मुख्य समाचार

पेरुको पेनाल्टी मिस, जितसँगै डेनमार्कको विश्वकप यात्रा

एजेन्सी-पेनाल्टी चुकेपछि पेरु डेनमार्कसँग पराजित हुदैं खराब लयबाट विश्वकपको यात्रा थालनी गरेको छ । कठिन जित निकाल्ने क्रममा डेनमार्कले पेरुलाई १-०ले पराजित गरेको हो । डेनमार्कले आफ्नो विश्वकप यात्रा पेरु विरुद्धको कठिन जितबाट सुरु गरेको छ । पहिलो हाफमा पेनाल्टीको अवसर खेर फालेको पेरुलाई हराउँदै डेनमार्कले समूह सीमा तीन अंक जोडेको छ । विश्वकपमा पहिलो पटक भिडियो एसिस्टेण्ट रेफ्रीको उपयोग गरियो । पहिलो हाफको इन्ज्युरी समयमा क्रिष्टियन कुयभामाथि फल भएपछि पेनाल्टी दिइएको थियो । भिडियो एसिस्टेन्ट रेफ्रीमार्फत रिप्ले हेरेपछि दक्षिण… पुरा पढौ

महिला भलिबलमा न्यु डायमण्डमाथि शसस्त्र सदैव हावी

पोखरा(खेलाडी न्युज)-शसस्त्र प्रहरी बलले पोखराको भलिबल कोर्टमा शिवम न्यु डायमण्डलाई फेरी एक पटक पराजित गर्दै भलिबलमा आफनो गरिमालाई जोगाईराखेको छ । न्यु डायमण्डले दुई सेट आफनो पक्षमा पार्दै अगाडि बढ्यो । न्यू डायमण्डले पहिलो सेट २५–१७ र दोश्रो सेट २५–२० स्कोरले लिदैं निर्णायक सेट जित्ने अभियानमा अग्रसर रह्यो । तर सरस्वती चौधरीको प्रेरणादायी खेलमा शसस्त्र प्रहरी बलले २५–२० र चौथो सेट २५–१६ र अन्तिम सेट १५–१३ को जित्दै न्यु डायमण्डलाई कमजोर नै रहेको सावित गराई छाड्यो । ओलिम्पिक दिवसको अवसरमा… पुरा पढौ

मेसी पेनाल्टीमा चुके, १–१ गोलसँगै अर्जेन्टिनाले आईसल्याण्डसँग अंक बाड्यो

एजेन्सी-एक पेनाल्टी, तीन फ्रिकिक । अर्जेन्टिनाका लेजेण्ड लियोनेल मेसीले हाने । तर सबै कमजोर प्रहारमा परिणत भयो । दोस्रो हाफमा पाएको पेनाल्टीलाई मेसीले आईसल्याण्डका गोलकिपरले डाईभिङ पन्च गर्दै बचाउ गरेपछि अर्जेन्टिनाले आईसल्याण्डमाथि सुनिश्चित जितबाट निकै टाटा पुग्यो । ८० प्रतिशत बल होल्ड गरेको अर्जेन्टिनाको एकपछि अर्को प्रहारलाई आईसल्याण्डका खेलाडी पुरै डिफेन्सीभ खेल्दै निराश बनाउँदै अर्जेन्टिनासँग अंक खोस्यो । अग्रता लिएको चार मिनेटमै बराबरी गोल गरेपछि आईसल्याण्डले अर्जेन्टिना सितको विश्वकपमा पहिलो भेट अविस्मरणीय बनाएको छ । सर्जियो अगुईरोले लेफ्ट फुटेट किक… पुरा पढौ

आईसल्याण्डले पहिलो हाफ अर्जेन्टिनासँग बराबरी खेल्यो

एजेन्सी-अग्रता लिएको चार मिनेटमै बराबरी गोल गरेपछि आईसल्याण्डले अर्जेन्टिना सितको विश्वकपमा पहिलो भेट अविस्मरणीय बनाएको छ । सर्जियो अगुईरोले लेफ्ट फुटेट किक फष्टबार हुदैं जाली चुमेपछि १९ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । जाभियर मासेरानोको पासमा डिबक्सभित्रबाट अगुईरोले गोल गरेका थिए । तर चार मिनेटमै आईसल्याण्डले बराबरी गोल फर्काउँदै अर्जेन्टिनामाथि दबाव राख्दै बलियो चुनौति तेर्सायो । २३ औं मिनेटमा अल्फेड फिनाबोगासनले गोल गर्दै बराबरीमा ल्याए । बलमाथिको नियन्त्रण पूर्ण रुपमा अर्जेन्टिनाले राख्यो । विश्वकपमै निकै कठिन रुपमा छनोट पार… पुरा पढौ

गल्फकोर्ष बनाउन स्थान पहिचानसहितको प्रतिवेदन पेश ‘गल्फ कोर्ष होईन गल्फ स्कुल बनाउनुपर्छ’

पोखरा(खेलाडी न्युज)-पोखरामा गल्फ स्कुल निर्माण गर्नुपर्ने जोड दिदै कास्की जिल्ला गल्फ संघले पोखरा र नवलपुरमा गल्फकोर्ष निर्माण गर्न सकिने प्रतिवेदन पेश गरेको छ । मुस्ताङचोकमा रहेको गल्फ स्कुललाई सरकारीस्तरबाट सञ्चालन गरिनुपर्ने माग समेत संघले गरेको छ । निजी क्षेत्र हिमालयन गल्फ कोर्षले सञ्चालन गर्दै आएको नेपालकै एकमात्रै गल्फ स्कुल आर्थिक अभावले बन्द गर्नुपर्ने अवस्था रहेको भन्दै सरकारले गल्फकोर्ष निर्माण अघि स्कुल सञ्चालन गर्नुपर्ने सुझाव पेश गरिएको नेपाल गल्फ संघको केन्द्रीय सदस्य भुबहादुर (भुवन) गुरुङले बताए । स्कुल निजी स्रोतबाट चलाइएको… पुरा पढौ

