मुख्य समाचार

पानीले डिपिएल २ अन्तर्गत आजको खेल स्थगितको सम्भावना

धनगढी(खेलाडी न्युज) -धनगढीमा चलरहेको धनगढी प्रिमियर लिग २ टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेल पानीले स्थगित हुने सम्भावना बढेको छ । पहिलो खेल पानीले स्थगित भएको छ । काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेड बीचको खेल स्थगित भएको हो । आजको दोस्रो खेल विराटनगर किंग्स र सिवाईसी अत्तरिया बीच हुने भनिएको खेलपनि पानीले ढिला भएको छ । यद्यपी खेल हुने सम्भावना न्युन हुदैं गएको छ । मैदानमा पानी परेर हिलो भएपछि खेल निर्धारित समय भन्दा ढिलो सुरु हुने भएको आयोजकले जनाएको… पुरा पढौ

माष्टर्स गल्फमा रिडको तीन स्टोर्कको अग्रता , दोस्रो स्थानमा नर्दन आईरिसका रोरे उक्लिए

एजेन्सी—माष्टर्स गल्फको आज तेस्रो दिन अमेरिकन गल्फर प्याट्रिक रिडले अग्रतालाई कायमै राख्दा तेस्रो दिन पाँच अण्डर ७२ को स्कोरको कार्ड बनाई टुग्याँए । अमेरिकाको अगष्टामा सञ्चालित गल्फको रिडले कुल १४ अण्डर २०२ को कार्डमा तेस्रो दिनको खेल टुग्याँएका छन् । तेस्रो दिन उनले फ्रण्ट नाईनमा दुई अण्डर ३४ खेल्दै पुरानै लयमा देखिए । तेस्रो होलमा बोगी खेप्दै तनावमा रहेका रिडले पाँचौ, आठौ र नवौंमा बर्डी हिर्काउँदै दुई अण्डरको कार्ड बनाए । व्याक नाईनमा भने उनको प्रदर्शन लोभलाग्दो देखियो । १३… पुरा पढौ

पोग्बाको नायकत्वमा युनाईटेडको कमब्याक, सिटी पराजित

एजेन्सी— म्यानचेष्टर डर्बीमा दोस्रो हाफमा उत्कृष्ठ कम व्याक गरेको म्यानचेष्टर युनाईटेडले म्यानचेष्टर सिटीविरुद्ध महत्वपूर्ण जित निकाल्दै सिटीलाई उपाधिको लागि केही पर धकेलिदिएकोछ । पहिलो हाफमा दुईगोलले पछि परेको अवस्थालाई उल्टयाउँदै युनाईटेडले पोउल पोग्बाको प्रेरणादायी खेलमा ३—२ गोलले पराजित गर्दै म्यानचेष्टर डर्बीमा आफनो छविलाई कायमै राख्यो । लीग लीडर सिटीलाई पराजित गर्दै जोसे मोरिन्होले फेरी एक पटक आफनो क्षमतालाई सिद्ध गरेका छन् । सिटीकै मैदान इत्तिहाडमा युनाईटेडले रोमाञ्चक नजितासँगै जित आत्मसात गर्यो । सिटीले भने युनाईटेडलाई पराजित गर्दै किर्तिमानीसहितको उपाधि उचाल्ने लक्ष्यमा… पुरा पढौ

रुस्लान थ्री स्टार विराट गोल्डकपको फाइनलमा

विराटनगर(खेलाडी न्युज)– नेपाल आर्मी विराटगोल्डकपको फाईनलमा प्रवेश गरेको छ । प्रवेशसँगै सिजनको आठौ उपाधिको लागि रुस्लान थ्रीस्टारसँग खेल्ने छ । यो सिजन विरलै उपाधि गुमाएका दुई क्लब बीचको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने आशा र विश्वास धेरैले गरेका छन् । आर्मीले सिजनका सात र रुस्लानले चार उपाधि आफनो नाममा लेखाईसकेका छन् । दुवै मोफसलका शहरमा आयोजना हुने ठूलो प्रतियोगिताका हकदार बन्दै आएका छन् । सहिद रंगशालामा शनिबार भएको दिवा रात्री सेमिफाइनलमा सिएमजी क्लब संकटालाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधि नजिक… पुरा पढौ

मुम्बईको ओपनिङ व्याटिङ, चेन्नईलाई १६६ रनको लक्ष्य

मुम्बई(एजेन्सी)—यो सिजनको आईपिएल(भारतीय प्रिमियर लिग)को आज रातीदेखि शुरु भएको छ । मुम्बई इण्डियन्सले टस हारेर व्याटिङको निम्तो पाउँदै चार विकेटको क्षतिमा १६५ रन बनाई चेन्नई सुपर किग्सलाई चुनौति पेश गर्यो । डीएल चाहारले दोस्रो ओभरको पहिलो बलमा एभिन लुईसलाई शुन्य रनमै एलबी डब्लुको शिकार बनाए । सात रन जोडेको मुम्बई इण्डियन्सले भारतीय प्रमियर लिग(आईपिएल)सात रनमै पहिलो विकेट गुमाउँदै दबावमा रह्यो । कप्तान रोहित शर्मालाई शेन वाटसनले १५ रनमा रायुडुको हातबाट क्याच गराएपछि मुम्बई इण्डियन्सले तेस्रो विकेटको लागि सुर्यकुमार यादव र… पुरा पढौ

