मुख्य समाचार

एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्डमाथि एक रनको रोमाञ्चक जित

पोखरा(खेलाडी न्युज)-अन्तिम ओभर जितको लागि ६ रन चाहिएको थियो । बलिङमा कप्तान पारस खड्का आए । चौथो बलसम्म उनले एक एक रन दिए । अन्तिम एक बल बाँकी हुदाँ नेदरल्याण्डलाई जितको लागि दुई रनको खाँचो थियो । तर कप्तान पारस खड्काले रन आउट बनाउँदै अन्तर्राष्ट्रिय एक दिवसिय खेलमा नेदरल्याण्डमाथि एक रनको रोमाञ्चक जित निकाल्दै दुई खेलको श्रृखंला १–१ को बराबरीमा ल्याए । भावपुर्ण श्रद्धान्जली । दोस्रोे खेल जित्नै पर्ने दबाव रहेको नेपालले अघिल्लो दिनको तुलनामा निकै सुधारिएको व्याटिङ देखायो ।… पुरा पढौ

‘एनएफबीएफ प्रथम मिष्टर पोखरा’ को प्रि–जज

पोखरा(खेलाडी न्युज)-तीन महिनादेखि कडा परिश्रम गरिरहेको प्रदेश ४ र ५ का शारीरिक सुगठन खेलका खेलाडीहरु एनएफबीएफ फष्ट मिष्टर पोखरा बन्ने धुनमा पोखराको सभागृह हलमा प्रि–जजिङमा भिडेका छन् । प्रत्येक तौलबाट ५ जना खेलाडी छनोट गरिएको छ । प्रत्येक तौल समूहबाट ५ जनाले शनिबार हुने फाईनल प्रतियोगितामा आफनो उपस्थिति जनाउँदै स्टेजमा बलिष्ठ शरीर देखाउने छन् । विभिन्न छ वटा तौल समूहका ३० जना खेलाडीले एनएफबीफ प्रथम मिष्टर पोखरा बन्ने अन्तिम प्रतिस्पर्धा गर्ने छन् । छनोट भएका खेलाडीले आफनो तौलमा तौल समूह… पुरा पढौ

छ महिनाभित्र लनटेनिसको पुर्वाधार बनाईने

पोखरा(खेलाडी न्युज)-खेलकुद जगत एशियाडको तयारीमा रहदाँ पोखरामा भने सागको तयारीको लागि पुर्वाधार निर्माण कार्यले गति लिएको छ । फुटबल मैदानको टेण्डर अन्तिम चरणमा रहदाँ पोखरा रंगशालाभित्रको लन टेनिसको पुर्वाधार निर्माण कार्य शुरु गरिएको छ । सागलाई लक्षित गर्दै पोखरामा लन टेनिसका आवश्यक पुर्वाधार निर्माणको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदले काठमाडौंको आर एण्ड सी विल्डर्स कम्पनीलाई सुम्पिसकेको छ । परिषदले २ करोड ३३ लाखको लागतमा हार्ड कोर्ट, क्ले कोर्ट, प्यारापिट, चेन्जिङ रुम दुईवटा, सावर, शौचालय, फिडव्याक रुम तथा स्टोर कोठा निर्माण गर्ने… पुरा पढौ

नेपालले एसिया रग्बी सेभेन्स ट्रफी खेल्न सिंगापुर प्रस्थान

काठमाठौं(खेलाडी न्युज)- गत हप्ता मात्रै एसियाको पूर्ण सदस्यता पाएको नेपालले सिंगापुरमा हुने एसिया रग्बी सेभेन्स ट्रफी खेल्ने भएको छ । भोलि र पर्सी हुने ट्रफीमा प्रतिस्पर्धा गर्ने नेपाली टोली सिंगापुर प्रस्थान गरेको छ । १२ खेलाडीसहित कुल १५ सदस्यीय टोलीलाई नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ, महासचिव चेतनराज गिरी र सचिव गोविन्दबहादुर घिमिरे लगायतले बिदाई गरे । संघका अध्यक्ष घिसिङले नेपाली राष्ट्रिय टोलीका कप्तान कृष्ण क्षेत्रीलाई झन्डा र जर्सी हस्तान्तरण गर्दै बिदाई गरे । कृष्णको कप्तानीमा रहेको नेपालले आफ्नो समूह… पुरा पढौ

सर्वाधिक पुरस्कार राशीको महिला भलिबल हुने

काठमाडौ(खेलाडी न्युज) - नेपाल भलिबल संघले पहिलो पटक फ्रेन्चाइजी महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । संघले भारतको गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्त रुपमा आयोजना गर्न लागेको हो । विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीआवाधी फाउण्डेसनका सिइओ दिनेश कुमार सिंहवीच प्रतियोगिता आयोजना सम्बन्धी सम्झौता भयो । १० वर्षसम्म कायम हुने सम्झौता अनुशार प्रतियोगिता आयोजनाको सम्पूर्ण जिम्मेवारी आधीआवाधीको हुनेछ । यससँगै प्रतियोगिता संचालनका लागि आधाआवाधीले प्रायोजक समेत आफै खोज्नेछ… पुरा पढौ

