पोखरा(खेलाडी न्युज)-कार्तिक ९ गतेदेखि पोखरा रंगशालामा हुने पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता आवश्यक मैदानको तयारी तिब्र रुपमा गरिएको छ । क्रिकेट पीच, आउट फिल्डको लेभलिङ लगायतका कामहरु अन्तिम चरणमा पुगेको छ । अस्याथी प्यारापिट, खेलाडीलाई पेभेलियन, बाउण्ड्री रोप, स्थायी स्कोरबोर्डको व्यवस्थापन गर्नुपर्ने काम बाँकी रहेको आयोजक क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले बताए । पोखरा प्रिमियर लिगमा पोखरासँगै विराटनगर, काठमाडौ, बुटवल, नेपालगन्ज र धनगढी फ्रेन्चाईज शहर हुने छन् । ६ फ्रेन्चाईज शहरले दुई विदेशी खेलाडी राख्न पाउने छ…
पुरा पढौ