स्टोकमाथि टोटनह्यामको संघर्षपूर्ण जित

एजेन्सी—स्टोक सिटीको चुनौतिलाई २—१ गोलले पन्छाउँदै टोटनह्याम हट्सपर इग्ंिलस प्रिमियर लिगको लिभरपुलसँगै समान ६७ अंकमा पुगेको छ । यद्यपी गोल अन्तरले टोटनह्याम भने चौथो स्थानमै रहेको छ । तर टोटनह्यामले एक खेल कम खेलेको छ । लिभरपुल ३३ खेलसँगै ६७ अंक छ भने टोटनह्याम ३२ खेलको समाप्तीमा ६७ अंकमै रहेको छ । पहिलो हाफसम्म टोटनह्यामको प्रहारलाई रोक्न सफल भएको स्टोक सिटी भने दोस्रो हाफमा भएका केही कमजोरीमा गोलको सामना गर्न पुग्यो । क्रिष्टियन एरिकसनको गोलबाट लिएको अग्रतालाई टोटनह्यामले धेरैबेर राख्न सकेन्… पुरा पढौ

ट्रायथलनमा नयाँ नेतृत्व

काठमाडौं, (खेलाडी न्युज) -डेकाथलनका पूर्व राष्ट्रिय खेलाडी एवं हाइजम्पका पूर्व राष्ट्रिय च्याम्पियन निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नेपाल ट्रायथलन संघ केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरिएको छ । नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ अघिल्लो कार्यसमितिमा महासचिव थिए । उपाध्यक्षमा दीपक कोइराला, महासचिव वाइ सुनुवार, सचिवमा ललित लामा तथा कोषाध्यक्षमा रविन्द्र थापा चुनिए । अकलबहादुर थापा, रेणुकादेवी सिटौला, रचना सिंह, मदेलाल भण्डारी, रितामैया प्रजापति, अनुकुल लेप्चा र मिना चदरा सदस्यमा चयन भए । संघले अघिल्लो कार्यसमितिका अध्यक्ष गणेशमान… पुरा पढौ

युथ एसियन बक्सिङको लागि नेपाली टोली थाईल्याण्ड प्रस्थान

काठमाडौं (खेलाडी न्युज)—यही अप्रिल २० –२८ तारिखसम्म थाइल्याण्डको बैंककमा शुरु हुन गईरहेको एएसबीसी युथ एसियन पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी हुने दुई बक्सिङ्ग खेलाडीहरु र दुई जना टिम अफिसियललाई राखेपका सदस्य सचिव केशव कुमार विष्टले विदाई गरेका छन् । उक्त च्याम्पियनशिपमा सहभागि हुन महिला ५७ केजी तौल समुहमा राखेप २०७४का स्वर्ण पदक विजेता सुश्री कुसुम तामाङ्ग र पुरुष ५६ केजी वैन्टम वैट तौल समुहमा राष्ट्रिय पदकधारी बक्सिङ्ग खेलाडी सुरेन्द्र राईले सहभागिता जनाउने जानकारी नेपाल बक्सिङ्ग संघका सदस्य… पुरा पढौ

धनगढी टिम चौराहाको रोमाञ्चक ३ रनको जितसँगै प्लेअफमा

धनगढी(खेलाडी न्युज) पाँचै खेल पराजित हुदैं रुपन्देही च्यालेन्ज प्रतियोगिताबाट बाहिरिदाँ धनगढी टिम चौराहा भने प्ले अफमा पुगेको छ । ओभर घटाईएको खेलमा टिम चौराहाले आठ ओभरमा सात विकेटको क्षतिमा ७७ रन बनाउँदै जितको लक्ष्य रुपन्देही सामु पेश गरेको थियो । घरेलु टोली टिम चौराहा धनगढी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग डिपिएल–२ को प्ले अफमा पुग्न सफल भएको छ । लिग अन्तर्गत शनिबार भएको अन्तिम खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै धनगढीले प्ले अफमा स्थान बनाएको हो ।… पुरा पढौ

सोल्टी टाईब्रेकरमा पराजित

पोखरा(खेलाडी न्युज)—लालिगुरास एशोसियन नेपालको आयोजनामा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” सोल्टी फुटबल क्लब र रामघाट फुटबल क्लबको बि को खेल २–२ गोलमा सकिएपछि टाइब्रेकरमा रामघाटले ३–२ गोलले आफ्नो पक्षमा नतिजा हात पा¥यो । शनिबार सम्पन्न खेलमा कमलपोखरी युबा कलब, शुक्लागण्डकी युबा क्लब दुलेगौडा, नयाँगाँउ फुटबल क्लब, नेपाली सेना पश्चिम पृतना, रामघाट युबा क्लब बि, जङल्याण्ड युबा क्लब र वालिङको चैट चैट चैट र घारीपाटन फुटबल क्लबले जितेको छ । त्यसैगरी जङल्याण्ड फुटबल क्लब र एलसी एकेडेमीको… पुरा पढौ