मुख्य समाचार

आर्मीलाई खप्तड गोल्डकपको उपाधि

पोखरा (खेलाडी न्युज) -पेनाल्टीमा पराजित गर्दै नेपाल आर्मीले सर्वाधिक राशीको खप्तड गोल्डकपको उपाधि उचाल्दा शसस्त्र प्रहरी बल उपविजेतामा सीमित हुन पुग्यो । माघे संक्रान्तिको दिन सोमबार आर्मीले पेनाल्टीमा शसस्त्रलाई ५—४ गोलमा पराजित गर्दै ११ लाख ११ हजार १११ रुपैयाँको उपाधि रक्षा गर्यो । आर्मीको यो वर्षको चौथो उपाधि पनि हो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीलाई पराजित गर्दै स्वर्ण पदक जितेको शसस्त्र प्रहरी बलले आफनो छविलाई वर्षदिनपछि दोहोर्याउन सकेन् । गोलरहित बराबरी खेलेपछि निर्णय पेनाल्टीमा पुगेको थियो । निर्धारित समय… पुरा पढौ

आयोजक बी टीमको विजयीसँगै भीमाद कप शुरु

धन बस्नेत, पोखरा, १ माघ- एक गोलले पछि परेको अवस्थालाई उल्टयाउँदै आयोजक युवा क्लब भीमादको दोस्रो रोजाईको टिमले तेस्रो भीमाद कपको उदघाटनलाई सुखद शुरुवात गरेको छ । कवासे युनाईटेड क्लब दुलेगौडाले लिएको अग्रतालाई आयोजक टोलीले दोस्रो हाफमा उल्ट्याउँदै नजिता २—१ ले आफनो पार्दै क्र्वाटरफाईनल यात्रा तय गर्यो । अनिल भण्डारीले ३५ औं मिनेटमा गोल गर्दै छिमेकी क्लब विरुद्ध अग्रता कायम गरेको थियो । तर दोस्रो हाफमा आकाश थापाले आयोजककलाई दुई गोलगरेपछि नजिता उल्टिएको थियो । थापाले बराबरी गोल ५३ औं मिनेटमा गरे… पुरा पढौ

अष्ट्रेलियन ओपनमा महिला शीर्ष खेलाडीलाई झट्का

एजेन्जी(खेलाडी न्युज)-अष्ट्रेलियको मेलबर्नमा आजबाट शुरुभएको टेनिसको ग्राण्डस्लाम मध्यको एक तथा २०१८ को पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको शुरुकै दिनमा महिला तर्फ शीर्ष खेलाडीलाई झट्का लागेको छ । महिला तर्फ टेनिसकी शीर्ष बरियताकी खेलाडी अमेरिकाकी भेनस विलियम्स अष्ट्रेलियन ओपनको पहिलो खेलबाटै बाहिरिएकी छिन् । उनी स्वीस खेलाडी बेलिण्डा बेन्सिकसँग पराजित हुन पुगिन् । मेलबर्न स्थित रोड लाभेर एरिनामा भएको खेलमा बेन्सिकले विलियम्सलाई ६—३, ७—५ को सेट निकाल्दै दोस्रो चरणमा प्रवेश गरिन । टेनिस करियरमा पाँचौ भेटमा विलियम्समाथि सनसनीपूर्ण जित निकालिन् । यसैगरी… पुरा पढौ

कोहलीले सम्हाल्दै इनिङ्स, भारत १८३ रन, पाँच विकेटको क्षतिमा खेल्दै

एजेन्सी(खेलाडी न्युज)-भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो टेष्टमा दिएको पछ्याउने क्रममा भारत अहिले व्याटिङ गरिरहेको छ । हारबाट जोगाउन भारतीय कप्तान विराट कोहलीले इनिङ सम्हालिरहेका छन् । उनलाई हार्दिक पाण्ड्याले सहयोग गरिरहेका छन् । दक्षिण अफ्रिकाले ३३५ रनको योगफल तयार पारेर भारतलाई व्याटिङको निम्तो दिएको थियो । निम्तोलाई भारतले अहिले पाँच विकेटको क्षतिमा १८३ रनमा खेलिरहेको छ । भारतका लागि एम विजय अर्धशतक पुरा गर्न चारबाट चुकेका छन् । उनी ४६ रनमा आउट भए । केएल राहुल केवल १० रनमा… पुरा पढौ

बर्नमाउथसँग आर्सनल पराजित

एजेन्सी(खेलाडी न्युज)- उत्कृष्ठ पुनरागमन गरेको बर्नमाउथले आर्सनलमाथि २—१ गोलको नजिता निकालेको छ । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै बर्नमाउथले आर्सनलमाथि सानदार जित दर्ता गर्यो । इग्लिस प्रिमियर लिग अन्तर्गत आईतबारको खेलमा अग्रता भने आर्सनलले लिएको थियो । तर अग्रतालाई जोगाई राख्न भने सकेन् । अधिकंश बल होल्ड गरेको आर्सनललाई अन्तत बर्नमाउथले २—१ गोलले पराजित गर्यो । हेक्टर बेलरिनले दोस्रो हाफमा आर्सनलको लागि अग्रता दिलाए । अलेक्स आईओबीले दायाँबाट उपलब्ध गराईदिएको पासलाई हेक्टरले गोल गरेका थिए । बलमाथिको नियन्त्रण भने आर्सनल… पुरा पढौ

