आत्मसात गरेका हो । पहिलो हाफको अतिरिक्त समयमा इक्वाडोरका रेनाटो आईबराले क्रस गरेको बललाई रोर्बटो अर्बोलेडाले हानेको हानेको हेडर… पुरा पढौ

पन्जाबमाथि हैदरावादको सहज जित, पन्जाबको पाँचौ हार

एजेन्सी, असोज २३ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वान्टी–२० क्रिकेटमा सन राइजर्स हैदरावादले तेस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो । पहिलो ब्याटिङ गरेको हैदरावादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३२ रनमा समेटियो । खेलमा पन्जाबका लागि निकोलस पुरनले सर्वाधिका ७७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि… पुरा पढौ

पोल्याण्डकी ईगा र अमेरिकन केनिन पहिलो ग्राण्डस्लामको होडमा

एजेन्सी-फ्रेन्च ओपन टेनिस महिला तर्फको ग्राण्डस्लाम नयाँ खेलाडीको हातमा पुग्ने छ । फ्रान्सको फिलिपे चाटरियर टेनिस कोर्टमा बिहीबार दोस्रो सेमिफाईनलमा अमेरिकन सोफिया केनिनले चेक रिपब्लिकाकी पेट्रा केभिटोभालाई पराजित गर्दै फाईनल सुरक्षित गरेकी हुन् । चौथो बरियताकी २१ वर्षिय अमेरिकन खेलाडी कीनले ६-४ र ७-५ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन् । कीनले फाईनलमा उपाधिको लागि पोल्याण्डका ईगा स्वायटेकसँग प्रतिस्पर्धा गर्ने छिन् । ५४ औं स्थानमा रहेकी स्वायटेकले अर्जेन्टिनाकी नाडिया पोडोरोस्कालाई ६-२ ६-१ सोझै सेटमा पन्छाएकी थिईन् । कीन… पुरा पढौ