फ्रान्सेली जितमा पोग्बा नायक

एजन्ेसी-उपाधिका दावेदारीको रुपमा हेरिएको फ्रान्सले एशियाली देश अष्ट्रेलियामाथि २–१ ले पराजित गर्दै तीन अंक जोडेको छ । एन्टिनो ग्रिजम्यानले पेनाल्टीबाट लिएको अग्रतालाई पेनाल्टीबाटै अष्ट्रेलियाले बराबरी गोल गरेको थियो । पहिलो हाफ गोलरहित टुग्याएको अष्ट्रेलियाले ५८ औं मिनेटमा पेनाल्टीको सामना गर्न पुग्यो । ग्रिजम्यानले गोल गर्दै दिलाएको अग्रतालाई ६२ औ मिनेटमा बराबरी गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाए । माईल जेडिनकले पेनाल्टीमा गोल गर्दै बराबरी गरेपछि खेल अंक बाड्निे सम्भावना तर्फ उन्मुख गएको थियो । तर फ्रान्सेली प्लेमेकर पाउल पोग्बाले ८० औं मिनेटमा… पुरा पढौ

विश्वकपमा रोनाल्डोको ह्याट्रिक,स्पेन र पोर्चुगलको बराबरी

सोची (एजेन्सी)-युरोपियन च्याम्पियन र पुर्व विश्वकप विजेता पोर्चुगल र स्पेन बीचको हेभिवेट भिडन्तमा क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक गरेका छन् । यद्यपी दुबैले ३(३ गोलको बराबरी खेल्दै अंक बाडेर आफनो अस्थित्वलाई कायमै राखेका छन् । स्पेनमाथि पोर्चुगलले दबाव सृजना गर्दै दुईपटक खेलमा लिएको अग्रतालाई जोगाउन भने सकेन् । पहिलो हाफमा २–१ ले पछि परेको स्पेनले दोस्रो हाफमा ४ मिनेटको फरकमा २ गोल गर्दै खेलमा अग्रता बनाएको थियो । तर, ८८ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । पोर्चुगलका… पुरा पढौ

इरानको विजयी सुरुवात

सेन्ट पिटरबर्ग, एजेन्सी-एशियाली मुलुक इरानले रसियामा आयोजित विश्वकपमा जितसँगै शुरुवात गरेको छ । अर्को एशियाली मुलुक साउदी अरेबिया भने आयोजक रसियासँग फराकिलो गोल अन्तरले पराजित हुदै पुछारमा छ । इरानले गएराती भएको खेलमा मोरक्कोलाई १–० लाई हराउँदै इरानले तीन अक जाड्यो । पोर्चुगल र स्पेन समेत रहेको समूह ‘बी’मा इरानका लागि यो जित महत्वपूर्ण हुन सक्दछ । प्रतिस्पर्धात्मक खेलमा इरानको जित भने आत्मघाती गोलकोे उपहारले सम्भव बनाईदियो । ६० हजार भन्दा बढी दर्शक रहेको खेलमा इन्जुरी समयमा अजिज बौहाडोजको आत्मघाती… पुरा पढौ

उरुग्वेको जितमा सान्चेजको उत्कृष्ट हेडिङ

एजेन्सी-९० औं मिनेटमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै उरुग्वेले इजिप्टमाथि प्रतिस्पर्धात्मक जित निकाल्दै तीन अंक जोडेको छ । इजिप्टमाथि १–०ले पराजित गर्ने क्रममा उरुग्वेले कार्लोस सान्चेजले दिएको फ्रिकिक पासलाई जोसे जिमिनेजको हेड फष्टबारमा च्याप्दै गोल हुन पुग्यो । गोलकिपरले उनको हेडिङलाई खासै भेउ समेत पाउन सकेनन् । त्यसभन्दा अघि खेल सकिन तीन मिनेट बाँकी छदा पाएको फ्रिकिक सेकेण्ड बारमा लागेर फर्किनु नै उरुग्वेलाई लागि अभिषाप बन्न पुग्यो । काभानीलाई लडाएपछि पाएको डिबक्स बाहिर पाएको फ्रिकिक एकपछि अर्को अवसर पाएको उरुग्वेले इजिप्टसँग… पुरा पढौ

बहुप्रतिक्षित भिडन्त-स्पेन विरुद्ध पोर्चुगल

पोखरा(खेलाडी न्युज)-आज मध्यरातको खेल निकै महत्वपूर्ण मानिएको छ । दुवै युरोपियन देश । विश्वकप पुर्व विजेता स्पेन र युरोपियन च्याम्पियन बनेको पोर्चुगल बीचको प्रतिस्पर्धा फुटबल पारखीले पर्खिरहेका छन। समूह बीको अन्तर्गतको यी दुई बीचको प्रतिस्पर्धा आम चासोको विषय समेत हो । राती पौने १२ बजेको समयमा दुवैको प्रतिस्पर्धा हेर्न आखाँ लालायित छन् । यद्यपी बाजी कसले मार्छ अडकल काट्न भने कठिनाई छ । तर पनि विज्ञहरुको अडकल अनुसार स्पेनले बाजी मार्ने अनुमान लगाइएको छ । युरोकप २०१६ को च्याम्पियन रहेको… पुरा पढौ