३६ वर्षमा पनि ग्राण्डस्लाम जितने धुनमा फेडेरर

एजेन्सी (खेलाडी न्युज) - सोमबारदेखि २०१८ को पहिलो ग्राण्डस्लाम अष्टे«लियन अ‍ोपन शुरु हुदैं छ । अष्ट्रेलियन ओपन शुरु हुनै लाग्दा स्वीस खेलाडी रोजर फेडेरर भने आफनो उपाधिको दावेदारी मान्छन् । ३६ वर्षका उमेरमा पनि उनले स्पेनीस राफाल नाडाल र सर्वियाका नोभाक जोकोभिक नै प्रतिस्पर्धी खास हुने अनुमान गरिएको छ । यद्यपी उनी गतवर्षको अन्तिम प्रतिस्पर्धामा भने पराजित भएका थिए । उमेर बढ्दै गएको छ । यद्यपी उनको जोशले भने उपाधि रक्षा गर्ने महत्वाकाक्षां देखाएको छ । उनले उमेर बढ्दो क्रमले… पुरा पढौ

राखेप च्याम्पियनको लागि तेक्वान्दो खेलाडी छनोट

पोखरा, ३० पुस - राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने तेक्वान्दो प्रतियोगिताको लागि पश्चिमाञ्चल क्षेत्रीय टोली छनोट गरिएको छ । पोखरामा आईतबार सम्पन्न छनोट प्रतियोगितामा पश्चिमाञ्चलका विभिन्न जिल्लाबाट सहभागि खेलाडीहरुको सहभागितामा छनोट गरिएको थियो । छनोट भएका खेलाडीहरु राखेप च्याम्पियन तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउने छन् । पुरुष तर्फ ५४ केजी तौल समूहमा रुपन्देहीका नवराज बस्नेत प्रथम, बाग्लुङका तार्जन कायत मगर दोस्रो भएका छन् । ५८ केजी तौल समूहको प्रतिस्पर्धामा भने कास्कीका किरण गुरुङ प्रथम, नवलपुरका विकल्प थापा दोस्रो भए । ६३… पुरा पढौ

हकी खेलाडीको बिदाई

पोखरा ३० पुस । पश्चिमाञ्चल हकी टोलीलाई आईतबार विदाई गरिएको छ । राखेप च्याम्पियसिप २०७४ अन्र्तगत हेटौडामा हुने प्रतियोगिताको लागि आईतबार क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल तथा खेलाडी संघका अध्यक्ष दिपकबहादुर गोदार लगायतले बिदाई गरेका हुन् । १९ औ पुरुष तथा दोश्रो महिला राष्ट्रिय हकी प्रतियोगितामा सहभागी खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष पौडेलले सवै खेलमा पश्चिमाञ्चलको प्रर्दशन राम्रो रहेको बताउदै हकीले पनि यस क्षेत्रको इज्जत र प्रतिष्ठा पठाउने गरि खेल प्रर्दशन… पुरा पढौ

एपिएफ खप्तड गोल्डकपको फाईनलमा

पोखरा (खेलाडी न्युज) –  विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लबले खप्तड गोल्डकपको उपाधिको लागि अर्को विभागीय टोली नेपाल आर्मी क्लबसित भिडने पक्का भएको छ । दोस्रो सेमिफाईनलमा नेपाल एपीएफ क्लबले आयोजक सुदुर पश्चिम ११ लाई २—० गोल अन्तरले पराजित गर्दै उपाधि निकट पुगेको हो । खेलको ५७ औं मिनेटमा मैदानको दाँया तर्फ सुदूरपश्चिमका खेलाडीले बल आउट भएको मान्दै छोडेको बललाई एपिएफका खेलाडीले क्रस गरे । त्यहि क्रसलाई सदुपयोग गरेका अन्जनले फिनिसिङ टच दिए । खेलको ७७ औं मिनेटमा नवीन लामाले… पुरा पढौ

साउथ एसियन सेभेन ए साईड फुटवल–माल्दिभस र भुटानको टीम नै नक्कली

पोखरा, पुस ३० । १२ औं सस्करणको दक्षिण एशियाली सेभेन ए साईड फुटबल प्रतियोगितामा सेट टिम नै नक्कली आएको छ । माल्दिभ्सको नाममा पोखरा आएको टोली सबै भारतीय भएको बुझिएको छ । प्रतियोगितामा सहभागी माल्दिभस र भुटानको पूरै टीम नक्कली भएको सार्वजनिक भएको छ । माल्दिभस र भुटानको फुटवल एशोसियनले नक्कली टीमले फुटवल खेलेको बताएको छ । दुवै देशका फुटवल एशोसियनले आफ्नो देशमा कुनैपनि सेभने ए साईड फुटवल एशोसियन नभएको भन्दै आफ्नो देशको नाममा खेलेका खेलाडीहरु नक्कली भएको प्रमाणीत गरेको हो… पुरा पढौ