नेपालको साफमा पहिलो प्रतिस्पर्धी पाकिस्तान

पोखरा(खेलाडी न्युज) –नेपालले पाकिस्तानसँग पहिलो खेलको सामना गर्दै साफ च्याम्पियनसिप शुरु गर्ने छ । आगामी भदौ १९ गतेदेखि बंगलादेशमा शुरु हुने च्याम्पियनसिपमा दोस्रो खेल भुटानसँग र अन्तिम खेल आयोजक बंगलादेशसँग खेल्ने छ । भदौ १९ देखि सुरु हुने च्याम्पियनसिपमा नेपाल समूह एमा रहेको छ । दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले निकालेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल भदौ १९ गते हनेछ । सोही दिन आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल नेपालले भदौ २१ गते भुटानसँग… पुरा पढौ

हारसँगै शुरुभयो नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा

पोखरा(खेलाडी न्युज)-नेपालले नेदरल्याण्डसँगको हारसँगै एकदिवसियीय अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा शुरुवात गरेको छ । पुरानै व्याट्सम्यान नचल्ने क्रम दोहोरिएपछि नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय ‘डेब्यू’ खेल ५५ रनले हारसँगै शुरु गर्यो । मध्यक्रमको लक्ष्य पछ्याउने क्रममा मध्यक्रमका व्याट्सम्यान नचल्नाले लक्ष्य पछ्याउन नेपाललाई निकै सकस नै भयो । बलिंगकै भरमा नेपाली क्रिकेटले यो स्तरसम्म आइपुग्दा व्याट्सम्यानको प्रभावकारी दोहोरिन सकेन् । घरेलु टोली नेदरल्यान्ड्विरुद्ध १ सय ९० रनको लक्ष्य पछ्याएको नेपालले सुरुवात राम्रो गर्नाका वावजुद अघि बढाउन भने सकेन । ओपनर समेत रहेका उपकप्तान ज्ञानेन्द्र… पुरा पढौ

जकार्ता एशियाडमा पोखरेली खेलाडी

पोखरा(खेलाडी न्युज)-एशियाडको लागि नेपाली टोली इण्डोनेसिया प्रस्थान गर्ने अन्तिम तयारी भईरहेको छ । राजधानी जकार्तामा आयोजना हुने एशियन गेम्सको लागि नेपाली टोलीले फरक फरक ठाँउमा रहेर पदकको लागि भिड्ने तिब्र प्रशिक्षणरत छन् । कोही पोखरामा छन् । कोही काठमाडौं त कोही वैदेशिक प्रशिक्षणमा व्यस्त छन् । अगष्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म इण्डोनेसियामा एशियन प्रतियोगिता हुदैै छ । इण्डोनेसिया जाने टोलीमा प्याराग्लाईडिङको सिंगो टिम पोखराको छ । महिला एकजना खेलाडी गोर्खाकै छिन् । तर बाँकी सबै खेलाडी महिला तथा पुरुष… पुरा पढौ

कब्बडीका बरिष्ठ उपाध्यक्ष प्रजापति पोउवासंघको बरिष्ठ उपाध्यक्षमा लड्दै

पोखरा(खेलाडी न्युज)-पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनको संघारमा छ । चुनावी सरगर्मी बढ्दै गएको छ । आकांक्षीहरु प्यानल बनाउने धुनमा छन् । खेलकुद पृष्ठभूमीका पवनकुमार प्रजापति पनि वाणिज्य संघको महाधिवेशनमा आफुलाई बरिष्ठ उपाध्यक्षमा उम्मेदवारको दावेदारी प्रस्तुत गरेका छन् । पोखरा शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष प्रजापति बर्तमान कार्यसमितिका कोषाध्यक्ष समेत हुन् । कास्की जिल्ला कब्बडी संघका बरिष्ठ उपाध्यक्ष समेत रहेको प्रजापति खेलकुदमा निकै सक्रिय छन् । त्यसको उदाहरण हो पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योेगिक व्यापार मेलामै… पुरा पढौ

पोखरा प्रिमियर लिगलाई क्रिकेट मैदान तयार गरिदैं

पोखरा(खेलाडी न्युज)-पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको लागि पोखरा रंगशालाभित्रको क्रिकेट मैदान मर्मत शुरु गरिएको छ । मर्मतले क्रिकेट मैदानको स्वरुप परिवर्तन भएको छ । मर्मतत सम्भार साँघुरिदैं गएको आउट फिल्ड बढाएपछि मैदान अझ फराकिलो बन्ने छ । कार्तिक ९ गतेदेखि क्रिकेटको फ्रेन्चाईज कम्पनी बीचको प्रतिस्पर्धा पोखरा प्रिमियर लिगको लागि मैदानको आउट फिल्ड तथा पीच मर्मत कार्य शुरु गरिएको हो । क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिले टी–२० फरम्याटको पोखरा प्रिमियर लिग गर्ने तयारी गर्दै मैदान पुर्ननिर्माणमा जुटेको हो । प्रिमियर लिग कार्तिक… पुरा पढौ